नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताएका छन्।
आज साँझ जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुका अधिकार स्थापित भएकाले फिल्म जस्तो लागेको बताएका हुन्।
४६ वर्ष पहिले शिक्षणको क्रममा आफू बसेकै स्थानमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै अध्यक्ष दाहालले समकालीन समयका दर्जन बढी सहपाठीहरुको नाम समेत लिएका थिए। आफ्नो उम्मेदवारी गोरखाबाट हुनु गोरखाका लागि फाइदा रहेको बताए। मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्न गरिने अध्यक्ष दाहालले बताए।
चुनावी भेटघाटको क्रममा गोरखा आइपुगेका पूर्व प्रधानमन्त्री दाहाल दुइ दिनसम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिए।