कँहा अड्कियो सरकार- मोर्चा वार्ता ?
२८ चैत्र २०७२
•
५ मिनेट पाठ
कँहा अड्कियो  सरकार- मोर्चा वार्ता ?
काठमाडौं–३६ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्।तर निरन्तर वार्तामा बसेपनि परिणाम भने निस्केको छैन्। वार्ता परिणाममुखी नहुनुमा दुवै पक्षले एक अर्कालाई दोष दिने गरेका छन्।  मोर्चाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्ने पक्षमा नरहेको जनाएको छ। मोर्चाले खोक्रो राष्ट्रवादलाई अगाडि सारेर आफ्नो आयु बढाउने पक्षमा सरकार रहेको आरोप लगाउँदै आएको छ।




सरकारले आफ्नो माग पूरा गर्ने विश्वासमा आन्दोदनका कार्यक्रम फिर्ता लिएको भन्दै मोर्चाले सरकारले मोर्चाको माग पूरा गर्ने अवस्था नदेखिएकाले पुन आन्दोलनको तयारी गर्न थालेको छ।

मोर्चाका नेता यतिबेला संगठन सुदृढदेखि कार्यकर्ता प्रतिक्षणमा व्यस्त छन्। 'वैशाख ६ गते राष्ट्रिय सभागृहमा हुने छलफलले आन्दोलनको स्वरुप तय गर्छ,' संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मोर्चा नेता उपेन्द्र यादवले नागरिकन्युजसँग भने,'वर्तमान सरकार मधेस समस्या समाधान गर्ने पक्षमा छैन। त्यसैले हामी आन्दोलनको तयारीमा लागेका छौं।'

विगतको आन्दोलनमा भएको कमिकमजोरीको समीक्षा गर्दै नयाँ ढंगले आन्दोलन गर्नुपर्ने मोर्चाका नेताहरुले बताउने गरेका छन्। मधेसमा मात्र केन्द्रित विगतको आन्दोलनले मधेसकै जनताले बढी दुख पाएको भन्दै अबको आन्दोलनलाई देशव्यापी बनाउनुपर्ने मोर्चाका नेताहरुको भनाइ छ। ' विगतको आन्दोलन मधेस केन्द्रित थियो,' यादवले भने,' अब हुने आन्दोलन 'जनआन्दोलन' को रुपमा देशभर हुन्छ।'

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै सरकारले गठन गरेको राजनीतिक संयन्त्रमा मोर्चाले प्रतिनिधि नपठाएका कारण वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

उनले मोर्चाको माग सम्बोधन गर्न सरकारले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको भन्दै उनले संयन्त्रमा मोर्चाले प्रतिनिधि नपठाएसम्म मुख्य विषयमा छलफल हुन नसक्ने बताए। 'सरकारले मोर्चाका अधिकांश माग पूरा गरिसकेको छ,' रिमालले नागरिकन्युजसँग भने,' उहाँहरुको (मोर्चा) मुख्य माग सीमाकंन हो, सीमाकंनका विषयमा सहमति जुटाउन सरकारले संयन्त्र गठन गरेको छ। त्यसमा प्रतिनिधि नपठाउने अनि सरकारले वार्ता गर्न खोजेन भन्ने ?' वार्ताका लागि पनि मोर्चाले राजनीतिक संयन्त्रमा प्रतिनिधि पठाउनुपर्ने उनको भनाइ छ ।

संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसीम मोर्चाले तराइमा ६ महिना लामो आन्दोलन गरेको थियो। नाकाबन्दीसहित गरिएको आन्दोलनको चौतर्फी विरोध र अवज्ञा भएपछि मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता दिइ वार्ता र संवामार्फत निकास निकाल्ने जनाएको थियो।

सरकारले भने मोर्चाको माग सम्बोधन गर्ने भन्दै संविधान संशोधन गरिसकेको छ भने मोर्चामो मागका विषयमा छलफल गर्न उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिसकेको छ। तर मोर्चाले आफ्ना प्रतिनिधि नपाएका कारण संयन्त्रले पूर्णता पाउन भने सकेको छैन।
अर्को समाचार
कहाँ अड्कियो सरकार- मोर्चा वार्ता ?
१८ पौष २०७२
•
४ मिनेट पाठ
कहाँ अड्कियो सरकार- मोर्चा वार्ता ?
काठमाडौं–१५ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र आन्दोलरत मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्। तर निरन्तर वार्तामा बसेपनि परिणाम भने निस्केको छैन्।वार्ता परिणाममुखी नहुनुमा दुवै पक्षले एक अर्कालाई दोष दिने गरेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबार विहान विराटनगर पुगेर केही दिन मै मोर्चासँग निर्णायक वार्ता हुने बताए। उनले संविधान संशोधन विधेयकको भाषा परिमार्जन गर्ने हो भने तीन महिनाभित्र राजनीतिक समितिमार्फत सीमाकंनका विषयमा सहमति गर्न मोर्चा सहमत हुने दाबी गर्दै आएका छन्।




प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको बताए। उनले सकेसम्म सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई मोर्चाले स्विकार गरेर अघि बढ्न पर्ने भन्दै त्यसमा मोर्चा सहमत नभए सबै दललाई सहमतिमा ल्याएर आफैंले संविधान संशोधन प्रस्ताव ल्याउनुपर्ने बताए।

'यो प्रस्तावलाई अरुले नै ल्याएको भन्ने मोर्चाका नेतालाई लागेको भए अन्य दललाई सहमतिमा ल्याएर आफैंले संशोधन प्रस्ताव ल्याउन मोर्चाले पहल गर्नुपर्छ,' उनले भने। सरकारले मोर्चाको माग सम्बोधन गर्न भन्दै मन्त्रिपरिषदमार्फत प्रमुख प्रतिपक्ष दलको सहमतिमा तीन बुँदे विशेष प्रस्ताव नै पारित गरेको थियो । जसलाई संविधान निर्माणप्रति असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेको भारतलेसमेत स्वागत गरेको छ। तर मधेसी मोर्चाले भने मुख्य माग सीमाकंन भएकाले सीमाकंनको विषमया ठोस प्रस्ताव नल्याएसम्म सहमति नहुने बताएको छ।

मोर्चाका नेता एवं तराइ मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारसँग पछिल्लो समय औपचारिक र अनौपचारिक कुनै पनि चरणमा वार्ता नभएको बताए। मोर्चाकतर्फबाट वार्ता टोलीसदस्यसमेत रहेका त्रिपाठीले अन्तरिम संविधानभन्दा पनि पछाडि फर्केर नयाँ संविधान आएका कारण समस्या भएको भन्दै त्यो नसच्याएसम्म आन्दोलन जारी रहने बताए। 'समानुपाति समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रमा अन्तरिम संविधान अनुसार नै हुनुपर्छ भन्ने मोर्चाको माग हो,' त्रिपाठीले नागरिकन्युजसँग भने,' हाम्रो मुख्य माग भनेको सीमाकंन हो ।

त्यसका विषयमा सरकारले कुनै ठोस प्रस्ताव ल्याउन सकेको छैन।' सरकारले ल्याएको तीन बुँदे प्रस्तावलाई उनले निबन्धनको संज्ञा दिए। सरकारले केही दिनभित्र निर्णायक वार्ता हुने बताइरहँदा मोर्चाले भने सरकारीपक्षबाट आफूलाई वार्ताको कुनै जानकारी नआएको बताएको छ। 'कांग्रेस महाधिवेशमा व्यस्त हुन थाल्यो,' उनले भने,'एमाले र एमाओवादी मन्त्रिमण्डल विस्तार गर्न र कालोबजारीमा व्यस्त छन्। जनताको समस्या सुन्ने फुर्सद उहाँहरुलाई छैन।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस