काठमाडाैं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षित कम्तिमा तीनदिन हिरासतमै रहने भएका छन्।शुक्रबार पक्राउ परेका उनी शनिबार सार्वजनिक विदा र आइतबार भूकम्प गएको एक बर्षको सन्दर्भमा कार्यालयको काम नहुने भएपछि उनी कम्तिमा तीनदिन हिरासतमै रहने अख्तियार श्रोतले जानकारी दियो।
ललितपुर पाटनस्थित उनकै घरबाट उनलाई नियन्त्रणमा लिइएको हो। उनी पछिल्लो समय अख्तियारमा हाजिर हुन गरिएको पत्राचार र आग्रह अटेर गरेर अख्तियारको नजरमा 'फरार' जस्तै थिए। स्वयं उपस्थित हुन इन्कार गरेपछि अख्तियारबाट खटिएको प्रहरी टोलीले दीक्षितलाई शुक्रबार दिउसो पक्राउ गरेको अाख्तियारले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
अख्तियारको विज्ञप्तिमा दीक्षितमाथि साझा यातायातको अध्यक्ष पदको दुरूपयाेग गरी गैरकानूनी सम्पत्ति अार्जन गरेको, संस्थाको सम्पत्ति पैतृक सरह बेचबिखन गरेकोर प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको, परिवारको नाममा समेत राखेको अभियोग लगाइएको छ। अमेरिकामा घरजग्गा खरिद गरेको र स्वर्गीय मदन शम्सेर राणा र निजकी श्रीमती जगदम्बा राणाका नाममा रहेको चल अचल सम्पत्ति गैरकानूनी रूपमा आफ्नो नाममा नामसारी गरेको लगायतका उजुरी अख्तियारमा परेको आधारमा नियन्त्रणमा लिएको अख्तियारको पत्रमा उल्लेख छ।
दीक्षित प्रहरी नियन्त्रणमा परे पछिका तस्बिरः (सबै तस्बिरः प्रतिक रायमाझी)