सिफारिश ११ न्यायाधीश र २१ राजदूत नियुक्ति अन्यौलमा
०९ वैशाख २०७३
•
७ मिनेट पाठ
सिफारिश ११ न्यायाधीश र २१ राजदूत नियुक्ति अन्यौलमा
काठमाडौं– सर्वोच्चको न्यायाधीश सिफारिश ११ जना तथा राजदूतमा सिफारिश २१ जनाको भविष्य संसदीय सुनुवाइ नहुँदा अन्यौलमा छ। प्रधान न्यायाधीशमा सिफारिश भएकी सुशीला कार्कीले आधिकारिक प्रधान न्यायाधीश हुन पाएकी छैनन्।

कामुको हैसियतमा दैनिक क्रियाकलाप गरिरहेकी छिन्। यस अघिदेखि न्यायाधीश हैसियतमा रहेकी उनलाई कामु भएर काम गर्ने सुविधा रहे पनि न्यायपरिषदले न्यायाधीश सिफारिश गरेका ११ जना न्यायाधीशको स्थिति अन्यौलमा छ।

प्रधान न्यायाधीशमा कार्कीको आधिकारिक नियुक्ति कहिले हुन्छ? सिफारिशमा परेका ११ न्यायाधीशको भविष्य के हुन्छ? अनि राजदूतहरुको नियुक्ति प्रक्रिया कहिले पूरा हुने?

संविधानले संसदीय सुनुवाई अनिवार्य रहने व्यवस्था गरेको र अहिले सुनुवाई समिति नभएको अवस्थामा उनीहरुको नियुक्ति प्रक्रिया अवरुद्ध भएको हो।

मस्यौदा समितिका सभापति राधेश्याम अधिकारी अर्को नियमावली नबन्दासम्म अहिले कै समितिले काम गर्ने भएकाले वर्तमान सुनुवाई समितिले नै सुनुवाई गर्दा हुने बताउँछन्। 'राजनीतिक आग्रह पूर्वाग्रह नराखी काम गर्ने हो भने अहिले पनि सुनुवाई गर्न मिल्छ,' अधिकारीले नागरिकन्युजसँग भने, 'यदि त्यसो हुन सकेन भने नयाँ नियमावली बनाउन सरकार र प्रतिपक्षले छिटो पहल गर्नुपर्छ।'

व्यवस्थापिका संसद र अन्य समिति सञ्चालन भएजसरी नै पुरानै सुनुवाई समिति र नियमावली अनुसार काम गर्न मिल्ने तर्क उनको छ।

संवैधानिक निकायदेखि सर्वोच्च अदालत र राजदूत नियुक्तिका लागि संविधानले संसदीय सुनवाईलाई अनिवार्य गरेको छ। संविधान जारी भएको लामो समय भइसक्दासमेत सुनवाई समिति गठन विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा यो समस्या देखिएको हो। कानुनविद्हरु यो अवस्थालाई संविधान कार्यान्वयनमा 'बाधा' को रुपमा व्याख्या गर्छन्।

नयाँ संविधानअनुसार व्यवस्थापिक संसदको कार्यसञ्चालन नियमावली बन्नुपर्ने थियो। नयाँ नियमावलीमा अन्य विषयमा विवाद नभए पनि संसदीय सुनुवाई समिति कति सदस्य हुने भन्नेमा मतभेद छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सुनुवाई समितिको संख्या पुरानै अर्थात् ७२ सदस्यीय हुनुपर्ने अडानमा छ। अन्य दल भने नयाँ संविधानअनुसार संसदीय सुनुवाई समिति १५ सदस्यीय हुनुपर्ने बताइरहेका छन्। नयाँ संविधानको धारा २९२ मा संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने उल्लेख छ।

'अन्य समितिका विषयमा संविधानमा केही उल्लेख नभएका कारण समस्या छैन तर संसदीय सुनुवाई समिति १५ सदस्यीय हुने भनेर संविधानमा नै उल्लेख भएका कारण यसमा दलहरुबीच सहमति आवश्यक छ,' पूर्वसभामुख सुवास नेम्वाङले नागरिकन्युजसँग भने,'सुनुवाई समिति कति सदस्य हुने भनेर पहिला नै दलहरुबीच निकै लामो छलफल भएर त्यो संख्यामा सहमति भएको हो।'

त्यतिबेला नेताहरुले संसदीय समिति जम्बो बनाउँदा धेरै प्रश्न उठेको भन्दै थोरै सदस्य बनाउनुपर्ने विषय उठेको थियो। अन्त्यमा १५ सदस्यीय बनाउनेमा दलहरु सहमत भएका थिए। संविधानमा संवैधानिक अंग, न्यायालय तथा राजदूतको संसदीय सुनुवाई बिनानियुक्त नहुने व्यवस्था छ।

नियमावली मस्यौदा समितिका सभापति अधिकारी भने न्यायपरिषद वा संवैधानिक परिषदको नियुक्ति संसदमा दर्ता भएको ३५ दिनभित्र पनि टुंगो नलागे स्वत पास हुने दाबी गर्छन्। यसअघिको नियमावलीमा सुुनुवाई समितिले छलफल थालेको ३५ दिनभित्र पनि टुंगोमा नपुगे स्वत पारित भएको मानिने उल्लेख छ।

संविधानकाे व्यवस्था
sambidhan
मस्यौदा समितिका सभापति अधिकारी संसदकै एक भाग समिति भएकाले संसदमा दर्ता भएको ३५ दिनभित्र सुनुवाई अगाडि नबढे स्वत नाम अनुमोदन भएको मानिने तर्क गर्छन्।

संविधान जारी भएपछि सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा नियमावली मस्यौदा समिति गठन भएको थियो। समितिले सुरुमा कसैले नाम अस्वीकृत गर्नुप¥यो भने बहुमतका आधारमा गर्न सक्ने प्रावधान राखेको थियो। पछि परिर्वतन गरी समितिबाट कसैको नाम अस्वीकृत गर्नुपरे दुई तिहाई बहुमत हुनुपर्ने प्रावधान थपियो। अहिले यो विषयमा पनि विवाद छ। 'मुख्य रुपमा सुनुवाई समितिको संख्याको विषयमा सहमति जुट्न सकेको छैन,' समिति सदस्य गोपाल दहितले भने,'त्यसबाहेक पनि बहुमत र दुई तिहाइको विषयमा पनि सहमति जुटेको छैन।

व्यवस्थापिका संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले दलहरुबीच सो विषयमा छलफल जारी रहेकाले छिट्टै निकास निस्कने दाबी गर्छन्।

अहिलेकै विवाद कायम रहने हो भने नयाँ निर्वाचन अगाडि सुनुवाई समिति गठन हुन गाह्रो छ। 

नयाँ संविधानअनुसार सुनुवाई समिति निस्क्रिय रहेपनि समितिका सभापतिका रुपमा कुलबहादुर गुरुङले सेवा सुविधा भने लिइरहेका छन्। नयाँ संविधानअनुसार सुनुवाई समिति १५ सदस्यीय हुने र त्यसका सदस्यहरु राष्ट्रिय सभा र प्रतिनिधिसमाका सदस्य रहने व्यवस्था छ। नयाँ निर्वाचन नभएसम्म संक्रमणकालीन व्यवस्था अनुसार त्यसको काम रुपान्तरित संसदले गर्ने उल्लेख छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस