संयोजक फेरिएपछि मोर्चामा असन्तुष्टि
२४ वैशाख २०७३
•
६ मिनेट पाठ
संयोजक फेरिएपछि मोर्चामा असन्तुष्टि
काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध प्रमुख चार दल संघीय गठबन्धन बैठकमा अनुपस्थित भएका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजक बनाइएपछि असन्तुष्टि जनाउँदै ती दल बैठकमा नगएका हुन्। मोर्चाको जारी आन्दोलनलाई गठबन्धनमा लगेर फसाएको भन्दै उनीहरू असन्तुष्ट थिए।

बैठकमा अनुपस्थित हुने तराई–मधेसकेन्द्रित दलमध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक छन्।

गठबन्धन निर्माण प्रक्रियामा सद्भावनाभित्र असन्तुष्टि रहे पनि शुक्रबारको बैठकमा भने 'कार्यव्यस्तता' ले उपस्थित हुन नसकेको महासचिव मनीष सुमनले बताए।

'बैठकमा हाम्रो पार्टी प्रतिनिधि उपस्थित हुन नसकेको सही हो तर बहिष्कार गरेका होइनौं,' सुमनले नागरिकसँग भने, 'बिहीबारको बैठकमा हाम्रो पार्टीका प्रतिनिधि सहभागी थिए।' उनका अनुसार उक्त बैठकका लागि अध्यक्ष महतोले सहमहासचिव अर्जुन उप्रेतीलाई पठाएका थिए।

उक्त बैठकमा यादवलाई गठबन्धनको संयोजक बनाउने प्रस्ताव आएपछि सद्भावना प्रतिनिधि उप्रेतीले मोर्चाका सबै पार्टी अध्यक्ष उपस्थित भएपछि मात्रै संयोजक तोक्न आग्रह गरेका थिए। तर, प्रमुख दलका अध्यक्षबिनै गठबन्धन बैठकले यादवलाई संयोजक तोकेपछि महतो नेतृत्वको सद्भावनाले शुक्रबारको बैठक बहिष्कार गरेको बुझिएको छ। मोर्चामार्फत आन्दोलन गर्दै आएका तराई–मधेसकेन्द्रित दललाई संघीय गठबन्धनमा आबद्ध गराएको भन्दै सुरुदेखि नै सद्भावनाले अनौपचारिक रूपमा असन्तुष्टि जनाइरहेको थियो।

असन्तुष्टिबीच पनि सद्भावनाले यसअघिको बैठकमा सहभागिता जनाउँदै आइरहेको थियो। मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव सिपी सिंहले पनि मोर्चासँग छलफल गरेर मात्रै संयोजक तोक्न आग्रह गरेको जनाए। 'मोर्चामा एकपटक छलफल गरेर संयोजक तोक्दा राम्रो होला भनेर धारणा राखेको हुँ,' सिंहले नागरिकसँग भने।

उता, जनकपुरमा बसेको तमलोपा केन्द्रीय समितिको पूर्ण बैठकमा पनि यादवको लहलहैमा लागेर मोर्चालाई गठबन्धनमा लगेर फसाइएको भन्दै तीव्र आलोचना भएको थियो। उक्त बैठकमा केन्द्रीय सदस्यले अध्यक्ष ठाकुरलाई गठबन्धनबाट बाहिर निस्केर मोर्चालाई सक्रिय गराउनसमेत सुझाएका थिए।

'गठबन्धनलाई हेर्ने दृष्टिकोणलाई लिएर हाम्रो पार्टीमा विवाद भएको हो, त्यहाँबाट निस्कनुपर्छ भनेर माग पनि आएको हो,' केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने, 'तर यसको मतलब बैठक बहिष्कार होइन।' उनका अनुसार 'कार्यव्यस्तता' का कारण तमलोपा बैठकमा सहभागी हुन नपाएको हो।

स्रोतका अनुसार गठबन्धनको नेतृत्व लिन ठाकुर पनि इच्छुक थिए तर उनी दिल्ली प्रस्थान गरेकै दिन बैठक डाकेर यादवले आफूलाई संयोजक बनाएपछि असन्तुष्ट रहँदै आएका छन्।

गठबन्धनप्रति असहमति राख्दै अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पनि आफ्नो प्रतिनिधि पठाएन भने मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पनि बैठकमा अनुपस्थिति जनायो। तर, मोर्चामा आबद्ध संघीय फोरमका यादवसहित तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि भने उपस्थित थिए।

धारणा राखेर बाहिरियो मोर्चा
बुधबारदेखि सुरु संसद बैठकमा दुई दिन चुपचाप बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दलका सांसदले शुक्रबारको बैठक बहिष्कार गरेका छन्।

सत्ता समीकरणको गर्मागर्मी रहेका बेला नियमित संसद भवन पुगेका उनीहरुले शुक्रबार भने आफ्ना माग पूरा नभएको भन्दै बैठक बहिष्कार गरेका हुन्।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले मधेसी मोर्चा र आदिवासी/जनजातिले उठाएको माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरेका थिए। 'मधेसी तथा आदिवासी जनजातिले उठाएका माग अझै सम्बोधन भएको छैन, यस्तो अवस्थामा संसदमा बसिरहनुको औचित्य रहन्न,' राईले बैठकमा भने। उनका अनुसार मधेसी तथा आदिवासी/जनजाति समुदायको माग सम्बोधन नभएसम्म बहिष्कारक्रम जारी रहनेछ। उक्त सम्बोधनलगत्तै तराई–मधेसकेन्द्रित दलआबद्ध मधेसी मोर्चाका सांसद संसद भवनबाट बाहिरिएका हुन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस