काठमाडाैं-व्यवस्थापिका संसद कार्य सञ्चालन नियमावली मस्यौदा अन्तर्गतको संसदीय सुनवाई विशेष समितिको विवादसमिति तहमा हल हुन नसकेमा शीर्ष नेतृत्व समक्ष पठाउने तयारी भएको छ।बुधबार देखि पुनः सुरु भएको नियमावली मस्यौदाको पूर्ण बैठकले समिति तहको छलफलवाट टुंगो नलागे शीर्ष नेतृत्व समक्ष पुर्याएर भएपनि ८ गते भित्रै बिबाद टुंगाउने तयारी गरेको हो। 'सुनवाई समितिको सदस्य संख्या सम्बन्धी विवाद सकेसम्म नियमावली मस्यौदा समितिवाटै टुंगाउने पक्षमा छौं,' सांसद रेवतीरमण भण्डारीले नागरिकन्युजसँग भने, 'यदी समितिमा टुंगिएन भने सो बिबाद शीर्ष नेतृत्वलाई जिम्मा दिएर चैत ८ भित्रै टुंगाउने सहमति आज भएको छ ।' उनका अनुसार नियमावलीलाई टुंगोमा लगाउनका लागि बिहीबारदेखि दफावार छलफल हुनेछ।
नयाँ संविधानको ब्यवस्था अनुसार सुनवाई समितिको सदस्य संख्या १५ राख्नु पर्नेमा सत्तारुढ दल एमाले, एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल, राप्रपा लगायतका दल छन भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दल भने पुरानै व्यवस्था अनुसार ७३ सदस्य बनाउनु पर्ने अडानमा रहेका कारण दुई महिना नाघिसक्दा पनि नियमावली पारित हुन सकिरहेको छैन।
नियमावली पारित हुन नसक्दा प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी र सदस्यसहित विभिन्न देशका राजदूत नियुक्तिमा समस्या देखा परेको छ । नियमावली पारित हुन नसक्दा पछिल्लो समयमा व्यवस्थापिका संसद र न्यायपालिकाबीच विवाद उत्पन्न भएको छ। 'भोलिदेखि दफावार छलफल गरेर ८ गते पारित गर्नेमा आज बैठकमा सहमति भएको छ,' भण्डारीले भने । उनका अनुसार ८ गते नियमावली पारित गरेर प्रधानन्यायाधीश नियुक्तिका लागि सहज बनाउने योजनामा समिति लागेको छ।