वैशाख १५ देखि काठमाडौंकेन्द्रीत आन्दोलन
१० वैशाख २०७३
•
७ मिनेट पाठ
वैशाख १५ देखि काठमाडौंकेन्द्रीत आन्दोलन
काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय गठबन्धनमार्फत संविधान जारी भएको ६ महिनापछि पहाडी जिल्लामा आन्दोलन थालेको छ। तीन दिनसम्म आन्तरिक विवादमा रुमल्लिएको गठबन्धनको बैठकले अन्ततः पहाडी जिल्लामा समेत आन्दोलन घोषणा गर्दै जेठ १ गते सिंहदरबार घेर्ने जनाएको छ। आगामी वैशाख १५ गतेदेखि चरणबद्धरूपमा आन्दोलन गर्ने घोषणा शुक्रबार गरिएको हो।

तराई–मधेसका २२ वटा जिल्लामा मात्रै केन्द्रित आन्दोलनलाई मोर्चाले गठबन्धनमार्फत पहाडी जिल्लामा पनि विस्तार गरेको हो। जसअनुसार १५ गते देशभरिका जिल्ला प्रशासन कार्यालयमा मागसहित ज्ञापनपत्र बुझाउनेछन् भने १७ गते सरकारी कार्यालयमा कालोझन्डा गाड्ने तथा १९ गते सदरमुकाममा कोणसभा आयोजना गर्नेछन्। मोर्चाले तराई–मधेससहित २३ गते पाँचथर र पोखरा, २४ गते धनकुटा, २५ गते इलाम, सुर्खेत र पाल्पा, २६ गते हेटौंडा र काभ्रे, २७ गते धरानमा वृहत विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान विभेदकारी भएको जानकारी गराउन पनि पहाडमा आन्दोलन आवश्यक भएको बताउँदै आएका थिए। त्यसैअनुसार मधेसी मोर्चालाई पनि गठबन्धनमार्फत पहाडमा उकाल्ने कार्य गरेका हुन्। 'नयाँ संविधान किन र कसरी विभेदकारी छ भन्ने पहाडका जनताले पनि थाहा पाउन जरुरी छ, त्यसैले यो आन्दोलन पहाडकेन्द्रित गर्नुपरेको हो,' यादवको जोड छ, 'मधेसी मोर्चाले उठाएको मुद्दा मधेसको मात्रै होइन, हिमाल–पहाड सबैको साझा हो, सबैले मिलेर आन्दोलन गरेपछि मात्रै उपलब्धि हासिल हुन्छ, एक्लै लडेर कुनै उपलब्धि हासिल हुन्न।'

तराई–मधेसमा मात्रै आन्दोलन केन्द्रित गरेर 'खास उपलब्धि' नहुने भन्दै पहाड र काठमाडौंकेन्द्रित आन्दोलन गरी मधेसको आन्दोलनलाई राष्ट्रिय आन्दोलनको स्वरूप दिलाउन यादवले पहलकदमी लिइरहेका छन्। काठमाडौंमा वृहत अन्तरक्रिया गरी पहाडी र हिमाली भेगका जनताको समर्थन लिएका यादवले बिहीबार कूटनीतिक निकायसँग पनि छलफल गराई सुझाव ग्रहण गराएका थिए।

कूटनीतिक र दातृनिकायसँग सुझाव लिएको भोलिपल्टै मोर्चाले गठबन्धनमार्फत 'नरम' आन्दोलनको १५ दिने कार्यक्रम सार्वजनिक गरेको छ। गठबन्धनका प्रवक्तासमेत रहेका संघीय जनमुक्तिका पार्टीका सहअध्यक्ष परशुराम तामाङले क्षेत्रीय र जातीय आधारमा भइरहेका आन्दोलनलाई केन्द्रित गरेर राष्ट्रिय आन्दोलनको स्वरूप दिन खोजिएको बताए। 'हिजो क्षेत्रीय र जातीय तहमै आन्दोलन थियो, अब गठबन्धनमार्फत त्यसलाई राष्ट्रिय स्वरूप दिएका छौं,' तामाङले नागरिकसँग भने, 'हामी हिजो पनि आन्दोलनमै थियौं तर मधेसी मोर्चाको आन्दोलन उत्कर्षमा पुगेको हो, आन्दोलन नै भएको भन्नेचाहिँ होइन।' उनका अनुसार स्थानीय तहको मागसमेत राखेर गठबन्धनले २६ बुँदे अपिल जिल्ला प्रशासन कार्यालयमा बुझाएर वैशाख १५ बाट आन्दोलनको औपचारिक सुरुवात गर्नेछ।

मधेसी मोर्चाले संसदमा प्रतिनिधित्व नगर्ने जातीय र क्षेत्रीय साना दलको साथ लिएर हिमाल–पहाडमा समेत आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन घोषणा गर्ने गठबन्धनमा आबद्ध २७ पार्टीमध्ये संसदमा ८ दल मात्रै छन्, बाँकी १९ दलको भने संसदमा प्रतिनिधित्व छैन्। मोर्चामा आबद्ध सात दलसहित थरुहट तराई पार्टी र नेपाः राष्ट्रिय पार्टीबाहेक कुनै पनि दलले हालको संसदमा प्रतिनिधित्व गर्न सकेका छैनन्। संसदमा प्रतिनिधित्व नगर्ने साना क्षेत्रीय र जातीय दल केही समयअघि पुष्पकमल दाहाल नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धन र मोहन वैद्य नेतृत्वको ३३ दलीय गठबन्धनमा समेत आबद्ध थिए।

संसदमा प्रतिनिधित्व नगर्ने पहाडकेन्द्रित क्षेत्रीय र जातीय दलको साहरा लिएको भन्दै यादवप्रति मधेसी मोर्चाका नेता पनि आक्रोसित रहँदै आएका छन्। सद्भावना पार्टीले मधेसी मोर्चालाई 'मिनिमाइज' गर्न खोजेको भन्दै उपेन्द्र यादवलाई शंकास्पद तरिकाले हेरेको छ।

'मधेसी मोर्चाले लिएको उचाइलाई गठबन्धनमार्फत 'मिनिमाइज' गर्न लागिएको त होइन भन्ने हाम्रो आंशका छ,' सद्भावना महासचिव मनीष सुमनले नागरिकसँग भने, 'मधेसी मोर्चालाई डिमोरलाइज गरेर गठबन्धन अगाडि जानु हुँदैन भनेर हामीले सचेत गराएका छौं।' यद्यपि गठबन्धनले घोषणा गरेको कार्यक्रमप्रति सद्भावनाको विमति नरहेको उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस