काठमाडौं–नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बारेमा चिनियाँ प्रतिनिधिसमक्ष विरोध जनाउने भएको छ ।तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालय बिजुलीबजारमा बस्ने उक्त बैठकले चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीको बिरोधमा कार्यक्रम बनाउँने एजेन्डा बनाएको छ । तर, कसरी बिरोध गर्ने भन्नेमा मोर्चाले भने अझै निर्णय लिएको छैन। राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा कुनै पनि खाले सम्झौता नगर्न मोर्चाले आग्रह गर्नेछ।
'मधेसको समस्या समाधान नगरी चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीसँग कुनै पनि खाले सहमति सम्झौता नगर्न चीनसँग आग्रह गर्नेछौं,' झाले नागरिकन्युजसँग भने, 'चिनियाँ दुतावास अगाडि बिरोध प्रर्दशन गर्ने वा चिनियाँ प्रतिनिधिलाई ध्यानाकषर्ण गराउने भन्ने टुंगो भइसकेको छैन।'
उनका अनुसार आज बस्ने मोर्चाको बैठकले सो बारेमा निर्णय लिनेछ । यसैगरी, मोर्चाले प्रधानमन्त्री केपी ओलीसमक्ष बिरोधस्वरुप ज्ञापन पत्र बुझाउने र त्यसको अन्तिम ड्राफट तयार पार्दैछ । र, मोर्चाले काठमाडौंमा एक अन्तक्रिर्या कार्यक्रम गर्ने पनि एजेन्डामा राखेको छ । आन्दोलनको भावी रणनीति र नयाँ संविधान प्रति दृष्टीकोणमा पुर्नबिचार गर्ने बुझिएको छ । नाका र सडक अबरोधसहितका कार्यक्रम स्थगित गरे पछि मोर्चाको यो तेस्रो बैठक हो ।