काठमाडौं- सरकार परिवर्तन गर्ने कांग्रेसको प्रस्तावमा समर्थन जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने जनाउ दिएको छ। संसद भवन बानेश्वरमा बसेको मोर्चा–कांग्रेस बैठकमा आफ्ना ११ बुँदे माग सम्बोधन नभएसम्म सरकारमा सामेल हुन नसक्ने जवाफ दिएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए।
'उहाँहरूले सरकार परिवर्तन गर्ने प्रस्ताव गर्नुभयो, हामीले त्यसमा समर्थन जनाएका छौं,' बैठकपछि ठाकुरले भने, 'तर हाम्रा ११ बुँदे माग सम्बोधन नहुञ्जेल सरकारमा चाँहि जान्नौं।' नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने विषयमा भने कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध दल सहमत भएको उनले बताए।
संसद भवनमा बसेको बैठकमा भाग लिन ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायत नेता पुगेका थिए भने कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, महेश आचार्य, रमेश लेखक, चीनकाजी श्रेष्ठलगायतको उपस्थिति थियो।
छलफलमा कांग्रेस नेताहरूले ओली सरकार परिवर्तन गर्नका लागि सहयोग मागे पनि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने बारेमा भने ठोस धारणा नराखेको ठाकुरले जनाएका छन्।