चितवन–प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र देशमा विजुली छ्यालब्याल हुने बताएका छन्। 'दुई वर्षपछि चाहिए जति विजुली आउँछ त्यसपछि हिटर बाल्नु होस, फ्रिज चलाउनुहोस जे गर्ने हो गर्नुहोस', एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार मध्यान्ह चितवन रत्ननरगमा आयोजित पार्टी कार्यकर्ता भेलामा भने।ओलीले दुई वर्षभित्र देश खाद्यन्न र कपडामा पनि आत्मनिर्भर हुने बताए। 'फाँटमा धान रोप्नुहोस डाँडामा कपास रोप्नुहोस, कृषि वनलाई प्रोत्साहन गरौं। वातावरण राम्रो हुन्छ खाद्यन्न कपडा सबैमा देश आत्मनिर्भर हुन्छ । वातावरणका ट्यार ट्यार कुरा गर्नेहरुलाई पनि ल्याएर देखाउँदा हुन्छ', ओलीले भने। आधुनिक कृषिभन्दैमा भान्सामा भैसी बाँधेर हुँदैन भन्दै ओलीले व्यस्थित कृषिमा जोड दिन अपिल गरे।
प्रधानमन्त्री ओलीले १५ वर्षभित्र देशका सवै ठाउँमा सिंचाइ पुर्याउने बताए । उनले पूर्व पश्चिम राजमार्ग छ लेनको बनाउने बताए । 'राजमार्गलाई लोकमार्ग भन्ने तर काम केही नगर्ने परिपाटी छ । तर म पूर्व पश्चिम राजमार्ग छ लेनको बनाउछु । यो काम थाल्दै छु', ओलीले भने।
उनले मधेस समस्या साम्य भएको भारतसँगको सम्बन्ध सामान्य भएको र चीनसँग एतिहासिक सम्झौता भएको बताए। 'अब त विरोध गर्नेहरुसँग पनि केही बहना छैन। तेल खै भनेर चिच्याउँथे । तेल कति चाहियो ? तरकारीमा हाल्नुस वा गाडीमा हाल्नुस अहिले जति पनि तेल छ', प्रधानमन्त्री ओलीले भने ।
'दुइ वटै मृगौला फेल भएपनि म्यानेन्जाइटिस र निमोनियाले पटक पटक आक्रमण गरे पनि म देश बनाउँछु भनेर टिकेर बसेको व्यक्ति हो । म देश बनाएरै छाड्छु । मलाई अरु केही सरोकार छैन',ओलीले भने ।