काठमाडाैं-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ संविधानप्रति बिमति राख्दै गरेको आन्दोलनलाई उचाई दिन प्रयोग गरिएको नाका अवरोध काम नलागेको स्विकार गरेका छन्।सदभावना पार्टीको २६ औं बार्षिकोत्सव समारोहमा बोल्दै सरकारलाई दबाब दिन गरिएको नाका अवरोध कार्यक्रम जनताको सुझावलाई ध्यानमा राख्दै स्थगित गरिएको महतोले जनाएका छन्।
'सरकारलाई दबाब दिने उद्देश्यले अमुघ अस्त्रको रुपमा प्रयोग गरिएको नाका अवरोध कार्यक्रम सबैतिरबाट दबाब दिन नसक्दा काम लाग्न सकेन्', महत्तोले भने, 'जनताको सुझाव र कष्टलाई ध्यानमा राख्दै उक्त कार्यक्रम फिर्ता लियौं।' नाका अवरोधजस्ता कार्यक्रम फिर्ता लिए पनि सदभावनासहितको मधेसी मोर्चा आन्दोलनमा नै रहेको महतोकाे भनाई छ।
उनकाअनुसार विभेद बिरुद्धको उक्त आन्दोलन काठमाडौं केन्द्रित हुनेछ। 'मधेसमा महिनौंसम्म आन्दोलन गर्दापनि यो सरकारले सुनेन, अब सिंहदरबार केन्द्रित आन्दोलन गरेर उसको टाउकोमा नै प्रहार गर्दर्छौै,' महताेले भने 'त्यसका लागि मधेसी मोर्चासहित संघीय गठबन्धनमा आवद्ध दलहरु पनि समावेश हुनेछन।'