काठमाडौं–प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बैशाख १ गते अवकाश पाउने भएपछि भावी प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको बैठकमा सभामुख ओनसरी घर्ती उपस्थित नभएपछि बैठकले ठोस निर्णय गर्न नसकेको हो। कानुन मन्त्री अग्नि खरेलका अनुसार सभामुख घर्ती विरामी भएपछि अस्पताल भर्ना भएकी छिन्।
संवैधानिक परिषदमा सभामुख सदस्य रहने व्यवस्था छ। यसअघि शुक्रबार बसेको परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा उपस्थित नभएपछि विना निष्कर्ष टुंगिएको थियो। प्रधानन्यायाधीश श्रेष्ठले १ गते अवकाश पाउने भएपछि परिषदले भावी प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्नेछ। परिषदको बैठक आजै साँझ पुन बस्ने बताइएको छ ।
नेपालको संविधानानुसार परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा, प्रधानन्यायाधीश, संसदमा प्रमुख प्रतिपक्ष दलको नेता, सभामुख र प्रधानमन्त्रीले तोकेका मन्त्री सदस्य रहने व्यवस्था छ।