चितवनको क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट बागी उम्मेदवार बनेका राजेन्द्रप्रसाद बुर्लाकोटीले उम्मेदवारी फिर्ता गरेका छैनन्।
गठबन्धनबाट नेपाली काँग्रेसका तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पूर्व उपाध्यक्ष डा.विश्व पौडेल उम्मेदवार छन्। तर, आफ्नै पार्टी विरुद्ध उनले उम्मेदवार दिएका थिए। उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो। आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता नलिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। उनले डा. पौडेल काँग्रेस कार्यकता नै नभएको आरोप लगाएका छन्। बुर्लाकोटी अघिल्लो २०७४सालको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए।