काठमाडौं–नियमावली समितिमाथिको दफावार छलफल सकिएपनि विवाद टुंगो लागेको छैन्। नयाँ संविधान अनुसार संसदीय सुनुवाई विशेष समिति १५ सदस्यीय समिति बनाउनुपर्ने एमाले र एमाओवादीको अडान तथा पुरानै ७३ सदस्यीय बनाउन पर्ने कांग्रेस अन्य दलको अडानका कारण संवैधानिक निकायमा नियुक्ती प्रक्रिया प्रभावित हुने भएको छ। राय लिएर निर्वाचनमार्फत भएपनि सुनुवाई पक्रिया अगाडि बढाउनुपर्छ।'नयाँ संविधान अनुसार सुनुवाई समिति १५ सदस्यीय हुनुपर्छ । एमाले र एमाओवादीले सुनुवाई समिति ७३ सदस्यीय बनाउँदा फेरि संविधान संशोधन गर्नुपर्ने भन्दै नयाँ संविधान अनुसार नै सुनुवाई समिति १५ सदस्यीय हुनुपर्ने तर्क गरेका छन्। सुनुवाई समितिको टुंगो नलाग्दा संवैधानिक निकायमा नियुक्ती प्रक्रिया भने प्रभावित हुने भएको छ।
न्यायपरिषदले सर्वोच्चमा ११ न्यायाधीशको सिफारिस गरेको छ। सुनुवाई समितिको टुंगो नलागेको अवस्थामा सिफारिस अन्योलमा परेको छ। अन्योलकाबीच सुनुवाई समितिको बैठक यही चैत १८ गते बोलाइएको छ। 'सुनुवाई प्रक्रिया सहमति अनुसार नै अगाडि बढाउनुपर्छ, ' एमाले सांसद कृष्णभक्त पोखरेलले भने,'सहमति नभए शीर्ष नेताको राय लिएर निर्वाचनबाट भएपनि टुंगाे लगाउनुपर्छ।'