गोर्खा भर्तीको वैधता पुष्टि
१२ चैत्र २०७२
•
१४ मिनेट पाठ
गोर्खा भर्तीको वैधता पुष्टि
काठमाडौं-'मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,' बेलायतका लागि पूर्व नेपाली राजदूत सुरेन्द्रचन्द्र चालिसेले महारानी एलिजाबेथ द्वितीयालाई उद्धृत गर्दै भने, 'राजकुमार ह्यारी पनि गोर्खालीहरुसँग काम गर्ने निकै रुचाउँछ ।'
आफ्नो ओहोदाका प्रमाणपत्र बुझाउने क्रममा राजदूत चालिसे गोर्खालीले नेपाल र बेलायतबीच सम्बन्ध जोडेको बताएपछि महारानी एलिजाबेथले सो कुरा बताएकी थिइन् । त्यसो त राजकुमार ह्यारीले पनि युद्धमैदानमा गोर्खाली साथ हुँदा आफू निकै सुरक्षित ठान्न गरेको यसअघि नै अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताइसकेका थिए ।

यी दुवै धारणाले नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको बेलायतसँग सम्बन्ध सेतुका रुपमा गोर्खाली रहेको दर्शाउँछ । 'नेपाल–बेलायत सम्बन्ध विशेष प्रकारको सम्बन्ध हो । यो नेपाल सरकार र बेलातयी सरकारको भन्दा बढी गोर्खाली र बेलायती राजदरबारबीचको सम्बन्ध हो,' लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीले नागरिकसँग भने, 'गोर्खा भर्तीको वैधानिकता पुष्टिका लागि भ्रमण गरिएको हो । उनको भ्रमणका कार्यक्रम पनि गोर्खा भर्तीमा बढी जाने गरेको जिल्लाहरुमा केन्द्रित छ ।'

पाँचदिने औपचारिक राजकुमार ह्यारी काठमाडौं उपत्यका, बर्दियाका अतिरिक्त लमजुङ र कास्की भ्रमणमा गए । दुवै जिल्लामा गोर्खा भर्तीमा जानेको संख्या निकै छ । गोर्खा भर्तीका बारे 'बेलायती साम्राज्यको नेपाली मोहरा'का लेखक सुवेदीले बेलायती राजसंस्थाभित्र पनि राजकुमार ह्यारी नै उपयुक्त पात्र भएको ठान्दछन् । बुधबार औपचारिक भ्रमण सकेका बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल बसाइ ६ दिन थपे ।

यो बसाइका क्रममा उनी भूकम्पले भत्काएको एक विद्यालय पुनर्निर्माणमा बेलायती परोपकारी संस्थासँग काम गर्नेछन् । यो उनको औपचारिक÷व्यक्तिगत भ्रमण हुनेछ । भ्रमणका क्रममा नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएका राजकुमार ह्यारीको पूरै कार्यक्रम स्थानीयसँग बढी संवाद हुने गरी मिलाइएको थियो । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्षको अवसर पारेर बेलायती महारानी एलिजाबेथको प्रतिनिधित्व गर्दै उनी नेपाल आएका हुन् ।

बेलायती सेनामा कार्यरत राजकुमार ह्यारी अफगानिस्तानमा तैनाथ रहँदा गोर्खाली सैनिकको साथमा रहेको कुरा यसअघि नै समाचारहरुमा आएको थियो । उनले त्यसमा गोर्खाली सैनिकसँग बस्दा बढी सुरक्षित ठान्ने गरेको अभिव्यक्ति पहिलेदेखि नै दिने गरेको बताए । यसअघिका बेलायती राजपरिवारका सदस्य आउँदा नेपाली दरबारको अतिथिका रुपमा रहने गरेका थिए ।

'पहिलो दुवै देशको दरबारबीच रहेको सम्बन्ध थियो । यो अब जनतामा विस्तार गरेका छन्,' नेपाल अध्ययन केन्द्र युकेका सिनियर रिसर्चर चन्द्र लक्सम्बाले नागरिकसँग भने । भूकम्पबाट विस्थापितहरुको छाप्रोमा पुगेर विस्थापित गर्नेदेखि 'होम स्टे'सम्ममा उनको कार्यक्रम थियो । भूकम्प प्रभावितको अवस्थाप्रति उनले चासो देखाए । नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुँदा उनले बेलायतमा गोर्खालीको भूमिका खुलेर प्रशंसा गरे ।

उनले पाटन दरबार क्षेत्र र हिरण्यवर्ण महाविहारको भ्रमण गरे । नेपालको शाक्य समुदायमा गौतमबुद्धको समयदेखि चल्दै आएको सामाजिक संगठनको भूमिकाबारे जानकारी लिए । २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापित भएपछि पनि नेपाली राजदरबार पनि बेलायतको सम्बन्धमा विषय आउँदा आफ्नो हकदाबी गर्दथ्यो ।

२०६२–०६३ को दोस्रो लोकतान्त्रिक आन्दोलन अघिसम्म पनि बेलायतमा राजदूत नियुक्तिमा नारायणहिटीको प्रतिनिधि वा चाहेको व्यक्ति हुन्थ्यो । 'प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेलायतसँगको राजदूतको कुरा आउँदा दरबारले दाबी गर्ने गरेको बताउनुभएको थियो,' पूर्व राजदूत चालिसेले नागरिकसँग भने । दोस्रो जनआन्दोलनपछि चालिसे तत्कालीन प्रधानमन्त्री कोइरालाको परराष्ट्र मामिला सल्लाहकार थिए । एक कार्यकाल बेलायतमा बिताएका चालिसे पछि लन्डनस्थित दूतावास खाली रहँदै आएको छ ।

चालिसेले बेलायतीहरुले नेपालीको राम्रोसँग लिने गरेको बताउँछन् । बेलायतको पुरानो सम्बन्ध भएका देशमध्ये एक नेपालको सम्बन्ध दुई सय वर्षमा राजपरिवारका अनेकन सदस्य आए पनि अहिलेसम्म एक जना पनि बेलायती प्रधानमन्त्री भ्रमणमा आएका छैनन् ।

'नेपालका प्रधानमन्त्रीहरुले बेलायत भ्रमण गर्ने गरेको भए पनि दुवै देशको सम्बन्धमा खासै ठूलो उपलब्धि हासिल गर्न सकेको छैन,' विश्लेषक सुवेदीले भने, 'दुई सय वर्षमा बेलायतबाट एक जना प्रधानन्त्री नेपालको भ्रमणमा आएका छैनन् ।' नेपाल बेलायतको सम्बन्ध विशेष प्रकृतिको छ । औपनिवेश सम्बन्ध भएका देशहरुको कमनबेल्थ (राष्ट्र मण्डल)को माध्यमबाट जोड्ने गरेको भए पनि नेपालसँगको सम्बन्ध भने फरक प्रकृतिको थियो । सुगौली सन्धियता नेपालमा एक प्रकारको प्रभुत्वशाली शक्तिका रुपमा रह्यो ।

नेपाल–बेलायतबीचको शासनको प्रमुख कडीका रुपमा गोर्खाली रहँदै आएका छन् । 'नेपालीलाई अनुशासित र मिहिनेती रुपमा बेलायतीले लिने गरेका छन्,' चालिसेले भने, 'सन् २०११ मा बेलायतमा दंगा र लुटपाट हुँदा विभिन्न देशका आप्रवासी मात्रै नभएर बेलायती नागरिकसँग समेत संलग्न रहे तर एक जना पनि नेपाली संलग्न भएनन् ।'

बेलायतमा सुरक्षाका विषयमा अरुले गर्न नसक्ने अवस्था सिर्जना भएपछि गोर्खालीलाई जिम्मेवारी दिइन्छ । 'रेलको तार चोरेर हैरान भएपछि गोर्खालीलाई त्यसको नियन्त्रणको जिम्मेवारी दिइएको थियोे,' चालिसेले बेलायत बसाइ क्रममा पूर्व गोर्खा सैनिकको खटाइएको घटना सम्झँदै भने ।

त्यस्ता नेपाली बेलायतका विभिन्न क्षेत्रमा जम्दै आएका छन् । रेस्टुरेन्ट, स्वास्थ्य सेवा मात्रै नभएर पछिल्लो समय नेपालीहरु राजनीतिमा पनि सक्रिय हुन थालेका छन् । पछिल्लो समयमा केही घटनाले लामो सम्बन्ध भएको दुवै देशबीच केही समस्या देखिएको छ । नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ परेपछि सुरु भएको यो घटनामा पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणसम्मको शृंखला जोडिएको छ ।

मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई बढी समावेशी बनाउने आग्रह थियो । लामो कूटनीतिक सम्बन्ध भए पनि नेपाललाई दिल्लीको चस्माले लन्डनले हेर्न थालेको विश्लेषण गरिएको थियो । नेपाल सरकारले पनि त्यसको विरोधमा कडा विज्ञप्ति जारी गरेको थियो ।

सन् २००४ मा गोर्खाली पक्षको कार्यक्रममा चारैतिरका बेलायती जम्मा हुँदा लिभरपुल सहर पूरै ठप्प भएको लक्सम्बा स्मरण गर्छन् । 'बेलायती राजनीतिमा आप्रवासीको विषय ठूलो मुद्दा हो । अन्य देशको नागरिकलाई आप्रवासी बनाएर भिœयाउने कुरा आउँदा ठूलो विरोध हुन्छ,' लक्सम्बाले भने, 'गोर्खालीलाई ल्याउनुप¥यो भन्दा विरोध होइन, समर्थन हुन्छ ।'

नेपालीलाई बेलायतीले अनुशासित र मेहनती रुपमा लिने गरेको चालिसेको बुझाइ छ । 'बेलायतमा सन् २०११ मा दंगा हुँदा विभिन्न देशका आप्रवासी र बेलायती संलग्न रहे,' चालिसेले नागरिकसँग भने, 'तर त्यसमा नेपाली एक जना पनि थिएनन् । यो कुरा बेलायत बसुन्जेल उनीहरुलाई सुनाउने गरेको थिएँ ।'

अहिले ३ हजार ५ सय गोर्खा सैनिक बेलायती सेनामा छन् । बेलायतमा अहिले पनि जिम्मेवारीपूर्ण रुपमा सुरक्षाको भूमिका निर्वाह गर्नेमा गोर्खालीको नाममा आउँछ । लन्डनमा रेलको लिक चोरीलाई अरुले नियन्त्रण गर्न नसकेपछि पूर्व गोर्खा सैनिकको परिचालन भएको थियो । सुरक्षामा मात्र नभएर पछिल्लो समय अन्य क्षेत्रमा समेत नेपालीले राम्रो प्रगति गरेका छन् ।

'नेपालीले सञ्चालन गरेका रेस्टुरेन्टको उद्घाटन गर्न प्रधानमन्त्री गोर्डन ब्राउन स्कटल्यान्डसमेत पुगेका थिए,' चालिसेले भने, 'सुरक्षा मात्र नभएर नेपालीले अन्य क्षेत्रमा समेत आफ्नो प्रभाव जमाउन थालेका छन् ।'

त्यसो त नेपालको कुनै सरोकार नभएको युद्धमा समेत बेलायतका तर्फबाट नेपालीले तेस्रो देशसँग युद्धमा लडेका छन् । पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजार नेपालीको मृत्यु भएको अनुमान गरिन्छ । युद्धमा एक सैनिकको मृत्यु हुँदो तीनदेखि चार सैनिक गम्भीर रुपमा घाइते हुने गरेका छन् । पहिलो विश्वयुद्धको समयमा २ लाख गोर्खाली बेलायतको सहयोगका लागि खटिएका थिए ।

पूर्व गार्खा सैनिकहरुले बेलायती सैनिक सरहको सुविधा पाउनुपर्ने माग गर्दै पूर्व गोर्खा सैनिकले लामो समयदेखि आन्दोलन गर्दै आए पनि अहिलेसम्म सो माग पूरा हुन सकेको छैन । 'बेलायतमा एउटा सांसदले राजपरिवारको सदस्यलाई थर्काउन सक्छ । तर जनतामा भने उनीहरुप्रति राम्रो सम्मान छ,' लक्सम्बाले भने, 'दानापानीको व्यवस्था गर्ने सरकारले हो । दरवारसँगका सम्बन्धले नैतिक दबाब पर्ला तर यस विषयमा सरकरसँगै कुरा राख्नुपर्छ ।'
अर्को समाचार
गोर्खा भर्तीको वैधता पुष्टि
११ चैत्र २०७२
•
१३ मिनेट पाठ
गोर्खा भर्तीको वैधता पुष्टि
काठमाडौं- 'मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,' बेलायतका लागि पूर्व नेपाली राजदूत सुरेन्द्रचन्द्र चालिसेले महारानी एलिजाबेथ द्वितीयालाई उद्धृत गर्दै भने, 'राजकुमार ह्यारी पनि गोर्खालीहरुसँग काम गर्ने निकै रुचाउँछ।'आफ्नो ओहोदाका प्रमाणपत्र बुझाउने क्रममा राजदूत चालिसे गोर्खालीले नेपाल र बेलायतबीच सम्बन्ध जोडेको बताएपछि महारानी एलिजाबेथले सो कुरा बताएकी थिइन्। त्यसो त राजकुमार ह्यारीले पनि युद्धमैदानमा गोर्खाली साथ हुँदा आफू निकै सुरक्षित ठान्न गरेको यसअघि नै अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताइसकेका थिए।

यी दुवै धारणाले नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको बेलायतसँग सम्बन्ध सेतुका रुपमा गोर्खाली रहेको दर्शाउँछ।

'नेपाल–बेलायत सम्बन्ध विशेष प्रकारको सम्बन्ध हो। यो नेपाल सरकार र बेलातयी सरकारको भन्दा बढी गोर्खाली र बेलायती राजदरबारबीचको सम्बन्ध हो,' लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीले नागरिकसँग भने, 'गोर्खा भर्तीको वैधानिकता पुष्टिका लागि भ्रमण गरिएको हो। उनको भ्रमणका कार्यक्रम पनि गोर्खा भर्तीमा बढी जाने गरेको जिल्लाहरुमा केन्द्रित छ।'

पाँचदिने औपचारिक राजकुमार ह्यारी काठमाडौं उपत्यका, बर्दियाका अतिरिक्त लमजुङ र कास्की भ्रमणमा गए। दुवै जिल्लामा गोर्खा भर्तीमा जानेको संख्या निकै छ।

गोर्खा भर्तीका बारे 'बेलायती साम्राज्यको नेपाली मोहरा'का लेखक सुवेदीले बेलायती राजसंस्थाभित्र पनि राजकुमार ह्यारी नै उपयुक्त पात्र भएको ठान्दछन्।

बुधबार औपचारिक भ्रमण सकेका बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल बसाइ ६ दिन थपे।

यो बसाइका क्रममा उनी भूकम्पले भत्काएको एक विद्यालय पुनर्निर्माणमा बेलायती परोपकारी संस्थासँग काम गर्नेछन्। यो उनको औपचारिक/व्यक्तिगत भ्रमण हुनेछ।

भ्रमणका क्रममा नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएका राजकुमार ह्यारीको पूरै कार्यक्रम स्थानीयसँग बढी संवाद हुने गरी मिलाइएको थियो।

नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्षको अवसर पारेर बेलायती महारानी एलिजाबेथको प्रतिनिधित्व गर्दै उनी नेपाल आएका हुन्।

बेलायती सेनामा कार्यरत राजकुमार ह्यारी अफगानिस्तानमा तैनाथ रहँदा गोर्खाली सैनिकको साथमा रहेको कुरा यसअघि नै समाचारहरुमा आएको थियो। उनले त्यसमा गोर्खाली सैनिकसँग बस्दा बढी सुरक्षित ठान्ने गरेको अभिव्यक्ति पहिलेदेखि नै दिने गरेको बताए। यसअघिका बेलायती राजपरिवारका सदस्य आउँदा नेपाली दरबारको अतिथिका रुपमा रहने गरेका थिए।

'पहिलो दुवै देशको दरबारबीच रहेको सम्बन्ध थियो। यो अब जनतामा विस्तार गरेका छन्,' नेपाल अध्ययन केन्द्र युकेका सिनियर रिसर्चर चन्द्र लक्सम्बाले नागरिकसँग भने।

भूकम्पबाट विस्थापितहरुको छाप्रोमा पुगेर विस्थापित गर्नेदेखि 'होम स्टे'सम्ममा उनको कार्यक्रम थियो। भूकम्प प्रभावितको अवस्थाप्रति उनले चासो देखाए। नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुँदा उनले बेलायतमा गोर्खालीको भूमिका खुलेर प्रशंसा गरे।

उनले पाटन दरबार क्षेत्र र हिरण्यवर्ण महाविहारको भ्रमण गरे। नेपालको शाक्य समुदायमा गौतमबुद्धको समयदेखि चल्दै आएको सामाजिक संगठनको भूमिकाबारे जानकारी लिए।

२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापित भएपछि पनि नेपाली राजदरबार पनि बेलायतको सम्बन्धमा विषय आउँदा आफ्नो हकदाबी गर्दथ्यो।

२०६२–०६३ को दोस्रो लोकतान्त्रिक आन्दोलन अघिसम्म पनि बेलायतमा राजदूत नियुक्तिमा नारायणहिटीको प्रतिनिधि वा चाहेको व्यक्ति हुन्थ्यो।

'प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बेलायतसँगको राजदूतको कुरा आउँदा दरबारले दाबी गर्ने गरेको बताउनुभएको थियो,' पूर्व राजदूत चालिसेले नागरिकसँग भने। दोस्रो जनआन्दोलनपछि चालिसे तत्कालीन प्रधानमन्त्री कोइरालाको परराष्ट्र मामिला सल्लाहकार थिए। एक कार्यकाल बेलायतमा बिताएका चालिसे पछि लन्डनस्थित दूतावास खाली रहँदै आएको छ।

चालिसेले बेलायतीहरुले नेपालीको राम्रोसँग लिने गरेको बताउँछन्। बेलायतको पुरानो सम्बन्ध भएका देशमध्ये एक नेपालको सम्बन्ध दुई सय वर्षमा राजपरिवारका अनेकन सदस्य आए पनि अहिलेसम्म एक जना पनि बेलायती प्रधानमन्त्री भ्रमणमा आएका छैनन्।

'नेपालका प्रधानमन्त्रीहरुले बेलायत भ्रमण गर्ने गरेको भए पनि दुवै देशको सम्बन्धमा खासै ठूलो उपलब्धि हासिल गर्न सकेको छैन,' विश्लेषक सुवेदीले भने, 'दुई सय वर्षमा बेलायतबाट एक जना प्रधानन्त्री नेपालको भ्रमणमा आएका छैनन्।'

नेपाल बेलायतको सम्बन्ध विशेष प्रकृतिको छ। औपनिवेश सम्बन्ध भएका देशहरुको कमनबेल्थ (राष्ट्र मण्डल)को माध्यमबाट जोड्ने गरेको भए पनि नेपालसँगको सम्बन्ध भने फरक प्रकृतिको थियो। सुगौली सन्धियता नेपालमा एक प्रकारको प्रभुत्वशाली शक्तिका रुपमा रह्यो।

नेपाल–बेलायतबीचको शासनको प्रमुख कडीका रुपमा गोर्खाली रहँदै आएका छन्। 'नेपालीलाई अनुशासित र मिहिनेती रुपमा बेलायतीले लिने गरेका छन्,' चालिसेले भने, 'सन् २०११ मा बेलायतमा दंगा र लुटपाट हुँदा विभिन्न देशका आप्रवासी मात्रै नभएर बेलायती नागरिकसँग समेत संलग्न रहे तर एक जना पनि नेपाली संलग्न भएनन्।'

बेलायतमा सुरक्षाका विषयमा अरुले गर्न नसक्ने अवस्था सिर्जना भएपछि गोर्खालीलाई जिम्मेवारी दिइन्छ। 'रेलको तार चोरेर हैरान भएपछि गोर्खालीलाई त्यसको नियन्त्रणको जिम्मेवारी दिइएको थियोे,' चालिसेले बेलायत बसाइ क्रममा पूर्व गोर्खा सैनिकको खटाइएको घटना सम्झँदै भने।

त्यस्ता नेपाली बेलायतका विभिन्न क्षेत्रमा जम्दै आएका छन्। रेस्टुरेन्ट, स्वास्थ्य सेवा मात्रै नभएर पछिल्लो समय नेपालीहरु राजनीतिमा पनि सक्रिय हुन थालेका छन्।

पछिल्लो समयमा केही घटनाले लामो सम्बन्ध भएको दुवै देशबीच केही समस्या देखिएको छ।

नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ परेपछि सुरु भएको यो घटनामा पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणसम्मको शृंखला जोडिएको छ।

मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई बढी समावेशी बनाउने आग्रह थियो। लामो कूटनीतिक सम्बन्ध भए पनि नेपाललाई दिल्लीको चस्माले लन्डनले हेर्न थालेको विश्लेषण गरिएको थियो। नेपाल सरकारले पनि त्यसको विरोधमा कडा विज्ञप्ति जारी गरेको थियो।

सन् २००४ मा गोर्खाली पक्षको कार्यक्रममा चारैतिरका बेलायती जम्मा हुँदा लिभरपुल सहर पूरै ठप्प भएको लक्सम्बा स्मरण गर्छन्। 'बेलायती राजनीतिमा आप्रवासीको विषय ठूलो मुद्दा हो। अन्य देशको नागरिकलाई आप्रवासी बनाएर भिœयाउने कुरा आउँदा ठूलो विरोध हुन्छ,' लक्सम्बाले भने, 'गोर्खालीलाई ल्याउनुपर्योœ भन्दा विरोध होइन, समर्थन हुन्छ।'

नेपालीलाई बेलायतीले अनुशासित र मेहनती रुपमा लिने गरेको चालिसेको बुझाइ छ। 'बेलायतमा सन् २०११ मा दंगा हुँदा विभिन्न देशका आप्रवासी र बेलायती संलग्न रहे,' चालिसेले नागरिकसँग भने, 'तर त्यसमा नेपाली एक जना पनि थिएनन्। यो कुरा बेलायत बसुन्जेल उनीहरुलाई सुनाउने गरेको थिएँ।'

अहिले ३ हजार ५ सय गोर्खा सैनिक बेलायती सेनामा छन्। बेलायतमा अहिले पनि जिम्मेवारीपूर्ण रुपमा सुरक्षाको भूमिका निर्वाह गर्नेमा गोर्खालीको नाममा आउँछ। लन्डनमा रेलको लिक चोरीलाई अरुले नियन्त्रण गर्न नसकेपछि पूर्व गोर्खा सैनिकको परिचालन भएको थियो।

सुरक्षामा मात्र नभएर पछिल्लो समय अन्य क्षेत्रमा समेत नेपालीले राम्रो प्रगति गरेका छन्।

'नेपालीले सञ्चालन गरेका रेस्टुरेन्टको उद्घाटन गर्न प्रधानमन्त्री गोर्डन ब्राउन स्कटल्यान्डसमेत पुगेका थिए,' चालिसेले भने, 'सुरक्षा मात्र नभएर नेपालीले अन्य क्षेत्रमा समेत आफ्नो प्रभाव जमाउन थालेका छन्।'

त्यसो त नेपालको कुनै सरोकार नभएको युद्धमा समेत बेलायतका तर्फबाट नेपालीले तेस्रो देशसँग युद्धमा लडेका छन्। पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजार नेपालीको मृत्यु भएको अनुमान गरिन्छ। युद्धमा एक सैनिकको मृत्यु हुँदो तीनदेखि चार सैनिक गम्भीर रुपमा घाइते हुने गरेका छन्। पहिलो विश्वयुद्धको समयमा २ लाख गोर्खाली बेलायतको सहयोगका लागि खटिएका थिए।

पूर्व गार्खा सैनिकहरुले बेलायती सैनिक सरहको सुविधा पाउनुपर्ने माग गर्दै पूर्व गोर्खा सैनिकले लामो समयदेखि आन्दोलन गर्दै आए पनि अहिलेसम्म सो माग पूरा हुन सकेको छैन।

'बेलायतमा एउटा सांसदले राजपरिवारको सदस्यलाई थर्काउन सक्छ। तर जनतामा भने उनीहरुप्रति राम्रो सम्मान छ,' लक्सम्बाले भने, 'दानापानीको व्यवस्था गर्ने सरकारले हो। दरवारसँगका सम्बन्धले नैतिक दबाब पर्ला तर यस विषयमा सरकरसँगै कुरा राख्नुपर्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस