काठमाडौं- सत्तारुढ दल एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीभित्र नयाँ संविधान कार्यान्वयन गर्न सुरु गरेको छ। असोज ३ गते नयाँ संविधान जारी भएलगत्तै बसेको केन्द्रीय समिति बैठकमार्फत आन्तरिक पार्टी संगठनलाई संघीय ढाँचामा रूपान्तरण गरेको एमाओवादीले भातृ संगठन र शुभेच्छुक संस्थालाई पनि सोहीअनुसार ढालिरहेको छ।
मुलुकको सन्दर्भमा मात्रै नभई पार्टीको आन्तरिक संगठनमार्फत संविधान र संघीयता कार्यान्वयन गराउने कार्य भइरहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। 'संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले सबैभन्दा बढी प्राथमिकता दिएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रै हो,' श्रेष्ठले नागरिकसँग भने, 'राज्यको निकायमा मात्रै पनि होइन, पार्टीमा पनि त्यसको कार्यान्वयन सुरु गरेका छौं।' उनका अनुसार नयाँ संविधानले व्यवस्था गरेअनुसार ७ प्रदेशका इन्चार्ज तोकेर जिम्मेवारी दिने काम भइसकेको छ।
एमाओवादीले पुरानो सांगठनिक संरचना भत्काउँदै १ नम्बर प्रदेशमा राम कार्की, २ नम्बरमा विश्वनाथ साह, ३ नम्बरमा लीलामणि पोखरेल, ४ नम्बरमा डिलाराम आचार्य, ५ नम्बरमा चन्द्रप्रकाश खनाल, ६ नम्बरमा जनार्दन शर्मा र ७ नम्बरमा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ।
त्यसअघि एमाओवादीले १३ वटा राज्यइन्चार्ज बनाएर आन्तरिक संगठनको काम गर्दै आएको छ। एमाओवादीले पहिलो चरणमा नयाँ संविधान तथा समसामयिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण पनि सातवटै प्रदेशमा गरिसकेको छ। हाल वडा, गाउँ/नगर तहमा आन्तरिक संगठन मजबुत बनाउन र प्रशिक्षणमा व्यस्त माओवादी जिल्ला तह र प्रदेश तहको सांगठनिक संरचना निर्माण गर्नमा केन्द्रित रहेको २ नम्बर प्रदेश इन्चार्ज साहले बताए। 'प्रदेश तहको प्रशिक्षण सम्पन्न गरेपछि पार्टी वडा, गाउँ र जिल्लामा बढी केन्द्रित भइरहेको छ,' साहले नागरिकसँग भने, 'मुख्यतः नयाँ संविधानबारे तराई–मधेसमा फैलाइएको भ्रम चिर्ने काम गरिरहेका छौं।' उनका अनुसार पार्टी कार्यकर्तालाई प्रशिक्षण दिएपछि विस्तारै संविधानबारे तराई–मधेसमा परेको भ्रम लयमा आउन थालेको छ।
पछिल्लो समय गाउँ तहसम्म पार्टीका कार्यक्रम पुग्न थालेको तथा अवरोध हुन पनि छाडेको उनले जानकारी दिए। मधेसी जनताको गुनासो भने कायमै रहेको जनाउँदै उनले त्यसलाई सम्बोधन गर्ने प्रयासमा लागिरहेको जानकारी दिए।
नयाँ संविधानले व्यवस्था गरेअनुसार समानुपातिक र समावेशीलाई व्यावहारिक रूपमा लागू गर्न एमाओवादीले कार्यविधि बनाइरहेको छ। सचिव वर्षमान पुनको नेतृत्वमा निर्माण भइरहेको उक्त कार्यविधिले पार्टीभित्रको संगठनलाई कसरी समानुपातिक र समावेशी बनाउने भन्ने निश्चित मापदण्ड तोक्नेछ। सोही मापदण्डअनुसार पार्टीको आन्तरिक संगठनभित्र निर्वाचन, मनोनीत र नियुक्ति प्रक्रिया सुरु गर्ने योजना माओवादीले बनाएको छ।
यसैगरी 'समाजवाद उन्मुख' आर्थिक नीति बनाउने योजनासहित नयाँ कार्यदिशाबारे छलफल गर्ने योजनामा पनि माओवादी पुगेको छ। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसहित अन्य माओवादी घटकसँग एकता भएलगत्तै नयाँ कार्यदिशा निर्माणमा लाग्ने माओवादी योजना देखिन्छ। वैशाख मसान्तसम्म पार्टी एकीकरण कार्य सम्पन्न गर्ने योजनासहित माओवादीले नयाँ संविधानअनुसारको कार्यदिशा, रणनीति र कार्यनीति पनि तयार गर्ने उपाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।