काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा कुनै कार्ड प्रयोग नगर्ने बताएका छन्। प्रभु साह सभापति रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराउँदै दुई छिमेकी राष्ट्र भारत र चीनलाई एकअर्काविरुद्धको कूटनीतिमा असर पर्ने सम्झौता नगर्ने बताएका हुन्।उनले चीन भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, जन कङ्ग्रेस प्रमुख र केही युनिभर्सिटीमा अन्तर्क्रिया हुने जानकारी गराए। सिंहदरवारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले चीनसँगका सम्भावित ट्रान्जिट प्वाइन्टबारे छलफल हुने जानकारी दिए। 'अहिले भारतसँग विभिन्न ट्रान्जिट प्वाइन्टहरु छन्। त्यस्तै चीनसँगका सम्भावित ट्रान्जिट प्वान्टबारे दुई देशबीच छलफल हुनेछ,' प्रधानमन्त्री ओलीले भने।
उनले चीनसँग जोडिने रसुवागढी नाकाको लेन फराकिलो बनाउने, किमाथाङ्का नाकालाई दुई लेनको बनाउनेलगायतबारे छलफलसमेत हुने जानकारी दिए।
त्यस्तै तिब्बतबाट विजुली ल्याउनका लागि अध्ययन गर्नेबारे पनि छलफल हुने प्रधानमन्त्रीले जानकारी दिए। अध्ययनपछि ट्रान्समिसन लाइन बनाइ पछि बिजुली पठाउने प्रधानमन्त्री ओलीले जानकारी दिए।
उनका अनुसार चीन सरकारले बनाइरहेको काठमाडौं उपत्यकाको चक्रपथ सडकको स्तरोन्नतिबारे पनि छलफल हुनेछ।