काठमाडौं-पर्यटकीय नगरी पोखरामा पहिलोपटक हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय ३७ औं बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका विदेशमन्त्री चैत ३ गते नेपाल आउने भएका छन् ।नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेश ८ सदस्य राष्ट्र रहेको सार्कको 'इन्टर समिट सेसन' पोखरामा चैत १ देखि ४ गतेसम्म हुँदैछ । विदेशमन्त्री स्तरीय 'इन्टर समिट सेसन' सार्क मिनी सम्मेलनको रूपमा चिनिन्छ । सार्क इन्टर समिट सेसनको अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक बस्ने गर्छ ।
'पहिलोपटक पोखरामा सार्कको विदेशमन्त्री स्तरीय बैठक गर्न गइरहेका छौं, हामीसँग काठमाडौंबाहेक अन्य सहर पनि अन्तर्राष्ट्रिय सम्मेलन गर्न तयार छन् भन्ने सन्देश विश्व समुदायलाई दिन पोखरामा यो बैठक आयोजना गर्न लागिएको हो,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुषमा स्वराज प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्कनु तीन दिनअघि चैत ३ गते नै नेपाल आउने भएकी छन् । प्रधानमन्त्री ओली भारतको छदिने राजकीय भ्रमणबाट फर्केको महिना दिन बित्न नपाउँदै भारतीय विदेशमन्त्री स्वराजले पुनः एकपटक प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछिन् ।
बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री स्वराज, पाकिस्तानका विदेशमन्त्री सर्ताजा अजिज, अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानी, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली र भुटानका विदेशमन्त्री डामचो दोर्जी सहभागी हुनेछन् ।
सार्क सदस्य राष्ट्रका सबै विदेशमन्त्री चैत ३ गते नै नेपाल आइपुग्नेछन् । स्रोतका अनुसार अन्य देशका विदेशमन्त्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पोखरा जाने कार्यक्रम बने पनि भारतीय विदेशमन्त्री स्वराज भारतबाट सिधै विशेष विमान तथा हेलिकप्टरमा पोखरा जाने वा काठमाडौं हुँदै पोखरा जाने भन्ने तय भइसकेको छैन ।
सन् २०१४ को नोभेम्बरमा नेपालले आयोजना गरेको १८औं सार्क शिखर सम्मेलन सुरुमा पोखरामा गर्ने भनिए पनि पछि सुरक्षालगायत विविध कारणले काठमाडौंमा गरिएको थियो । सार्कको १९ औं शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा हुँदैछ । १९औं सम्मेलनको तयारीस्वरूप विदेशमन्त्री स्तरीय 'सार्क इन्टर समिट' पोखरामा गर्न लागिएको हो ।
'वैशाख १२ को विनाशकारी भूकम्पपछि हामी ठूला सभा–सम्मेलन गर्न सक्षम छौं भन्ने सन्देश दिन पनि सार्क इन्टर समिट आयोजना गरिएको हो,' स्रोतले भन्यो । सार्क विदेशमन्त्री स्तरीय बैठक पोखराको पार्दीस्थित ग्रायन्ड होटलमा आयोजना गरिनेछ भने सार्कका आठै देशका विदेशमन्त्रीलगायत पाहुनालाई त्यहीँ आवास प्रबन्ध मिलाइएको छ । पोखरेलले भने, 'पोखरामा पर्यटन प्रवद्र्धन गर्न पनि यसले सघाउँछ भन्ने हामीले आशा गरेका छौं ।'
विदेशमन्त्री स्तरीय बैठकअघि सार्क प्रोग्रामिङ कमिटी र स्ट्यान्डिङ कमिटीका दुई बैठक हुनेछन् । यी बैठक पनि पार्दीस्थित ग्रायन्ड होटलमै गरिनेछ । प्रोग्रामिङ कमिटी बैठक विदेश मन्त्रालयका सहसचिवस्तरीय र स्ट्यान्डिङ कमिटी बैठक विदेश सचिवस्तरीय हुनेछ । 'पोखरामा हुने इन्टर समिटले पुराना मुद्दालाई अघि बढाउनुका साथै पाकिस्तानमा हुने १९औं सार्क सम्मेलनका एजेन्डा तय गरी छलफल गर्छ,' उनले भने । सार्क प्रोग्रामिङ कमिटी बैठक चैत १ र २ गते, स्ट्यान्डिङ कमिटी बैठक चैत ३ गते हुनेछ । यी दुई कमिटीमा छलफल भई पास भएका एजेन्डालाई चैत ४ गते हुने विदेशमन्त्री स्तरीय बैठकमा लगिनेछ ।