ढलेका घर उठिसके सरकार!
११ वैशाख २०७३
•
१३ मिनेट पाठ
ढलेका घर उठिसके सरकार!
दोलखा-सरकारको आशा गर्दागर्दै भूकम्प पछिको एक वर्ष पाल र कटेरोमा गुजारेका जिल्लाको उत्तरी चिलंखा गाविस ४ का ताराबहादुर खड्काले हालै डेढ तलाको नयाँ घर बनाए।

भूकम्पले भत्काएको पुरानो घरको ढुंगा त्यत्तिकै खेर गएकाले त्यसैलाई प्रयोगमा ल्याउने उपाय उनले रचे। झ्याल–ढोका नयाँ जोड्नुपर्ने थियो । चिम्ट्याइलो माटो घरनजिकै थियो । 'गाउँका पाका ज्यामी बोलाएर १५ दिनमा डेढ तलाको बनाएँ,' खड्काले भने । उनले जगको गाह्रो राम्रैसँग बाँधेर एक तला ढुंगामाटाको र माथिल्लो आधा तला काठैकाठको बनाएका छन्।

ताराबहादुरजस्तै चिलंखाका गाउँलेहरू अहिले आफ्नो नयाँ घर बनाउने अभियानमा जुटिसकेका छन् । स्थानीय अगुवा प्रवीण खड्काका अनुसार पुरानै घरको ढुंगा र माटो प्रयोग गरी आफ्नो घर बनाउने अभियान तीव्र छ । 'यहाँ सिमेन्ट र रड ल्याइपु¥याउन सकिँदैन,' प्रवीणले भने, 'यही ढुंगामाटाको त बनाउने हो । प्रवीणका अनुसार काठका लागि भने स्थानीय निजी जंगल र सामुदायिक वन प्रयोग गर्छन् । 'निजी जंगल नहुनेहरूले वन समूहमार्फत् गोब्रे र ठिङ्ग्रे सल्लो प्रयोग गर्छन्,' उनले भने । दोलखाको चिलंखाजस्तै जिल्लाका अन्य बस्तीमा स्थानीय स्रोत प्रयोग गरी नयाँ घर आफैँ बनाइरहेका छन् ।

गाउँघरमा नयाँ घर बनाउन ढुंगा–माटाको प्रयोग नै सहज हुने भएकाले अधिकांश त्यसैको प्रयोग गरी नयाँ घर बनाउन लागेका हुन् । जिल्ला विकास समिति दोलखाका इन्जिनियर नारायण शिवाकोटीका अनुसार जिल्लाका अधिकांश भूभाग चिम्ट्याइलो माटोले भरिएका कारण स्थानीय स्रोत प्रयोग गरेर नयाँ घर बनाउन सहज छ । 'चिम्ट्याइलो माटोका कणहरू एकअर्कामा टाँसिएर बस्ने हुनाले गाह्रोलाई सजिलो गरी समाउँछ र त्यो सिमेन्टभन्दा पनि बलियो हुन्छ,' शिवाकोटीले भने । दोलखाका ६० प्रतिशत बढी भूभागमा रातो माटो सहज रुपमा पाइन्छ । 'रातो नभएका ठाउँमा कालो चिम्ट्याइलो माटो पनि प्रयोग गर्न सकिन्छ, जुन जिल्लामा प्रशस्त छ,' उनको तर्क छ । नयाँ घर बनाउँदा भूकम्प पीडितले पुरानै घरको ढुंगा प्रयोग गर्न सक्ने शिवाकोटी सुझाउँछन् । 'नयाँ ढुंगासमेत हाम्रो जिल्लाका अधिकांश भूभागमा सजिलै गरी पाइन्छ,' उनी भन्छन् ।

काठमा गोब्रे र ठिङ्ग्रे सल्लो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घरमा सालको काठ प्रयोग गर्नु भने पनि चिलंखाका ताराबहादुरले साल प्रयोग गर्न सकेनन् । 'हाम्रो गाउँमा त गोब्रे र ठिङ्ग्रे सल्लो बढी प्रयोग गर्छौं,' उनले भने, 'मैले पनि त्यही प्रयोग गरेँ ।' गाउँका स्थानीयले रुख काटेपछि त्यही मुढा चिरान गर्छन् । 'गाउँमा फर्निचर हुँदैन, ठूलो आराले चिरान गरी काठ तयार गर्छौं,' प्रवीणले भने ।

भूकम्पपीडितका लागि नयाँ घर बनाउन सरकारले वनजंगलबाट कति मात्रामा काठ दिने, काठ दिन कस्तो कार्यविधि बनाउने स्पष्ट छैन । जिल्ला वन कार्यालयमा काठ माग्दै भूकम्पपीडित पुग्न थाले पनि सरकारले स्पष्ट नियम बनाउन सकेको छैन । जिल्ला वनका अनुसार सामुदायिक वन उपभोक्ता समूहमार्फत् काठका लागि निवेदन आउन थालिसकेको छ ।

निर्माण अवधिभर काष्ठ उद्योग

स्थानीय स्रोतबाट घर बनाउन सहज हुने भन्दै गाउँघरमा निर्माण अवधिभर सरकारी लगानीमा ठूला काष्ठ उद्योगहरू सञ्चालन गर्न स्थानीयको आग्रह छ । 'गाउँमा आरामा काठ चिर्ने हो, सिकर्मीका लागिसमेत पर्याप्त मात्रामा औजार हुँदैनन्,' भीमेश्वर नगरपालिका ६ का स्थानीय सन्तोषकुमार कुँवर भन्छन्, 'सरकारले वरिपरिका थुप्रै गाविसलाई केन्द्र हुने गरी काष्ठ उद्योग सञ्चालन गर्न सके भूकम्पपीडितले नयाँ घर बनाउँदा व्यवस्थित र राम्रो झ्यालढोका हाल्न पाउने थिए ।' विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले समेत नयाँ घर बनाउँदा चाहिने काष्ठ सामग्री बनाउने क्षेत्रमा लगानी गर्न सक्ने बताउँछन्, कुँवर ।

गाउँमै उत्पादन हुनसक्छ बलियो इँट्टा/ब्लक

एक सय ५० घरधुरी रहेको जिल्लाको दक्षिणी मिर्गे गाविस ९ को यार्सा बस्ती पुनर्निर्माण गर्न अमेरिकाको एउटा संस्थाले चासो राख्यो । गाउँ आएर स्थानीय स्रोत–साधन प्रयोग गरी एकीकृत र नमुना बस्ती बनाउन सकिनेबारे अध्ययन ग¥यो । 'यहीँको माटो प्रयोग गरेर इन्टर लक (आफैँ गाँसिने) प्रविधिको इँट्टा उत्पादन गर्न सकिने भएपछि संस्थाले दक्षिण अफ्रिकाबाट त्यस्तो इँट्टा उत्पादन गर्ने हाइड्राफर्म मेसिन झिकाएको छ,' पत्रकारसमेत रहेका यार्साबासी लक्ष्मण खड्काले भने । उनका अनुसार उक्त मेसिनले दैनिक १६ हजार इँट्टा उत्पादन गर्छ । '९% सिमेन्ट र बालुवाको मात्रा मिसाएर माटोको प्रयोग गरेको केही बेरमै सुक्खा भएर आफैँ इँट्टा निस्कने प्रविधिको नमुना संस्थाका कर्मचारीले देखाएर गएका थिए,' उनले भने, 'त्यसलाई गाह्रोमा राख्नेबित्तिकै आफैँ लक हुन्छ ।' विश्वभरका उद्यमीहरूको संस्था योङ लिभिङ फाउन्डेसन अमेरिकाले बनाउन लागेको गाउँको एकीकृत बस्ती निर्माणका लागि पुनर्निर्माण प्राधिकरणमा अनुमतिको प्रक्रियामा छ ।

मिर्गेजस्तै दोलखाका नाम्दु, गैरीमुदी, पवटी र भीनपाका विभिन्न स्थानबाट माटोको प्रयोग गरी इँट्टा उत्पादन गर्न सकिने बताउँछन् जिविसका इन्जिनियर शिवाकोटी । 'केही स्थानमा अध्ययनसमेत भएको थियो, लगानी भिœयाउन सकिए पुनर्निर्माण अवधिभरका लागि इँट्टा उत्पादन गर्ने अस्थायी प्लान्ट राख्न पाए पीडितका लागि टेवा पुग्थ्यो ।'

गाउँकै ज्यामी अब्बल

चिलंखा गाउँका ५२ वर्षीया दलबहादुर थामी घर बनाउने काममा किशोर अवस्थादेखि नै खटिए । भूकम्पपछि सरकारको मुख ताकेर बसेका झण्डै दुई दर्जन बढी स्थानीयको घर उनले बनाइसके । 'गाउँलेले घर बनाउन सुरु गरिसकेकाले भ्याइ–नभ्याइ छ,' उनले भने ।

उनलाई अहिलेसम्म कोही पनि तालिम दिन आएको छैन । 'केही दिनअघि एउटा संस्थाले सिँगटी बजारमा तालिम राखेका छौँ, आउनुस् भनेर नाम टिपेर लानुभएको छ,' उनले सुनाए, 'भ्याइ–नभ्याइ भएकाले गाउँमै तालिम राख्न भनेका छौँ, गाउँमै राखेछन् भने सहभागी हुन्छु, सिँगटी त जान भ्याउँदिन होला ।'

उनका छिमेकी प्रवीणका अनुसार जगदेखिकै निर्माणमा विशेष ध्यान पु¥याउने हुनाले दलबहादुरलाई सबैले खोजी गर्न थालेका छन् । 'घरको जग निर्माणदेखि सुर सिधा पार्ने र नस प्रयोग गरी गाह्रो बाँध्ने काममा उनले विशेष ध्यान दिन्छन्,' प्रवीणले भने, 'ढुंगाको लम्बाइ–चौडाइमा समेत मिलाउने हुनाले भूकम्पप्रतिरोधी घर बनाउन उनीप्रति विश्वास बढेको हो । जिल्लामा रहेका विभिन्न संघसंस्थाले सिकर्मी–डकर्मी तालिम दिए पनि गाउँघरमा दलबहादुरजस्तै पाका ज्यामीलाई नै पत्याउँछन् । 'यस्ता पाका ज्यामीका लागि तालिम लगायतका अवसरमा खर्च गरेको भए साह्रै राम्रो हुन्थ्यो,' प्रवीण भन्छन् ।

स्थानीय स्रोत र साधन प्रयोग गरेर गाउँलेले घर बनाउन सक्ने भए पनि सरकारी अर्कमण्यताले भूकम्पपीडितले बेलैमा घर बनाउन नसकेकोमा गुनासो गर्छन्, एकीकृत नेकपा माओवादीका जिल्ला नेता विशाल खड्का । 'हाम्रै गाउँघरमा हरेक स्रोत छ,' उनी भन्छन्, 'तर सरकारले २ लाख अनुदानको ललिपप देखाएर जनतालाई अहिलेसम्म घर बनाउन दिएन । अनुदान लगायतका हल्ला नफिँजाइ ऋण मात्र सहयोग गरेर अन्य कुरामा सहुलियत दिइने नीति ल्याएको भए गाउँले आफैँले पहिल्यै घर बनाइसक्ने थिए ।'

जिल्लामा रेडक्रसले विभिन्न बस्तीमा ढुंगामाटो प्रयोग गरेर भूकम्पप्रतिरोधी नमुना घर बनाइदिएर पीडितलाई सोहीअनुसार निर्माण गर्न लगाएको छ । लामिडाँडा र बाबरेमा स्थानीय सामग्री प्रयोग गरेरै २ तले भूकम्पप्रतिरोधी घर निर्माण भएको स्थानीय पुष्कर खतिवडाले बताए ।

सरकारको अनुदान १ वर्षदेखि पर्खंदासमेत नआएका कारण आफैँले घर बनाएका गाउँले घर बनाइसकेका कारण अनुदान नपाइने हो कि भनेर उत्तिकै चिन्तित छन् । 'जनताले घर बनाइसके,' एमाओवादी नेता खड्का भन्छन्, 'तर पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म प्राविधिक नपठाएका कारण घर बनाइसकेकाहरू अनुदान नपाइने हो कि भनेर चिन्तामा छन् ।'

प्राधिकरणले भने घर बनाइसकेकाले पुनर्निर्माण प्राधिकरणको सरकारी डिजाइनअनुसार नबनाए पनि भूकम्पप्रतिरोधी भए अनुदान दिन सक्ने बताउँदै आएको छ तर त्यसका लागि गाउँमा खटिने प्राधिकरणका कर्मचारी र प्राविधिकहरूले मूल्यांकन गरी भूकम्पप्रतिरोधी रहेको पुष्टि गर्नुपर्नेछ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस