काठमाडौं–सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै पहिचानमा आधारित संघीय गठबन्धनले चैतको अन्तिमसातादेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ।पहिचानवादी विभिन्न १५ दल सहभागी रहेको संघीय गठबन्धनको मंगलबार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तिनकुनेमा बसेको बैठकले चैत ६ गते मुलुकभर कालो झण्डासहित प्रदर्शन गर्दै आन्दोलनको सुरुवात गर्ने निर्णय भएको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
गठबन्धनले ०४६, ०६२÷६३ को संयुक्त जनआन्दोलनजस्तै आन्दोलन गर्ने निर्णय गरेको हो। त्यसका लागि गठबन्धनले आन्दोलनमा सहभागी हुन अपिल जारी गर्ने भएको छ। 'संयुक्त जनआन्दोलन' नाम दिइने आन्दोलनमा मधेसी, जनजाति, आदिवासीसहित सम्पूर्ण जनतालाई आन्दोलनमा सहभागी हुन आह्वान गर्ने तयारी भएको श्रेष्ठले जनाए।
'अपिल हामीले तयार पारिसकेका छौं,' उनले भने,'अब केही दिन मै जारी गरी जनआन्दोलनमा सहभागी हुन जनतालाई आग्रह गर्छौं।' उनले आन्दोलन कुनै खास क्षेत्रमा भन्दा पनि देशव्यापी गर्ने बताए। 'यो कुनै एक मोर्चाको मात्र गठबन्धन होइन,' उनले भने,'विभिन्न मोर्चामा आबद्ध १५ दल सम्मिलित गठबन्धनले जनआन्दोलन गर्नेछ।' उनले चैतमसान्तसम्म माग पूरा गर्न सरकारलाई समय दिने र त्यो समयभित्र पनि माग पूरा नभए आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए।