काठमाडौं–सरकार छाड्ने आसयको एमाओवादी निर्णय सच्याउन सरकारको नेतृत्व गरेको दल एमालेले आग्रह गरेको छ। बुधबार विहान बसेको स्थायी कमिटीको बैठकले आफ्नो निर्णयमा पुर्नविचार गर्न एमाओवादीलाई आग्रह गर्ने निर्णय गरेको छ।अहिले कसैको पनि बहुमत नरहेको अवस्था सरकार परिवर्तन हुनु सामान्य भए पनि अहिलेको जटिल अवस्थामा एमाओवादी निर्णय उचित नभएको एमालेले जनाएको छ। 'संसदीय व्यवस्थामा कसैको पनि बहुमत नभएको बेला सरकार परिवर्तनको कुरा सामान्य हो,' एमाले सचिव योगेश भट्टराईले नागरिकन्युजसँग भने,' संविधानलाई धरापमा पार्ने र राजनीतिक अस्थिरता निम्त्याउने काममा एमाले संलग्न हुँदैन।'
एमालेले लोकप्रिय नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेपछि आत्तिएर सरकार परिवर्तनको खेल सुरु भएको भट्टराईले टिप्पणी गरे। 'एमाले नेतृत्वको सरकारले लोकप्रिय बजेट र नीति तथा कार्यक्रम ल्याउन लागेपछि आत्तिएका केही दल सरकार परिवर्तन गराउन लागेका छन्,' उनले भने,'सरकार परिवर्तन गराउन देशी वेदशी शक्ति लागिपरेका छन्।
त्यसको गोटी नबन्न हामी प्रचण्डलाई आग्रह गर्न चाहन्छौं।' एमालेले वर्तमानलाई नै राष्ट्रिय स्वरुप दिन सबै दलसँग छलफल गर्न शीर्ष नेतालाई जिम्मेवारी दिएको छ। 'संविधान कार्यान्वयन गर्न, पुननिर्माणलाई अगाडि बढाउन, आर्थिक समृद्धि हासिल गर्न वर्तमान सरकालाई नै राष्ट्रिय स्वरुप दिनु आवश्यक छ,' भट्टराईले भने,' त्यसका लागि सबै दलसँग छलफल गर्न शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ।' एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमाओवादी निर्णयलाई आत्मघाती भनेको छ। 'यो एमाओवादीको आत्मघाती निर्णय हो,' उनले भने,'त्यसमा पुर्नविचार गर्न हामी आग्रह गर्न चाहन्छौं।'