काठमाडौं- संयुक्त मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। मोर्चाले शुक्रबार विहान प्रधानमन्त्रीलाई संविधान निर्माण, मधेस आन्दोलनका घाइतेको उपचार, सहिद परिवार, कालोबजारी नियन्त्रण लगायतका ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो।मोर्चाले चैत्र अन्तिम भित्र माग पुरा नगरे कडा आन्दोलन गर्ने अल्टिमेटम समेत दिएको छ।
मोर्चाले मधेस आन्दोलनका क्रममा भएका सरकारी दमनको न्यायीक छानविन गरि पीडितलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ। यस्तै आन्दोलनका क्रममा लगाएका मुद्दाहरु फिर्ता लिन समेत आग्रह गरेको छ। भूकम्प पीडितलाई राहत, उद्दार र पूनर्निर्माणमा समेत जोड दिन मोर्चाले माग गरेको छ।
प्रधानमन्त्री ओलीले आन्दोलन गरेर मात्र नहुने भन्दै वृहत्तर छलफलमा आउन आग्रह गरेका छन्। उनले आज साँझनै मोर्चासँग बैठक बस्ने प्रस्ताव राखेको मोर्चाका नेता केशव झाले बताए। थिए। ' प्रधानमन्त्रीले छलफल गरेर नमिलेका विषय टुंग्याउँ, बेलुका छ बजेनै बैठक बसौं भन्नु भएकव छ', झाले भने, 'बैठकमा पनि सात बुँदे वरिपरि रहेर छलफल हुन्छ।'