पाँचथर–नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकार सघीयता विरोधी भएको र मधेसलाई भारतीय चश्माले हेर्ने गरेको आरोप लगाएका छन्।सरकारको नीति तथा कार्यक्रममा प्रदेश कस्तो बनाउने भन्ने बिषयमा मौनता देखिएकोले सरकार संघीयता कार्यान्वयनको पक्षमा नरहेकाे उनको भनाइ छ।
नेपाल शिक्षक संघको २७ औँ स्थापना दिवसको अवसरमा बिहीबार फिदिममा आयोजित कार्यक्रममा बोल्दै कोईरालाले भने 'सरकारले प्रदेश कस्तो बनाउने भन्दा प्रदेशमा के के गर्ने जस्ता कार्यक्रम अघि सारेको छ। प्रदेशभित्र के के गर्ने भन्ने काम प्रदेशले गर्ने हो केन्द्रले होईन।' उनले भने 'तर सरकार प्रदेशमा यो गर्छु र उ गर्छु भनेर सस्तो प्रचारबाजी गरीरहेको छ।' कोईरालाले भने 'सरकारको जिम्मेवारी, काम गर्ने तरीका हेर्दा संघीयता कार्यान्वन गर्ने पक्षमा देखिएको छैन।'
कोईरालाले सरकारकारले मधेशलाई भारतीय चस्मा लगाएर हेरेको आरोप समेत लगाए। हिमाल, पहाड तराईमा बस्ने सबै नेपालीनै भएपनि भारतीय चस्माबाट मधेशलाई बुझ्ने सरकारको गलत तरीका भएको उनको भनाइ थियो।
केन्द्रीय मानसिकताले ग्रसित भएर सरकारले ल्याएको नीति तथा कार्यक्रम जनतालाई झुक्याउने किसिमको भएको उनको आरोप छ। सर्वोच्च अदालतमा विचाराधिन फाष्ट ट्रयाकको विषय नीति तथा कार्यक्रममा राखेर राष्ट्रपतिलाई पढ्न लगाएर कानुनी राज्यको उपहास गरेको उनको भनाई थियो।