काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन माथि छलफल सुरु भएको छ। अध्यक्ष ओलीको प्रतिवेदन माथि १० समूह बनाएर छलफल सुरु भएको छ।प्रतिवेदनको छलफलमा ९ समूह पार्टी कार्यालय धुम्वाराहीमा छन् भने अध्यक्ष ओली सहितको समूह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै छ।
नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीको आकार बढाएको नेकपा एमालेलाई राजनीतिक प्रतिवेदनमाथि छलफल अघि बढाउनै सकस परेको थियो। केन्द्रीय कमिटी बैठकमा सबैलाई बोल्ने पालो दिन सम्भव नभएपछि पहिलोपटक समूह छुट्ट्याएर प्रतिवेदनमाथि छलफल भएको हो।
पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा स्थान अभाव भएपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अपराह्न सुरु बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन गरेको हो।
'धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा स्थानका अभाव भएकाले प्रधानमन्त्री निवासमा बैठक गरिएको हो,' उपमहासचिव घनश्याम भुसालले नागरिकसँग भने, 'राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि पहिलोपटक केन्द्रीय कमिटी बैठकमै समूह निर्माण गर्नुपरेको छ।'
बैठकमा अध्यक्ष ओलीले पोलिटब्युरोबाट आएको सुझावका आधारमा परिमार्जनसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।