काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ संविधानको व्यवस्थाअनुसार अघि बढ्न अस्वीकार गर्दा नियमावली समितिमा निर्वाचन हुने निश्चित भएको छ। संसदीय सुनवाइ समितिको संख्या नयाँ संविधानको व्यवस्थाअनुसार १५ सदस्यीय बनाउन नमान्दा व्यवस्थापिका संसद कार्य सञ्चालन नियमावली– २०७२ पारित गराउन निर्वाचन हुने भएको हो।
नियमावली पारित गराउन चैत २५ गते ३ बजेको समयसीमा तोकेर प्रश्नावली बनाउने जिम्मेवारी संसद सचिवालयलाई दिइएको सांसद कृष्णभक्त पोखरेलले बताए। 'नयाँ संविधानअनुसार १५ सदस्यीय संसदीय सुनवाइ समिति बनाउने कि पुरानै व्यवस्थाअनुसार गर्ने भन्नेमा सत्तारुढ दल र प्रतिपक्षी दलबीच लामो समयसम्म छलफल गर्दा पनि सहमति हुन सकेन,' पोखरेलले नागरिकसँग भने, 'त्यसलाई टुंग्याउनका लागि अन्ततः मतदान प्रक्रियामा जाने भइएको छ।' उनका अनुसार मंगलबार अपराह्नसम्म समितिका विवादित विषयमा आ–आफ्ना अडान लिखित रूपमा पेस गर्न सोमबारको बैठकले समयसीमा तोकेको छ।
सोही आधारमा समिति सचिवालयले मतदान प्रक्रियामा जानका लागि प्रश्नावली बनाउनेछ। २५ गतेको मतदानमा अनिवार्य रुपमा उपस्थित हुनका लागि समितिले मातहत सदस्यलाई निर्देशन पनि दिइसकेको पोखरेलले बताए।
सत्तारुढ एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायतले नयाँ संविधानमा भएको व्यवस्थाअनुसार नै १५ सदस्यीय बनाउनुपर्ने अडान राखेको सांसद रेवतीरमण भण्डारीले बताए। 'नयाँ नियमावली संविधानसँग बाझिनु हुँदैन, त्यसैले १५ सदस्यीय हुनुपर्ने अडान सत्तारुढ दलको हो,' भण्डारीले नागरिकसँग भने, 'तर कांग्रेस र साना केही दलले त्यसलाई अस्वीकार गर्दै संविधान कार्यान्वयनमै समस्या ल्याउन खोजेका छन्।' संविधान कार्यान्वयनका लागि अहिलेदेखि नै कांग्रेस समस्याको रूपमा देखिएकाले चिन्ताको विषय हुन पुगेको उनको भनाइ छ।
कांग्रेसलगायत साना दलले भने संक्रमणकाल भएकाले नयाँ संविधानमा नगई पुरानै व्यवस्थाअनुसार ७५ सदस्यीय समिति बनाउनुपर्ने अडान छाडेका छैनन्। 'नयाँ संविधानले २५ जनाभन्दा बढीको मन्त्रिपरिषद नबनाउनु भनेको छ तर ओली सरकार ४० सदस्यीय छ,' सांसद गोपाल दहितले भने, 'यसो हो भने नयाँ संविधानअनुसार १५ सदस्य नै हुनुपर्ने अडान किन राख्ने? संक्रमणकाल भएकाले नयाँ संविधानअनुसार जान अनिवार्य हुँदैन।'
सुनवाइ समितिको सदस्य संख्याबारे समितिमा सहमति हुन नसक्दा दुई महिनादेखि नियमावली पारित हुन सकेको छैन। जसका कारण प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्ति प्रभावित बन्न पुगेको छ। उक्त पदको नियुक्तिअघि सुनवाइ अनिवार्य छ तर संसदले नियमावली नै बनाउन सकेको छैन।
नियमावली मस्यौदा उपसमितिले १५ सदस्यीय समिति बनाउने भन्दै सहमति जुटाएर प्रतिवेदन बुझाएको थियो। जसमा कांग्रेसका नवीन्द्रराज जोशी र मिन विश्वकर्मा सदस्य छन्। मस्यौदा पुनः मूलसमितिमा पठाउँदा दुवै सदस्यले 'नोट अफ डिसेन्ट' लेखेका छैनन्। स्रोतका अनुसार कांग्रेस सांसद रमेश लेखक भने नयाँ संविधानअनुसार नै १५ सदस्यीय बनाउनुपर्ने पक्षमा छन्।
उक्त नियमावलीअनुसार आह्वान गरेको एक घन्टाभित्रै संसद बैठक बस्नुपर्ने, नियुक्तिको सुनवाइ समयसीमा ६० दिनबाट घटाएर ४५ दिनभित्रै टुंग्याउनुपर्ने, दुईतिहाईबाट अनुमोदन हुनुपर्ने जस्ता नयाँ प्रावधान राखिएको छ। सभामुख ओनसरी घर्तीमगर नियमावली पारित भएपछि व्यवस्थापिका संसदको बैठक आह्वान गर्ने पक्षमा छिन्।