जनकपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको खबर सञ्चार माध्यममा आएपनि नेपाल सरकारको सुरक्षा निकायले स्वागतको तयारी जारी राखेका छन्।नेपालको उच्च स्तरीय सुरक्षा टोली बाह्रविघा मैदानमै मोदीको सुरक्षा व्यवस्थाका लागि खटिरहेको गृह मन्त्रालयले जनाएको छ। ‘हामी बिहीबारदेखि बाह्रविघामा मञ्च व्यवस्थापन तथा सर्वसधारण बस्ने ठाउँको योजना निर्माणमा लागिरहेका छौं,’ शुक्रबार बिहान धनुषा जिल्ला प्रहरी कार्यालयमा बाह्रविघाको सुरक्षा योजनासम्बन्धी स्केच देखाउँदै गृह सचिव सुर्य सिलवालले भने। टोलीमा सिलवालसँगै नेपाल प्रहरी प्रमुख आइजिपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त र राष्ट्रिय अनुसन्धानका प्रमुख जीतबहादुर केसीलगायत सहभागी छन्।
भारतीय प्रधानमन्त्री मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने क्रममा जनकपुर, लुम्बिनी र मुक्तिनाथको धार्मिक भ्रमण गर्ने लिखित जानकारी आएको थियो। तर, उक्त कार्यक्रम रद्द गरिएकोबारे अहिलेसम्म त्यस्तो औपचारिक जानकारी नआएको सिलवालले जनाए। ‘सबै देशको कूटनीतिक मर्यादा हुन्छ,’ सिलवालले भने, ‘मोदी आउने नआउने सूचना सरकारको प्रधानमन्त्रीलाई पनि सोझै आउँदैन, पराष्ट्र मन्त्रालयमार्फत् आउने हो।’
सरकारको तर्फबाट मोदीको जनकपुरमा स्वागत तयारी गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले उनको भ्रमण रद्द भएको भन्दै जारी गरेको विज्ञप्तीबारे सिलवालले व्यक्तिगत विचार भनेका छन्। ‘मन्त्रीजीले के भन्नुभयो हामीलाई थाहा छैन, हामी बिहीबारैदेखि जनकपुरमा आउँदा सुरक्षा व्यवस्था कसरी मिलाउने भन्ने योजना बनाउन व्यस्त छौं।’ नेपाल सरकार मोदीको सुरक्षा दिन नसकेर रद्द गराउने सम्भावना रहेको भन्ने चर्चाको प्रतिक्रियामा सिलवालले आफूहरु मोदीलाई सुरक्षित भ्रमण गराउन तयार रहेको दाबी गरे।
यसअघि मन्त्री निधिले बाह्रविघामा सुरक्षा दिन नसक्ने भन्दै सरकारले जानकी मन्दिरमै मोदीको नागरिक अभिनन्दन गर्ने बताउँदै आएका थिए। सिलवालले उक्त कुरा पनि निराधार रहेको बताएका छन्।