कार्यान्वयनकै चरणमा संविधान
०३ असोज २०७९
•
८ मिनेट पाठ
कार्यान्वयनकै चरणमा संविधान
फाइल तस्बिर।
नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो। वर्षौंदेखि संविधानसभामार्फत नयाँ संविधान निर्माणका लागि दबाव दिँदै आएका थुप्रै समुदायले स्वागत गरे। सात वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेहनत गरेर निर्माण गरेको संविधान कार्यान्वयनको चरणमा छ।




संविधानअनुसार निर्माण हुनुपर्ने थुप्रै ऐन, कानुन र नियम अझै बनेका छैनन्। कैयौं ऐन कानुनहरु बाझिएका छन् भने संविधानकै कतिपय दफा उपदफामा विभिन्न दल, समूह र समुदायको असहमति र असन्तुष्टि पनि छ। मुलुकको संविधान कार्यान्वयनका सिलसिलामा कतिपय राजनीतिक दलले पूर्वअभ्यासलाई स्मरण गर्दै संविधान कार्यान्वयनमा देखाएका अलमल र कमजोरीलाई संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले सच्याएर स्पष्ट पारेको छ।

नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान भएकाले यसलाई सिङ्गो विश्वसमुदायले स्वागत गरेको बताउँछन् संविधान तथा कानुनका अध्येता ऋषि आजाद। 'पहिलोपटक नेपालको इतिहासमा जनता संविधानको स्रोत भएको र जनताले जनताका लागि संविधान बनाएका कारण यो संविधान संसारकै उत्कृष्ट संविधान बनेको र सात वर्षको अवधिमा संविधान सर्वस्वीकार्य भइसकेको छ', उनी भन्छन्।

'संविधान राज्यको मूल कानुन हो, जसले राज्यका सबै संयन्त्रलाई निर्देशन गरेको हुन्छ। मूल कानुन हुने भएको हुँदा संविधानमा उल्लेख भएका विषयवस्तुले महत्वपूर्ण अर्थ राख्छन्। कानुनी राज्यको सिद्धान्तका आधारमा सञ्चालन हुने राज्यमा संविधानभन्दा माथि कोही हुँदैन। संविधान कार्यान्वयनमा देखिने अलमल र अस्पष्टताको सही ढङ्गले व्याख्या गरेर सर्वोच्च अदालतले नजिर स्थापित गर्नेछ र विस्तारै संविधान पूर्ण संविधान बन्नेछ', अध्येता आजाद भन्छन्।

नेपालको संविधानमा जेजति व्यवस्था छन्, ती सबै विगतका संविधानको तुलनामा निकै सकारात्मक र प्रगतिशील छन् भन्छन् संविधानसभा सदस्य विनोद पहाडी। 'नेपालको राजनीतिक इतिहासमा जनताले आफैँ संविधान लेखेर घोषणा गरेको ऐतिहासिक दिन संविधान दिवस हो, यस्तो अवस्था विश्वका बिरलै नागरिकले प्राप्त गरेका छन्', उनी भन्छन्।

संविधान कार्यान्वयनका लागि राजनीतिक दलको शीर्ष नेतृत्वमा इच्छाशक्ति हुनुपर्ने उनको भनाइ छ। 'एकात्मक शासन व्यस्थामा रमाएको कर्मचारीतन्त्रले विकेन्द्रित शासन व्यवस्थालाई सहजरुपमा स्वीकार्न चाहेको छैन, जसले गर्दा कार्यान्वयन पक्ष कमजोर जस्तो देखिएको छ', उनले भने, 'अन्तराष्ट्रिय अभ्यास हेर्‍याैं भने पनि प्रारम्भमा अरु देशको अवस्था पनि यस्तै देखिन्छ।'

संघीयताविरुद्ध जनमत सिर्जना गर्न खोजिए पनि दुई तिहाइ बहुमत प्राप्त गरेर संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको र कुनै दलले चाहँदैमा संविधान झट्ट बदलिन सक्ने अवस्था नरहेको संविधानसभा सदस्य पहाडी बताउँछन्। उनी भन्छन्, 'यसको व्यावहारिक कार्यान्वयन नै प्रमुख कुरा हो । यसो गर्न सकिए आम जनतामा संघीय लोकतान्त्रिक गणतन्त्रको सन्देश पुर्‍याउन सकिन्छ।'

'विश्वका सबै देशको तुलनामा हाम्रो देशको संविधान उत्कृष्ट बन्यो। मौलिक हकसम्बन्धी कानुन पनि बने तर कार्यान्वयनन पक्ष त्यति बलियो हुन सकेन। संविधानको प्रभावकारी कार्यान्वयन नभएका कारण संविधानमा व्यवस्था भएका कतिपय अधिकारबाट आमनागरिक अझै पनि वञ्चित छन् भन्छन्', वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल।

'अमेरिकाको संविधान सानो छ, वेलायतमा लिखित संविधान नै छैन। तर, त्यहाँ नीति नियमको राम्रोसँग पालना भएको छ। मानवअधिकारको पक्ष बलियो छ। हिंसाका घटना कम छन्', गौडेल भन्छन्, 'यहाँ कानुन छ तर व्यवहारमा कार्यान्वयन नहुँदा महिला र बालबालिकाका हकहित सुरक्षित छैनन्।'

संविधानमा उल्लेख गरिएको हकअधिकार कार्यान्वयन गर्न सरकारले जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ। 'संविधानमा दलितलाई आवास उपलब्ध गराउने, लामो समयसम्म गैरकानुनीरुपमा थुनामा रहेको व्यक्तिलाई त्यो अवधिको क्षतिपूर्ति दिने भनेको छ तर, अहिलेसम्म संविधानअनुसारको कानुन बनेको छैन', वरिष्ठ अधिवक्ता गौडेलको भनाइ छ।

संविधान र संविधान अनुकूलको कानुन बनाएर कार्यान्वयन गर्ने दायित्व तीनै तहका सरकारको हो। बालबालिकाको हकमा बाल इजलास गठन गर्नुपर्ने र स्थानीय पालिकामा बाल संरक्षण अधिकृतको व्यवस्था हुनुपर्ने भनिएको छ। तर, अझै नियुक्त हुन सकेको छैन। यस्ता थुप्रै कानुनहरु बन्न बाँकी छन्।

छिटोछरितो न्याय प्रदान गर्नका लागि मुलुकी देवानीसंहिता र मुलुकी अपराध संहिता जस्ता कानुन त बने तर लैङ्गिक हिंसाका घटनामा बढोत्तरी हुन थालेको छ। 'हिंसाबाट पीडितलाई सुरक्षा आवास गृह सरकारले निर्माण गर्ने भनेको छ तर निर्माण हुन सकेको छैन। हिंसामा परेको महिलाले अंश माना चामल माग्यो भने फैसला हुन तीन/चार वर्ष लाग्छ', वरिष्ठ अधिवक्ता गौडेल भन्छन्, 'यो अवस्थामा घर न माइत भएका महिला कहाँ गएर बस्ने रु महिला अधिकार भनेर मौलिक हकमै व्यवस्था गरिएको छ तर, आवास गृह बनेको छैन।'

संविधानको कार्यान्वयनका लागि तीन तहका सरकारमा इच्छाशक्ति हुनुपर्छ। मूल नीति सञ्चालन गर्ने नै पक्ष विपक्षमा लागेर सत्ता प्राप्तिमा केन्द्रित हुँदा सर्वसाधारण जनता अधिकारबाट वञ्चित हुनुपर्ने भएकाले यसप्रति दल गम्भीर हुनुपर्ने देखिन्छ। संविधानमा सामाजिकरूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत, मुस्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ भनिएको छ।

यस धाराले सबैभन्दा बढी राज्यका निकायमा सिमान्तकृत समुदायको सहभागिताका विषयमा जोड दिएको छ। मानिस कानुनका दृष्टिले समान हुन्छन्। कुनै पनि बहानामा राज्यले कसैलाई काखा र कसैलाई पाखा गरी भेदभाव गर्नु हुँदैन भनी संविधानको धारा १८ मा रहेको समानताको हक उल्लेख गरिएको छ।

सामान्यतया कानुनका दृष्टिमा सबै नागरिक समान हुन्छन् भन्नेबित्तिकै सबै नागरिक समान हुनुपर्छ भन्ने मानवअधिकारको प्राकृतिक न्यायको सिद्धान्त हो। तर हाम्रो समाजमा मानिसले मानिसलाई वर्ग, धर्म, वर्ण, उत्पन्ति, जातजाति, शारीरिक अवस्था आदिका आधारमा गर्ने सामाजिक विभेद अझै कायमै रहेको छ। यसको रोकथामका लागि कानुन कार्यान्वयन आवश्यक छ भन्छिन् दलित अधिकारकर्मी मनु खड्का।

नेपालको संविधानले राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने व्यवस्था गरेको छ। भनेको राष्ट्रपति र उपराष्ट्रपतिमा एकजना महिला हुने व्यवस्था, स्थानीय सरकारको प्रमुख र उपप्रमुखमा एकजना महिला हुनुपर्ने, समानुपातिक समावेशीको सिद्धान्त, प्रत्यक्ष निर्बाचन तर्फ ३३ प्रतिशत महिला उमेदवारको व्यवस्था हुनु हुनुपर्ने व्यवस्था हुनु संबिधानको राम्रो पक्ष हो भन्छिन् महिला अधिकारकर्मी प्रतिमा शर्मा।

केही नहुनुभन्दा यी विषय समेटिनु राम्रो पक्ष भए पनि व्यवहारमा यसको कार्यान्वयन फितलो रहेको उनको भनाइ छ। स्थानीय तहमा उपप्रमुख पदमा मात्र महिलालाई उठाइएको छ, प्रमुख पदमा एक प्रतिशत मात्रै महिला छन्। वडाध्यक्ष पदमा महिलालाई उम्मेदवार हुने व्यवस्था छैन। 'गठबन्धनका उम्मेदवार भएमा फरक लिङ्गका उम्मेदवार हुन अनिवार्य छैन भन्ने व्यवस्था  हुनु, समानुपातिक समावेशीका आधारमा ५० प्रतिशत महिला सहभागिताको सुनिश्चित नहुनु, आमाको नामबाट नागरिकता दिने स्पष्ट व्यवस्था नहुनु जस्ता कारणले यो संबिधान महिलामैत्री छैन भन्छिन्', अधिकारकर्मी शर्मा।

संविधानले पहिलोपटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हक स्थापित गरेको छ। राज्यका निकायमा उनीहरूको प्रवेश सुनिश्चित गरेको संविधानको यो व्यवस्थाले पिछडिएका वर्गको अधिकारलाई समेटेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका क्षेत्रमा कार्यरत आनिक राना बताउँछिन्। 'संविधानमा हाम्रो अधिकार सुनिश्चित छ। कुनै व्यक्तिलाई लिङ्गका आधारमा विभेद् हुँदैन भनिए पनि हामीले विभेद सहेका छौँ', राना भन्छिन्।

संविधानको धारा २४ मा छुवाछूत तथा भेद्भावविरुद्धको हकअन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ। हाम्रो समाजमा अझै पनि जात, जाति आदिका आधारमा मानिसलाई विभेद गर्ने गरिएको पाइन्छ। अपाङ्गता भएका व्यक्तिलाई पनि अपाङ्गताकै आधारमा विभेद गर्ने गरिन्छ।

यस्ता किसिमका विभेद् रोक्न यो धाराको व्यवस्था गरिएको हो। अब कसैले अपाङ्गताकै आधारमा अपाङ्गता भएका व्यक्तिलाई विभेद् गर्दछ भने यो व्यवस्थाका आधारमा संवैधानिक हक हनन भएको भनी उजुरी दिन सकिने संविधानले व्यवस्था गरेको छ। यो संविधानले अपाङ्गता भएका नागरिकको हकमा राजनीतिक अधिकारलाई पहिचान दिँदै मूल प्रवाहीकरण गरेको छ।

'यसभन्दा अगाडिका संविधानमा अपाङ्गताका सवाल उल्लेख गरिए पनि ती सबै राज्यका निर्देशक सिद्धान्तमा उल्लेख थिए। ती विषयवस्तु उपर कहीँकतै अदालतमा उजुरी गर्न पाइने छैन भन्ने थियो। नेपालको संविधान २०७२ मा अपाङ्गताको सवाललाई मौलिक हकमै उल्लेख गरिनु राम्रो पक्ष हो', अपाङ्गताका क्षेत्रमा क्रियाशील सावित्रा घिमिरे भन्छिन्। 'अपाङ्गता भएकालाई राजनीतिक अधिकार सुनिश्चित छैन। प्रतिनिधिसभाका लागि अल्पसङ्ख्यकमा समेटे पनि प्रदेश र स्थानीय तहमा भने कुनै व्यवस्था नहुँदा राजीनतिक अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था छ।'

जनताका कुनै पनि अधिकार संविधानमा लेखिएर मात्र हुँदैन, संविधानमा लेखिएका अधिकार पूणरुपमा कार्यान्वयन हुनुपर्दछ। संविधान कार्यान्वयन गर्न हकवाला, सरोकारवाला र संविधान कार्यान्वयन गर्ने पक्षलाई संविधानमा केके विषय समेटिएका छन् भन्ने कुराको जानकारी हुन आवश्यक छ। इतिहासमै प्रथम पटक संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको सम्झनामा आज देशभर संविधान दिवस मनाइएको छ। यस संविधानमा ३५ भाग ३०८ धारा र नौ अनुसूचीहरू रहेका छन्। 
अर्को समाचार
आज संविधान दिवस : कार्यान्वयनकै चरणमा घाइते
०३ असोज २०८२
•
३ मिनेट पाठ
आज संविधान दिवस : कार्यान्वयनकै चरणमा घाइते
संविधान बनेको १० वर्षमा मुलुक राजनीतिक सामाजिक र आर्थिक रुपमा प्रगतिउन्मुख भए पनि संविधानमा चोट लागेको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारीको माग राखेर जेन-जीले गरेको आन्दोलनबाट सत्ता उलटपुलट भएपछि नयाँ सरकार गठनका क्रममा संविधान मिचिएको दाबी एकथरीको छ । 




संविधान राजनीतिक र कानुनी दस्तावेज हो । १० वर्षअघि जारी संविधान पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै यसमाथि प्रहार हुन थालेको छ । संविधानअनुसार कतिपय कानुन बन्न बाँकी छन् । ती कानुन नबन्दासम्म संविधानको पूर्ण कार्यान्वयन भएको मानिँदैन । नयाँ संविधानबमोजिम निजामती सेवा, शिक्षा, प्रहरी, सशस्त्र प्रहरीसहित २२ भन्दा बढी कानुन बन्न बाँकी छन् ।

संविधानले परिकल्पना गरेका कानुन निर्माण नहुँदै संविधान संशोधनको माग उठेको छ । यसैकारण संविधान संशोधन राष्ट्रिय अजेन्डा बनिसकेको छ । जेन-जी आन्दोलनले पनि संविधान संशोधन हुनुपर्ने आवश्यकता देखाएको छ । विज्ञहरुले पनि संविधान संशोधन गरी नमिलेका विषय मिलाउनुपर्ने बताइसकेका छन् । जनताको माग, विगतको अभ्यास र भावी दिनमा आउन सक्ने समस्या पहिचान गरी संविधान संशोधन गर्नुपर्ने र अहिले त्यसका लागि उपयुक्त समय आएको विज्ञहरुको भनाइ छ ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार संविधानमा राखिएका कतिपय व्यवस्थालाई बेवास्ता गरेकै कारण अहिले समस्या आएको हो । राजनीतिक दलहरुले संविधान राम्रोसँग कार्यान्वयन नगर्दा, आफूअनुकूल संविधानको व्याख्या गर्दा र जनगुनासोलाई बेवास्ता गर्दा समस्या भएको उनको ठहर छ । संविधान जारी भएको १० वर्षसम्म पनि प्रदेशहरु अधिकारविहीन भएकाले पनि संविधान संशोधनको विषय उठेको उनको बुझाइ छ । ‘संविधान संशोधनलाई ठुला दलहरुले हात्तीको देखाउने दाँत बनाए, सत्तारोहण र भागबण्डा मिलाउनका लागि संविधान संशोधनको विषय उठाए तर भनेअनुसार काम गर्न सकेनन् । जसका कारण जनतामा असन्तुष्टि उत्पन्न भयो’, प्राध्यापक पोखरेलले भने ।

पोखरेलका अनुसार संविधानमा पुनरावलोकन स्वाभाविक छ, जेन-जी आन्दोलनले पनि यसमा पुनरावलोकनको आवश्यकता देखाएको छ । जेन-जी आन्दोलनपछि गठन भएको सरकार अन्तरिम भएकाले यसबाट धेरै अपेक्षा गर्न सकिँदैन । अन्तरिम सरकारलाई शान्ति सुरक्षा कायम गर्ने र समयमा निर्वाचन गराउने जिम्मेवारी मात्रै छ । त्यसकारण यो सरकारबाट संविधान संशोधनको विषय सम्बोधन हुन सक्दैन । विज्ञहरुका अनुसार संविधान संशोधनको अजेन्डासहित चुनावमा जान सकिन्छ । ‘अहिले संविधान डिरेल हुन नदिने हो, अब संविधान संशोधनको अजेन्डासहित दलहरु चुनावमा जानुपर्छ । केके कुरा संशोधन गर्ने हो त्यो पनि जनताका माझ राख्नुपर्छ । जेन-जीहरुकै पहलमा राजनीतिक दलहरु बन्नुपर्छ’, प्राध्यापक पोखरेलले भने ।

प्रतिनिधिसभा विघटन नहुँदा पनि संविधान संशोधनको प्रयास गर्दा राजनीतिक दलहरूबिच असहमति देखिएको थियो । मधेस आन्दोलनका क्रममा उठाइएका मुद्दाहरू सम्बोधन गर्न पनि संविधान संशोधन प्रस्ताव आएको थियो तर संशोधनका लागि संसद्मा दुई तिहाइ मत पुग्ने अवस्था देखिएन । संविधान संशोधनले कतै राष्ट्रको एकता कमजोर बनाउने त होइन भन्ने चिन्ता पनि व्यक्त भयो । विशेषगरी प्रदेश सीमांकन, नागरिकताको प्रावधानसहित केही विषय संवेदनशील भएकाले संशोधन गर्नुअघि घनीभूत छलफल आवश्यक रहेको भन्दै दलहरुले थाती राखेका थिए । संविधान संशोधन प्रक्रिया कानुनी रूपमा जटिल छ । यसमा न्यायालयको भूमिका पनि महत्वपूर्ण हुन्छ । संशोधन संविधानको प्रस्तावनासँग बाझिएमा सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गर्न सक्ने भएकाले यसमा न्यायालयको भूमिका पनि महत्वपूर्ण छ ।

वरिष्ठ अधिवक्ता विपिन अधिकारीले संविधान संशोधन अब आउने संसद्बाट मात्रै हुने बताउँछन् । उनले अहिलेको संविधानअनुसार निर्वाचन हुने र त्यही निर्वाचनपछि बन्ने संसद्को दुई तिहाइ बहुमतबाट मात्रै संविधान संशोधन हुने बताए । ‘अहिले निर्वाचन गराउनका लागि अन्तरिम सरकार बनेको छ, निर्वाचनपछि बन्ने संसद्को दुई तिहाइले संविधान संशोधन गर्न सक्छ । त्यसका लागि दलहरु अजेन्डा बनाएर जनतामाझ जानु आवश्यक छ’, अधिकारी भन्छन् । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस