काठमाडाैं-पूर्व निर्धारित कार्यक्रम बमोजिम निर्णयार्थ पेश हुने भनिएको ब्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली अन्ततः नेपाली कांग्रेस संसदीय दलको पत्रले रोकिने पुगेको छ।कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन भएकाले ब्यस्त हुनु परेको ब्योहोरासहितको पत्र आएपछि नियमावली अन्तिम समयमा आएर रोकिन पुगेको छ। दुई महिनाभन्दा लामो समयसम्म बिबादको घेरामा परेको नियमावलीलाई मतदान प्रक्रियाबाट बिहीबार पारित गराउने कार्यक्रम तय भए अनुसार सिंहदरबार आएका थिए।
कांग्रेसका सांसदहरु आफनो आन्तरिक निर्वाचनमा ब्यस्त हुनुपरेको भन्दै जानकारी आएको जनाउँदै सभापति राधेश्याम अधिकारीले बैठक स्थगित गरिएको जनाए। 'अर्को सुचना नआएसम्मकालागि बैठक स्थगित गरिएको घोषणा गर्दछु' अधिकारीले समितिको बैठकमा भने।
सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलबीच सहमति नभएपछि उक्त नियमावली पारित गराउनकालागि बिहीबार प्रक्रिया (मतदान) गराउने कार्यक्रम थियो। जसकालागि सचिवालयले मतदानकालागि पनि प्रश्नावली पनि तयार पारिसकेको थियो। तर, मतदानमा जानु अघि बसेको बैठकमा सत्तारुढ एमाले र एमाओवादीका सांसद लगायतको असहमतिका बाबजुद सभापति अधिकारीले नियमावली पारित गराउन निर्णायार्थ पेश गरेननन्।