काठमाडौं–सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। व्यवस्थापिका संसदको बर्खे अधिवेशन सुरु भएको दिन बसेको एमाले संसदीय दलको बैठकले संसदमा संसद बैठकमा सशक्त, मर्यादित र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।बैठकले आफ्ना सांसदलाई जेठ एक गतेसम्म उपत्यका नछोड्न निर्देशन दिएको छ। एमालेले संसदमा २६ गते सरकारले पेश गर्ने नीति तथा कार्यक्रम पारित नभएसम्म आफ्ना सांसदलाई विदेश भ्रमण तथा जिल्ला जानसमेत रोक लगाएको हो। नीति तथा कार्यक्रम वैशाख ३१ गते पारित गर्ने कार्यसूचि छ।
प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी ओलीको अध्यक्षमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई अनावश्यक दुःख दिन सुरु गरेको निष्कर्ष निकाल्दै संसदमा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए। 'अहिले सरकारलाई सहयोग गर्नुपर्ने अवस्थामा प्रमुख प्रतिपक्ष दल जसरी सरकारप्रति आाक्रमक रुपमा प्रस्तुत भएको छ, त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ,' तामाङले नागरिकन्युजसँग भने,'विपक्षी दलहरुको सम्भावित मोर्चाबन्दी विरुद्ध सत्तारुढ दलबीच समन्वय गरेर संसदमा प्रस्तुत हुन दलको नेताले निर्देशन दिनुभएको छ।'
सरकारले नियुक्ती गर्ने राजदूत र न्यायपरिषदले सिफारिस गरेको न्यायाधीशमा पनि कांग्रेसले राजनीति गर्नु खोज्नु लोकतन्त्रको परिभाषा भित्र नपर्ने भन्दै बैठकमा कांग्रेसको चर्को आलोचना भएको थियो। आफूलाई सबैभन्दा लोकतन्त्रवादी दल ठान्ने कांग्रेसले हरेक ठाउँमा भाग खोज्न लागेको र सो विषय संसदमा पनि उठाउन सक्ने भन्दै एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले त्यसको सशक्त तथा सभ्य रुपमा प्रतिवाद गर्न सांसदहरुलाई आफना निर्देशन दिएका थिए। उनले कांग्रेस र मधेसी मोर्चाबीच संभावित मोर्चा बन्दीका विषयमा समेत सचेत हुन आग्रह गरेका थिए।