काठमाडाैं-भावी रणनीति तय गर्न भन्दै बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नेताहरूले व्यक्त गरेको फरक-फरक धारणाले विवाद निम्त्याएको छ।
अान्दोलनका कार्यक्रम घोषणा गर्नेबारे मत विभाजित भएपछि तत्कालकालागि यसबारे कुनै निर्णय नलिएको एक मोर्चा नेताले बताए।
तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवास लोकन्थलीमा बिहीबार दिउसो १ बजेदेखि सुरु बैठक ६ घण्टासम्म चलेको थियो।
बैठकमा अान्दोलनका कार्यक्रम घोषणा गर्ने र प्रधानमन्त्रीको चीन भ्रमणबारे धारणा सार्बजनिक गर्ने अजेण्डामा नेताहरूबीच मतान्तर देखिएपछि कुनै ठोस निर्णय हुन सकेन। ‘चीन भ्रमण उपलब्धिहीन रहेको र भ्रमण सफल भन्दै सरकारबाट अनर्गल प्रचार गरेर भ्रम छर्न खोजिएको’ भन्ने अाशयको मोर्चाको धारणा सार्वजनिक गर्न एक पक्षले बैठकमा दबाद दिएको थियो। तर अर्को पक्षले त्यसबारे माैन रहनु उचित हुने भन्दै रोकेको बैठकमा सहभागी ती नेताले नागरिकन्युजसँग खुलाए।
सरकार समक्ष मोर्चाका माग सम्बोधन गर्न चैत्र महिनाभरको अल्टिमेटम दिएको भन्दै अहिले नै अान्दोलनका थप कार्यक्रम घोषणा गर्न उचित नहुने मत बलियो भएपछि अान्दोलनका कार्यक्रम तत्कालकालागि अनिर्णित छाडिएको हो।
मोर्चा सचिवालयले बैठकमा छलफलकालागि पेस गरेको अान्दोलनको स्वरूपबारे छलफल भएको तर कुनै निर्णय नलिएको तराइ मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले बताए।
आफ्ना माग पूरा गर्न चैत्र मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चाले माग पूरा नभए वैशाखदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिँदै आएको छ। संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा पाँच महिना लामो आन्दोलन गरेको मोर्चाले आन्दोलनको सर्वत्र विरोध र अवज्ञा भएपछि माघदेखि आन्दोलन फिर्ता लिएको थियो।