काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको 'होली नमाउने निर्णय' मोर्चा घटक दलकै नेताले अवज्ञा गरेका छन्। परम्परा र संस्कृतिमाथि प्रहार गरेको तथा व्यावहारिक रूपमा लागू हुन नसक्ने निर्णय गरेको भन्दै बुधबार मोर्चाकै नेताले त्यसको उल्लंघन गरे।तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीसहित केन्द्रीय र जिल्ला तहका नेताले तराई–मधेसमा उल्लासमय रूपमा होली पर्व मनाएर मोर्चाको केन्द्रीय निर्णय उल्लंघन गरेका हुन्।
रामसपाले त औपचारिक रूपमा ८ गते नै जनकपुरमा होली मिलन कार्यक्रम आयोजना गरेको थियो भने केन्द्रमा पनि सोहीअनुसार कार्यक्रम राखिएको थियो। आन्दोलनक्रममा वीरगन्ज नाकामा अवरोध गर्ने मोर्चाका संयोजक प्रदीप यादवले पनि विशेष कार्यक्रममार्फत होली मनाए।
गत चैत ८ गते मधेसी मोर्चाको केन्द्रीय सचिवालयले आन्दोलनक्रममा धेरै मधेसी मारिएको भन्दै यसपटक होली नमनाउने निर्णय गरेको थियो। 'मधेसको चलन र संस्कृतिविरुद्ध निर्णय गर्ने अधिकार मोर्चालाई कसले दियो भनेर हामीमाथि प्रश्न बर्सेको छ,' रामसपाका प्रवक्ता केशव झाले भने, 'आन्दोलनमा मधेसी जनता मर्दा होली मनाउने अधिकार तिमीहरूलाई कसले दियो भनेर पनि प्रश्न आएका छन्।'
उनका अनुसार सरकारले मधेसी जनतासँग 'रगतको होली खेलेको' आरोप लगाउँदै उक्त निर्णय गर्ने मोर्चालाई दर्जनौं प्रश्न तराई–मधेसका जनताबाट आइरहेका छन्।
जिल्ला तहमा पनि मधेसी मोर्चाका स्थानीय नेताले होली मनाएका तस्बिर सामाजिक सन्जालमा छाएका छन्। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले आन्दोलनक्रममा मधेसी जनताले ज्यान गुमाएको शोकमा होली नमनाउने निर्णय गरे पनि अन्यलाई छुट हुने जनाएका छन्। 'होली मनाउनेलाई मेरो तर्फबाट रोकतोक हुने छैन,' झाले सामाजिक सन्जालमार्फत घोषणा गरेका छन्।
मोर्चा सचिवालयको नाउँमा सद्भावना महासचिव मनीष सुमन र तमलोपा नेता बृशेष चन्द्रलालले 'भावनामा बगेर' विज्ञप्ति तयार पारेको भन्दै मोर्चाका शीर्ष नेताले नै असन्तुष्टि जनाएका छन्। 'हामीले होली नमनाउन कसैलाई भनेका छैनौँ, हामीचाहिँ होली मनाउँदैनौं मात्रै भनेका हौं,' सद्भावना महासचिव सुमनले नागरिकसँग भने। मधेसी मोर्चामा आबद्ध नेताले मात्रै होली नमाउने निर्णय भएको जनाउँदै अन्यलाई होली मनाउन छुट दिइएको सुुमनले जनाए।
मोर्चाको सचिवालयले निर्णय गरेपछि मधेसी मोर्चाआवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतले भने होली पर्व मनाएनन्।