काठमाडौं–सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईलाई बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको विज्ञान तथा वातवरणमन्त्री शिवलाल थापाले जानकारी दिए।सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएपछि राईलाई कायम मुकायम महानिरीक्षकको जिम्मेवारी तोकिएको थियो। दोस्रो जनआन्दोलन दबाउन राईले मुख्य भूमिका निर्वाह गरेको भन्दै रायमाझी आयोगले कारवाहीको सिफासिर गरेको थियो।
बैठकले अागामी बजेट अधिवेशन वैशाख २१ गते ११ बजे बाेलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ। संसद अधिवेशन मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले अाह्वान गर्ने कानुनी व्यवस्था छ।
मन्त्रिपरिषद बैठकले राप्रपा नेपालबाट सहायकमन्त्रीमा नियुक्त भएका विराट विष्टलाई पदमुक्त गरी उनको ठाउँमा राप्रपा नेपालकै रेशमकुमार लामालाई संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्रीमा नियुक्त गरेको छ। यसैगरी बैठकले रुपन्देहीबाट विभिन्न वहानामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जना भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय भएको मन्त्री थापाले जानकारी दिए।