चितवन- नेपालको संविधानले सरकारी, निजी र सहरकारी क्षेत्रको तीन खम्बे अर्थ नीति तय गरेका कारण निजी क्षेत्र अन्तर्गत हुने कम्पनी व्यवसाय र सहकारी क्षेत्रबाट सञ्चालन हुने सहकारी व्यवसाय स्पष्ट रुपमा फरक हुने गरी सञ्चालन हुनु पर्ने उपप्रधान तथा सहकारी मन्त्री चित्रबहादुर केसीले बताएका छन्।५९ औं सहकारी दिवसको सन्दर्भमा शनिबार चितवनमा आयोजित कार्यक्रममा मन्त्री केसीले सो कुरा बताएका हुन् ।
यसै सिद्धान्तलाई ख्यालमा राखेर नै सहकारी तथा गरिबि निवारण मन्त्रालयले नयाँ सहकारी ऐनको विधेयकको मस्यौदा तयार गरेको मन्त्री केसीले जानकारी दिए । विधयक मन्त्री परीषदको विधेयक समितिमा पुगेको पनि उनले बताए । तर सहकारी अभियानमा लागेकाहरुबाट विधेयकको विरोध पनि भएको छ । सहकारीका नाममा केहीले विकृति भित्राएका कारण नयाँ ऐन आवश्यक भएको उनले बताए ।
'केही सहरकारीले विकृति सिर्जना गरेर हज्जारौं सदस्यको अरबौं रकम हिना मिना गरी घरवास बिहिन बनाएका कारण सहकारीका मुल्य मान्यता अनुरुप चलेका राम्रा सहकारीको समेत साख गिरेको अवस्था छ । त्यसैले विकृति नियन्त्रणमा लिनै पर्ने भएको हो' मन्त्री केसीले भने । सहकारी शिक्षालाई बढवा दिएर सदस्यहरुको क्षमता बढाए धेरै विकृतिहरु मौलाउन नपाउने उनले बताए ।
समस्याग्रस्त सहकारी संस्थाहरुको जाँचबुझ गरी सुझाव दिन गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदनलाई आधार बनाएर नयाँ ऐनको विधेयक मस्यौदा गरेको मन्त्री केसीले बताए। सहकारीको बचतलाई सुरक्षित भएमा मात्रै सहकारी र सदस्यको भविश्य सुरक्षित हुने उनले बताए । बद्मासी गर्नेहरुलाई निरुत्साहित गर्न सवैले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।
'विश्व ऋण परीषदले अवलम्बन गरेका सुरक्षा उपाएहरुलाई आधार बनाउने छौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई व्यवसायिक दक्षता भएको निकाय राष्ट्र बैंकबाट अनुगमन गर्ने प्रवधानहरु राखेका छौं' विधेयकको विशेषताका बारेमा केसीले भने । यो प्रवधानले सहकारीलाई बलियो बनाउने उनको तर्क छ । सदस्य र समुदाय केन्द्रित काम गरेका सहकारी यसबाट प्रोत्साहित हुने उनले बताए ।
'आफ्नो गास काटेर भविश्यका लागि राखेको बचत फिर्ता दिलाउने व्यवस्था गर्न सकिएन भने सहकारीको संख्या बढ्नुको मात्रै कुनै अर्थ हुँदैन । यस्तो अवस्था आउन नदिनु राज्यको दायित्व हो । त्यसैले विधेयक मस्यौदा गरेका छौं' मन्त्री केसीले भने । नेपालमा विस २०१३ साल चैत्र २० मा चितवनमा पहिलो पटक बखान सहकारी दर्ता भएको थियो ।
सोही बखान सहकारीले आयोजना गरेको कार्यक्रमा मन्त्री केसीले सो धारणा राखेका हुन् । नेपालमा हाल ३३ हजार सहकारी संस्थाहरु रहेका छन् । संस्थामा ५१ लाख शेयर सदस्यहरु रहेका छन्। सवैमा गरेर ६३ अरब रुपैयाँ शेयर पुँजी रहेको छ । त्यस्तै २०२ अरब रुपैयाँ निक्षेप परिचालन र १८८ अरब रुपैयाँ लगानी रहेको छ ।
सहकारी मार्फत ४५३ अरब रुपैयाँको कारोबार हुने गरेको अधिकारीहरुले बताएका छन् । सहकारीले ५८ हजारजनालाई प्रत्यक्ष र १० लाखजनालाई अप्रत्यक्ष रोजगार दिएको सहकारी मन्त्रलायले जानकारी दिएको छ । देशको कुल वित्तीय कारोबारमा सहकारीको २० प्रतिशत हिस्सा रहने गरेको मन्त्रालयको भनाइ छ।