काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सद्भाव, सहयोग र सहकार्य सुनिश्चित गर्न चीन र भारतको भ्रमण गरेको स्पष्ट पारेका छन् । छिमेकीसँगको सम्बन्ध सुदृढ गर्दै पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोग अगाडि बढाउने सरकारको घोषित नीतिअनुसार आफूले चीन र भारत भ्रमण गरेको उनले दाबी गरे ।'छिमेकी मुलुकको सद्भाव, सहयोग र सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा मैले छिमेकी मित्रराष्ट्रको भ्रमण गरेको छु,' साता लामो चीन भ्रमण सकेर स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा लिखित विज्ञप्ति पढ्दै उनले भने, 'सबै मित्रराष्ट्रसँग समानता र पारस्परिक हितका आधारमा विद्यमान सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने एवं छिमेकीसँगको सम्बन्धलाई एक–अर्कासँग तुलना नगर्ने हाम्रो नीति स्पष्ट छ ।'
संविधान निर्माणपछि प्राप्त राजनीतिक स्थिरताको जगमा मुलुकको आर्थिक–सामाजिक विकास गरी समुन्नत नेपाल निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । यसैअनुरुप मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय हित र स्वाभिमान अभिवृद्धि गर्दै तीव्रतर आर्थिक समुन्नतिका लागि आन्तरिक तथा बाह्य स्रोत र साधनको अधिकतम परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अघि बढिरहेको दाबी उनले गरे । 'नेपालको विकास हामी आफैँले गर्ने हो । अबको प्रमुख काम पुनर्निर्माण र समग्र विकासका लागि हाम्रा मित्रराष्ट्रसँग सहमतिमा पुगेका विषयको प्रभावकारी कार्यान्वयन नै हो, यसतर्फ हामीले चाल्ने कदमबाट नै मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको सर्वतोमुखी प्रगति सुनिश्चित हुन्छ भन्ने मेरो विश्वास छ,' प्रधानमन्त्री ओलीले भने ।
परापूर्व कालदेखि नै चीन र नेपालको सम्बन्ध हार्दिकता, सद्भाव र मित्रतामा आधारित रहेको उनले बताए । उनले भने, 'नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ गर्दै नयाँ गति र उचाइ प्रदान गर्नु एवं मुलुकको आर्थिक विकास र समुन्नतिका लागि नेपाल–चीन आर्थिक सहयोगको दीर्घकालीन खाका तयार गर्नु मेरो चीन भ्रमणको प्रमुख उद्देश्य थियो ।'
चीन भ्रमणका बेला उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी लीसँग भेटवार्ता गरेका थिए । उनले चिनियाँ संसदको माथिल्लो सदनका अध्यक्ष यु झेनसेङसँग समेत भेटघाट गरेका थिए । यसैगरी सियान र छेन्दुमा रहँदा त्यहाँका प्रान्तीय तथा नगरका नेतासँग पनि उनको भेटघाट भएको थियो । 'चीनले नेपालको संविधानलाई राजनीतिक विकासक्रमको ऐतिहासिक उपलब्धिका रुपमा स्वागत गरेको छ,' भेटवार्ताक्रममा चिनियाँ पक्षले व्यक्त गरेको धारणा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीमाझ राखे, 'यसको जगमा नेपालले राजनीतिक स्थायित्व र आर्थिक विकास हासिल गर्ने आशा व्यक्त गरेको छ ।'
भ्रमण बेला चीनियाँ उच्च नेतृत्वसँग भएको सारभूत र व्यापक छलफलपछि विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको उनले जनाए । दुवै पक्षबीच हस्ताक्षर भई आदान–प्रदान भएका सम्झौता तथा समझदारीपत्रले नेपाल–चीनबीच रहेको विद्यमान आर्थिक सहयोगको दायरालाई फराकिलो बनाउन मद्दत पुग्ने आशा उनले व्यक्त गरे । 'भ्रमण अवसरमा सम्पन्न पारवहन यातायात सम्झौताले भूपरिवेष्ठित मुलुकका रूपमा नेपालको समुद्रसम्म पुग्ने अधिकार र चीनियाँ भूभागबाट निर्वाधरुपमा पारवहन स्वतन्त्रता पाउने कुरालाई प्रत्याभूत गरेको छ । यो सम्झौता यस भ्रमणको महत्वपूर्ण उपलब्धि हो,' उनले भने ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी ऋण तथा सहुलियतपूर्ण ऋण लिनेसम्बन्धी विभिन्न तीन सम्झौता, चिनियाँ सहयोगमा नेपालमा तेल र ग्यास अन्वेषणको सम्भाव्यता अध्ययनसम्बन्धी सहमति, स्वतन्त्र व्यापार सम्झौताको वार्ता आरम्भ गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यस्तै, चिनियाँ सहयोगमा ३२ हजार थान सोलार उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र, ट्रेडमार्क दर्ता संरक्षण गर्ने विषयक समझदारीपत्र, वित्तीय तथा बैंकिङ क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने समझदारीपत्र, नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग जुटाउने विषयमा महत्वपूर्ण सहमति भएको उनले जनाए । 'दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न सहमत भएका छन्,' प्रधानमन्त्री ओलीले भने ।
अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, अरनिको राजमार्ग र स्याफ्रुवेसी–रसुवागढी राजमार्ग सञ्चालन र मर्मत सम्भार, काठमाडौं चक्रपथ विस्तार कार्य अघि बढाउन दुवै पक्ष सहमत भएको उनले जनाए । किमाथान्का–खाँदवारी–धनकुटा सडक, ४ सय ३४ मेगावाट अरुण–किमाथान्का जलविद्युत परियोजना विकास, सीमा वारपार ४ सय केभी ट्रान्समिसन लाइन निर्माण, काठमाडौं चक्रपथमा १ सय ३२ केभी मोनोपोल ट्रन्समिसन लाइन निर्माण गर्न सहुलियतपूर्ण आर्थिक सहयोग प्रदान गर्न चिनियाँ पक्ष सहमत भएको उनले जानकारी गराए ।
'चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्बन्धमा व्यापारिक सम्झौता सम्पन्न गर्न दुवै सरकार सहमत भएका छन्,' प्रधानमन्त्री ओलीले थप स्पष्ट पारे, 'यसका लागि दुवै देशका व्यावसायिक संस्थाले वार्ताद्वारा मूल्य, ढुवानी, सुरक्षा, कर, भन्सार तथा सीमामा रहेका नीतिगत तथा व्यावहारिक अड्चन फुकाउन छलफल गर्ने र सम्बन्धित निकायले त्यसका लागि सहयोग पुग्ने खालका नीतिगत सहायता दिने विषयमा सहमति भएको छ ।'
चीनले नेपालमा पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिने उनले बताए । तेल तथा ग्यास अन्वेषणको सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आउने सहमति भएको उनले जनाए । नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात सम्भाव्यता भएका ५ सयभन्दा बढी नेपाली वस्तुलाई सहज बजार प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई गम्भीरतासाथ विचार गर्न चीन सहमत भएको उनले बताए ।
भ्रमण बेला नेपाल र चीनबीच व्यापार तथा लगानी विस्तारका लागि नेपालमा चिनियाँ बैंकका शाखा खोल्ने तथा ग्वाङ्जाउमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने सहमति भएको उनले उल्लेख गरे । नेपालको पर्यटन व्यवसायलाई थप ऊर्जा प्रदान गर्न तथा चिनियाँ पर्यटकबाट नेपालले फाइदा लिनसक्ने वातावरण निर्माण गर्न आगामी ५ वर्षभित्रमा २ सय पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिमलगायत पर्यटन क्षेत्रमा सहयोग गर्ने सहमति भएको उनले बताए । 'मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट चीनियाँ राष्ट्रपति र मेरातर्फबाट चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु, चीनको उच्च राजनीतिक नेतृत्वबाट सन् २०१६ मा नेपाल भ्रमण हुने अपेक्षा राखेको छु,' प्रधानमन्त्री ओलीले भने ।

हिल्सास्थित सीमा (कर्णाली नदी) मा चिनियाँ सहयोगमा पुल निर्माण सम्झौता