काठमाडौं–मन्त्रिपरिषद बैठकले यही २१ गते विहान ११ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफासिर गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था अनुसार केही दिन मै राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हुने कुरामा दुईमत छैन।यो अधिवेशन मुलतः बजेट अधिवेशन हुनेछ। आगामी बजेटका विषयमा मुख्य छलफल भएपनि संसदमा वर्तमान सरकारको व्यापक आलोचना हुने निश्चित छ। भूकम्प पीडितले राहत तथा अनुदानको रकम नपाएको, भूकम्प गएको एकवर्ष हुँदासमेत पुननिर्माणको काम अगाडि नबढेकोलगायतका मुद्दामा यसपटक संसदमा छलफल हुनेछ भने त्यसको विरोधको सामना सरकारले गर्नुपर्नेछ।
कालोबजारीले जनतामा मारमा परेको भन्दै अहिले नै सरकारको चर्को आलोचना भइरहेको सन्दर्भमा त्यसको असर संसदमा पनि देखिनेछ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसअघि नै संसद अधिवेशन बोलाउन सरकारसँग माग गर्दै आएको थियो। कांग्रेसले भूकम्प पीडितसमक्ष अहिलेसम्म राहत तथा अनुदान नपुर्याएको, पुननिर्माणको कामले गतिलिन नसकेको तथा सरकारकै संरक्षणमा कालो बजारी भइरहेको आरोप लगाउँदै आएको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफ्नो पार्टीले संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताए। नाकाबन्दी, भूकम्पलगायतका कारण कांग्रेसले आँखा चिम्लिएको भन्दै अब सुरु हुने अधिवेशनमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। 'सरकारले ढिलै भएपनि संसद अधिवेशन बोलाएको छ, यसलाई हामीले सकारात्मक रुपम लिएका छौं,' श्रेष्ठले नगरिकन्युजसँग भने,' अब हामी सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गछौं।'
सरकारले राजनीतिक व्यक्तिलाई न्यायाधीशमा नियुक्तीको सिफारिस गरेको, २१ राजदूत एक लौटी ढंगले नियुक्तीको सिफारिस गरेको भन्दै संसदमा सशक्त आवाज उठाउने बताए। वर्तमान सरकारले हद पार गरेको भन्दै सरकारले हरेक कोणबाट असफल भइसकेको उनले जिकिर गरे।
वर्तमान सरकारले प्रमुख प्रतिपक्ष दल कांग्रेसको मात्र विरोधको सामना गर्नुपर्ने छैन, अन्य मधेस केन्द्रित दलकोसमेत सामना गर्नुपर्ने छ। सरकारले मधेसको माग सम्बोधन गर्न नचाहेको आरोप लगाउँदै आन्दोलन घोषणा गरेका मधेस केन्द्रित दलले संसदमा प्रतिपक्षको धर्म निभाउने बताएका छन्।
मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा मोर्चाले सरकारले गरेका अनियमितता, कमशन, भ्रष्टाचारलगायका विषयमा आवाज उठाउने जनाए । 'हामीले प्रतिपक्षको धर्म निभाउँछौं,' उनले भने,'सरकारले गरेको भ्रष्टाचार, कालोबजारी, भूकम्प पीडितको पैसा खाने जस्ता गैरजिम्मेवार कामको विरोध गर्छौं।' मोर्चाले सरकारले नै कालोबजारीलाई संरक्षण गरेको, भूकम्प पीडितको पैसा भ्रष्टचार गरेको लगायतका आरोप लगाउँदै आएको छ।
मोर्चाले संसद सुरुहुनु अगाडि बैठक बसेर संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन्। सरकार र मोर्चाबीच यसअघि ३६ पटक वार्ता भइसके पनि निष्कर्ष निस्किएको छैन्। सरकार मधेसका मागप्रति गम्भीर नरहेको भन्दै मोर्चाले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।