काठमाडौं- एकीकृत नेकपा माओवादीसँगको एकता प्रक्रियामा उदासीन भएको भन्दै नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यविरुद्ध रामबहादुर थापाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको छ। अध्यक्ष वैद्यको प्रतिवेदनमाथि 'पूरक प्रस्ताव' (फरक मत) राखेका थापाले कुलप्रसाद केसी र लेखनाथ न्यौपानेको साथ लिएर हस्ताक्षर अभियान चलाएका हुन्। केसी र न्यौपानेले पनि फरक मत दर्ज गराएका थिए।थापासहित तीन नेताले अघि सारेको १४ बुँदे एकताको आधारमा समर्थन जुटाउन हस्ताक्षर अभियान गरिएको केन्द्रीय सदस्य युवराज भट्टराईले जनाए। 'एकताको आधार भन्दै १४ बँुदे प्रस्ताव गरिएको छ, जसको समर्थनका लागि हस्ताक्षर गरिएको हो,' भट्टराईले नागरिकसँग भने, 'यो कसैप्रति लक्षित होइन, तीन नेताको प्रस्तावको समर्थनमा संकलन गरिएको हो।' उनका अनुसार अध्यक्ष वैद्यको प्रस्तावमा फरक मत राख्ने नेतात्रयले एकमुष्ट धारणा बनाएर हस्ताक्षर संकलन गरेका हुन्।
स्रोतका अनुसार १ सय ६७ केन्द्रीय सदस्यमध्ये १ सय २५ भन्दा बढी केन्द्रीय नेताले थापा समूहको पक्षमा हस्ताक्षर गरिसकेका छन्। एमाओवादीसँग एकता गर्ने कि नगर्ने भन्ने विवादमा फसेको पार्टीका अध्यक्ष वैद्य, नेताहरू सिपी गजुरेल र परी थापा एकताको विपक्षमा उभिएपछि थापा नेतृत्वमा हस्ताक्षर संकलन सुरु गरी दबाब दिन खोजिएको हो। हस्ताक्षर संकलन जारी रहेको नेताहरूले जनाएका छन्।
एमाओवादीसँग एकता गरेर जाने कि नजाने भन्ने विवाद बढेपछि १० दिनसम्म बैठक लम्बिएको थियो। १ सय ६६ केन्द्रीय सदस्यले धारणा राखेको बैठक गत बुधबार बस्ने भनिए पनि दुवै पक्षबीच सहमति हुन नसक्दा बस्न सकेको छैन।
'चैत २८ गते बस्ने भनिएको छ, अहिले शीर्ष नेता आन्तरिक गृहकार्यमा हुनुहुन्छ,' अर्का केन्द्रीय नेता बद्री बजगाईंले नागरिकसँग भने, 'त्यो बेलासम्म पार्टी एकताबारे ठोस निर्णय आउनेमा आशावादी छौं।' चैत १२ गते सुरु भएको केन्द्रीय समिति कुन एजेन्डामा गएर समाप्त हुने भन्नेमा प्रतीक्षारत रहेको बजगाईंले जनाएका छन्।