काठमाडौं— पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीसँग एकीकरण गर्ने कि नगर्ने भन्ने बिषयले मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा बिभाजनको खतरा देखा परेको छ। एमाओवादीसँग एकता गर्ने सबालमा अधिकांस सदस्यले राय प्रकट गरे पनि नेतृत्व तहमा रहेका अध्यक्ष बैद्य, सिपी गजुरेल र परी थापालगायतका केही नेता एकताको पक्षमा खुलस्त नदेखिए पछि सो पार्टीमा बिभाजनको खतरा बढेको हो ।सोही बिषयलाई लिएर पार्टीलाई बिभाजन हुन नदिनका लागि मुलतः बैद्य र थापा बिचमा तिव्रताका साथ गृहकार्य जारी राखिएको छ । 'अलग अलग भएर पार्टी एकीकरण गर्ने होइन, टिम नै मिलेर एकीकरण गर्नुपर्छ भन्ने अधिकांस केन्द्रीय सदस्यहरुले राय प्रकट गरेका छन्,' केन्द्रीय सदस्य हरिभक्त कडेँलले नागरिकसँग भने, 'कसरी र कुन आधारमा पुरै टिम एकीकरण प्रक्रियामा सामेल हुने भन्ने बारेमा नेतृत्व तहमा छलफल जारी नै छ ।'
माओवादी स्रोतका अनुसार बैद्य, गजुरेल र थापाले दाहाल नेतृत्वको एमाओवादीसँग एकता गर्न इन्कार गरेमा आफनो समुह लिएर पार्टी एकीकरणको तयारीमा रामबहादुर थापा लागि परेका छन् । त्यसका लागि थापाले बिभिन्न पार्टीका भातृ संस्थाको प्रमुखसहित आफु निकट नेताहरुसँगको छलफललाई तिव्रता दिइरहेका छन् ।
'कम्तिमा न्युनत्तम आधारहरु बनाएर माओवादी शक्तिबीचमा, त्यसमा पनि एमाओवादीसँग पार्टी एकीकरण गर्नुपर्छ भन्ने बिचार र मत संख्या दुवै हिसावले बढी नै केन्द्रीय समितिमा आएका हुन्' अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानले नागरिकन्युजसँग भने, 'तर, त्यसलाई कसरी सश्लेषण गरी पार्टी एकीकरणको प्रक्रियामा जाने भन्नेमा नेतृत्व तहमा छलफल जारी नै छ, निष्कर्ष निस्कि सकेको छैन् ।' सो बिषय जटिल बन्दै गए पछि मंगलवार पनि बैद्य, गजुरेल, थापा र अर्का नेता देव गुरुङ बिच गम्भिर रुपमा छलफल भएको छ।
एमाओवादीसँग एकता गर्ने कि नगर्ने ? भन्ने प्रमुख अजेन्डामा बैद्य माओवादीको जारी केन्द्रीय समिति बैठकमा १०–१० दिनसम्म घनिभुत छलफल भएको थियो। १ सय ६६ जना केन्द्रीय नेता मध्ये अधिकांसले एमाओवादीसँग एकता गरेर जानु पर्ने भन्दै धारणा राखेको उपस्थीत नेताहरुले जनाएका छन् । उक्त बैठकमा अध्यक्ष बैद्यको राजनीतिक प्रतिवेदन प्रति असहमति जनाउँदै निवर्तमान महासचिव थापाले 'पुरक दस्तावेज' नाऊँमा फरक मत प्रकट गरेका थिए, जसमा केन्द्रीय नेताहरुले आ आफनो धारणा राखेका हुन्।
दाहाल नेतृत्वको एमाओवादीले भने जस्तो समाजवादी क्रान्तिको तयारी नगरी जनवादी क्रान्ति अझै पुरा नभएको भन्दै एकीकरण अघि सिद्धान्त र बिचार मिल्नु पर्नेमा बैद्यले जोड गरेका छन् भने पार्टी एकीकरण पछि मात्रै बिचारको संश्लेषण गर्नु पर्नेमा जोड थापाको रहदै आएको छ । नयाँ संविधानलाई हेर्ने दृष्टीकोण, दाहालको 'सुध्रिएको÷नसुध्रिएको' बिषयले पनि पार्टी एकीकरण प्रक्रियामा जटिलता थपेको नेताहरुले बताएका छन्।
एकीकरणका सबालमा अध्यक्ष बैद्य र थापाले राखेका लिखित प्रस्ताव माथी केन्द्रीय सदस्यहरुले उठाएका जवाफ बुधवारको बैठकमा दिइनेछ। 'एकीकरण गर्नेमा दुई मत छैन् तर कसरी गर्ने भन्नेमा अध्यक्ष बैद्य र बादल (थापा)जीको फरक फरक बुझाई छ,' प्रवक्ता पम्फा भुषालले भनिन, 'केन्द्रीय सदस्यहरुले उहाँहरु दुवैका तरिकामा प्रश्न उठाउनु भएको छ, जसको जवाफ भोली (बुधवार) दिने कार्यक्रम छ ।' उनका अनुसार पार्टी एकता हुने÷नहुने अथवा कसरी गर्ने भन्नेमा बुधवार पछि मात्रै प्रस्ट रुपमा आउने छ ।
थापा पक्षमा भुषाल, हितमान शाक्य, सुर्य सुबेदी, अमृता थापा, लेखनाथ न्यौपाने, रामदिप आचार्य प्रस्ट रुपमा उभिदै आएका छन्। एकीकरणमा सहमत भए पनि अध्यक्ष बैद्य बिना एकीकरणमा जान नहुनेमा देव गुरुङ, कडेँललगायतका नेताहरु उभिएका छन, स्रोतले भन्यो । एमाओवादीवाट बाबुराम भट्टराईको बहिर्गमनलाई अवसरको रुपमा लिनु पर्ने भन्दै गुरुङले बैद्यलाई एकताको पक्षमा उभिनका लागि चर्कैै रुपमा दबाब दिइरहेको बुझिएको छ।