काठमाडौं- नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीको आकार बढाएको नेकपा एमालेलाई राजनीतिक प्रतिवेदनमाथि छलफल अघि बढाउनै सकस परेको छ। केन्द्रीय कमिटी बैठकमा सबैलाई बोल्ने पालो दिन सम्भव नभएपछि पहिलोपटक समूह छुट्ट्याएर प्रतिवेदनमाथि छलफल हुँदै छ।
पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा स्थान अभाव भएपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अपराह्न सुरु बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन गरेको हो।
'धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा स्थानका अभाव भएकाले प्रधानमन्त्री निवासमा बैठक गरिएको हो,' उपमहासचिव घनश्याम भुसालले नागरिकसँग भने, 'राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि पहिलोपटक केन्द्रीय कमिटी बैठकमै समूह निर्माण गर्नुपरेको छ।'
बैठकमा अध्यक्ष ओलीले पोलिटब्युरोबाट आएको सुझावका आधारमा परिमार्जनसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न दसवटा समूह निर्माण गरिएको छ।
समूह तय गर्न बैठकमा सदस्यको उपस्थितिक्रमलाई आधार मानिएको छ। उपस्थिति–पुुस्तिकामा उल्लिखित रोलक्रमअनुसार १ (१, ११, २१...) अंक आउनेजतिलाई समूह एकमा राखिएको छ भने २ अंकमा पर्नेलाई (२, २२ ३२...) समूह २ मा राखिएको छ। बाँकी समूह पनि यही क्रमले विभाजन गरिएको छ।
प्रत्येक समूहबाट टोलीनेताले राजनीतिक प्रतिवेदनमाथिको सामूहिक छलफल निष्कर्ष बैठकमा प्रस्तुत गर्नेछन्। बैठकका लागि तीन दिनको समय तोकिएको छ। तर, दुई दिन तय गरिएको पोलिटब्युरो बैठक तीन दिन चल्दा पनि सम्पन्न हुन सकेको छैन।
एमाले नेताहरू केन्द्रीय कमिटी आकार ठूलो भएकाले नीतिगत विषयमा छलफल गर्न अप्ठ्यारो परेको बताउँछन्। केन्द्रीय कमिटी ठूलो हुँदा पार्टीभित्रको वैचारिक पक्ष कमजोर बन्दै जाने उपमहासचिव भुसालको भनाइ छ।
'वैचारिक नभएर व्यवस्थापनका दृष्टिले कमिटी गठन भएको छ, आकार ठूलो हँुदा पर्याप्त छलफल हुन सक्दैन,' उनले भने, 'वैचारिक छलफल टुंगोमा नपुगे पार्टीका सैद्धान्तिक पक्ष कमजोर हुन्छ। त्यसपछि व्यवस्थापनका दृष्टिले अझ ठूलो कमिटी बन्ने सम्भावना बढ्छ। अहिले त्यसैको गोलचक्करमा पार्टी परेको छ।'
आठौं महाधिवेशनमा १ सय १६ सदस्यीय रहेको एमाले केन्द्रीय कमिटी नवौं महाधिवेशनमा आइपुग्दा १ सय ८५ सदस्यीय पुगेको थियो। केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी रहने व्यवस्था छ।
संगठनमा समावेशीकरण, एकीकृत नेकपा माओवादीको प्रभाव, संगठनात्मक संरचना, चर्को गुटबन्दी, पार्टी नेतृत्व वैचारिकभन्दा व्यवस्थापनतिर अल्भि्कँदा कमिटी ठूलो बनेको नेताहरूको धारणा छ।
स्थायी कमिटी सदस्य शंकर पोखरेल नेकपा माओवादी खुला राजनीतिमा प्रवेशसँगै ठूलो कमिटी बनाइदिँदा एमालेमा पनि त्यसको प्रभाव परेको बताउँछन्। 'वामपन्थी पार्टी भएकाले त्यसको प्रभाव एमालेमा सिधै पर्यो ,' उनले नागरिकसँग भने, 'यति ठूलो कमिटी भएपछि कुनै पनि विषयमा कसरी गहिरो छलफल गर्न सकिएला?'
यसअघि एनेकपा माओवादीले सांगठनिक संरचना ठूलो भएको भन्दै हेटौंडा महाधिवेशनबाट केन्द्रीय कमिटी १ सय ५१ सदस्यमा झार्ने निर्णय गरेको थियो। तर, त्यो म्यान्डेट एक महिना पनि टिक्न नसकेपछि ३ सय ९९ सदस्यीय बनायो। त्यसको पनि व्यापक आलोचना भएपछि अहिले २ सय ९९ मा झारेको छ।
पोखरेलले आकार ठूलो हुँदा पार्टीभित्र अराजकतासमेत बढेको बताए। 'ठूलो आकारको संरचनाका कारण अराजकता पनि देखिएको छ,' उनले भने।
पार्टीभित्रको चर्को गुटबन्दी मिलाउने क्रममा कमिटीहरूको आकार ठूलो हुन पुगेको उपमहासचिव भुसाल बताउँछन्। 'चर्को गुटबन्दीको कारण पनि आकार ठूलो भएको हो। ठूलो कमिटी बनाएपछि सबैलाई राख्न सकिने भएकाले नेताहरूलाई हाइसन्चो भइहाल्यो,' उनले भने, 'माथिल्लो कमिटीमा रहँदा पाइने मर्यादा र शक्तिले गर्दा सबै जना आफूलाई त्यसमा अटाउन जोड गर्छन्।'
अहिले केन्द्रीय कमिटी कति सदस्यीय छ भन्नेबारे भने यी दुई नेताले फरकफरक संख्या देखाए। भुसालले विद्या भण्डारी राष्ट्रपति बनेपछि केन्द्रीय कमिटी १ सय ८४ सदस्यीय रहेको बताए। पोखरेलले भने १ सय ८३ सदस्यीय उल्लेख गरे।
सचिवालयले पर्याप्त तयारी र स्थायी कमिटीमा पर्याप्त छलफल नहुँदा अहिले केन्द्रीय कमिटी बैठकमा समस्या निम्तिएको उपमहासचिव भुसालको भनाइ छ। 'एकैपटक पोलिटब्युरोमा आयो, सचिवालयले एजेन्डा तय गरी स्थायी कमिटीमा छलफल हुँदै आएको भए अहिले यति धेरै समस्या हुँदैनथ्यो,' उनले भने।
यसअघि नवौं महाधिवेशनलगत्तैको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सबैलाई बोल्न पालो दिन नसकिने भन्दै तल्ला कमिटीमै छलफल गर्न प्रस्ताव गरेका थिए। उनको यो प्रस्तावको केन्द्रीय सदस्यले विरोध जनाएका थिए। त्यसपछिका बैठकमा उपत्यकाबाहिरबाट सहभागिता जनाउने केन्द्रीय सदस्यले छलफल लम्बिएसँगै काठमाडौं बसाइ लम्बिँदा आफूहरूलाई आर्थिक भार परेको गुनासो गरेका थिए।