काठमाडौं–भारतीय विदेश सचिव एस जयशंकरले मधेसी मोर्चाका नेतालाई भेटेर मोर्चाको रणनीतिबारे चासो व्यक्त गरेका छन्। सार्क सचिव स्तरीय बैठकमा भाग लिन काठमाडौं आएका सचिव जयशंकरले मंगलबार होटल द्वारिकाजमा मोर्चाका नेतासँग सामुहिक भेट गरेका हुन्।करिव ५० मिनेट भएको भेटवार्तामा सचिव जयशंकरले मोर्चाको आन्दोलन, भावी रणनीति र सरकारसँग भएको वार्ताका विषयमा चासो राखेको भेटमा सहभागी फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।
'उहाँले विशेष गरी सरकारसँग भएको वार्ता र मोर्चाको भावी रणनीतिबार गम्भीर चासो व्यक्त गर्नुभयो,' यादवले नागरिकन्युजसँग भने,'हामीले अहिलेसम्म भएका प्रगतिाबारे जानकारी गरायौं।'
सो अवसरमा जयशंकरले प्रधानमन्त्री केपी ओलीलाई वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सुझाव दिएको उल्लेख गर्दै ओलीको भारत भ्रमणमा पनि सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएको सुनाएका थिए।
'हाम्रा प्रधानमन्त्री (मोदी) ले ओलीजीको भारत भ्रमणको समयमा पनि नेपालमा संविधान जारी गर्नु महत्वपूर्ण उपलव्धी भएको र संविधान कार्यान्वनयका लागि सबैलाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिनु भएको थियो,' जयशंकरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'सोही अनुसार सरकार अगाडि बढ्नेमा हामी विश्वस्त छौं।'
उनले बारम्बार मोर्चाको भावी रणनीति र आन्दोलनका कार्यक्रमप्रति चासो व्यक्त गरेका थिए।
मोर्चाका नेताहरुले भने सरकारले मधेसको मागलाई गम्भीरतापूर्वक नलिएको गुनासो गरेका थिए। मोर्चा जहिले पनि वार्ता र संवादमार्फत समस्या समाधान गर्न तयार रहेको तर सरकार मधेसको मागप्रति गम्भीर नरहेको बताएको भेटमा सहभागी फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए।
मोर्चाका नेताहरुले आफूहरु अहिले शक्ति सञ्चय गरिरहेको र सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको मोर्चा नेताहरुले भारती विदेश सचिवलाई सुनाएका थिए । उनीहरुले विगतको आन्दोलनमा देखिएको कमीकमजोरीलाई सच्याएर वैशाखदेखि निर्णायक आन्दोलन गर्ने तयारी भइरहेको मोर्चा नेताहरुले सुनाएका थिए।
ओली समक्ष माग राख्छुः जयशंकार
जयशंकरले मोर्चाका सबै माग प्रधानमन्त्री केपी ओलीसँग राख्ने आश्वासन दिएका थिए।
बैठकमा संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादब, सद्भावनाका अध्यक्ष सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादब, तराई मधेस समाजवादी पार्टीका नेता केशव झा सहभागी थिए।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब र तमलोपा अध्यक्ष महन्थ ठाकुर दिल्लीमै छन्। सद्भावनाका अध्यक्ष राजेन्द्र महतो राजधानी बाहिर रहेकाले बैठकमा सहभागी हुन पाएनन्।
नेपालमा संधिवान जारी हुनु दुई दिन अगाडि मोदीका विशेष दूतका रुपमा नेपाल आएका जयशंकरले संविधान घोषणाको मिति केही दिन पर सार्न आग्रह गरेका थिए। उनको सुझावको वेवास्ता गर्दै असोज ३ मा संविधान जारी भएपछि भारतले करिब पाँच महिना अघोषित नाकाबन्दी लगाएको थियो।

मधेसबारे सरकार गम्भीर भएन: मोर्चा नेता