काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ बाट हुने चीन भ्रमणमा दुई देशबीच ३ वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ। बेइजिङबाट सुरु हुने भ्रमणलाई ऐतिहासिक बनाउन नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता, स्वतन्त्र व्यापार सम्झौता र इन्धन आपूर्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।'परराष्ट्रमन्त्रीज्यूले चीन भ्रमण गर्दाका बेला समझदारी भएका केही मुद्दामध्ये प्रधानमन्त्रीज्यूको भ्रमणबेला नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता, स्वतन्त्र व्यापार सम्झौता र इन्धन आपूर्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने टुंगो लागेको छ, बाँकी मुद्दामा पनि छलपल भइरहेको छ,' प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भने।
फागुन ७ देखि १२ सम्म दक्षिणतर्फको छिमेकी भारतको ६ दिने राजकीय भ्रमण गरेका प्रधानमन्त्री ओली उत्तरतर्फको छिमेकी चीन भ्रमण चैत ७ गते निस्कने भएका छन् । उनको भ्रमण मितिको औपचारिक घोषणा भने हुनै बाँकी छ । हालसम्म तय भएको कार्यक्रमअनुसार प्रधानमन्त्री ओली काठमाडौंबाट सिधै बेइजिङ जानेछन् । त्यहाँ चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग उनले भेट गर्ने कार्यक्रम छ ।
चिनियाँ समकक्षीसँगको द्विपक्षीय बैठकमा नेपाल र चीनका पदाधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। बेइजिङमा महत्वपूर्ण भेटघाट सकेपछि प्रधानमन्त्री ओली चीनको हेनान प्रान्तमा हुने वोआओ फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानेछन् । वोआओ फोरमको सम्मेलन चैत ९ देखि १२ सम्म हुनेछ ।
'प्रधानमन्त्रीज्यूको चीन भ्रमणलाई ऐतिहासिक बनाउन थुप्रै मुद्दामा अहिले दुई देशका पदाधिकारीबीच छलफल चलिरहेको छ, सम्झौता हुने केही विषय टुंगो लागिसकेको छ भने केही मुद्दामा छलफल चलिरहेको छ,' खनालले भने ।
आपूर्ति व्यवस्थामा भारततर्फबाट निर्भर हुँदा समयसमयमा अप्ठेरो अवस्था सिर्जना हुने गरेपछि चीनसँग इन्धन आपूर्ति, पारवहनलगायत विषयमा सम्झौता गर्न लागिएको हो । व्यापारलाई विविधीकरण गर्न सरकारले चीनसँग थप सम्झौता गर्न लागेको हो, जसको आधार पुस पहिलो साता उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीन भ्रमण गर्दा बनेको थियो ।
असोज ३ गते जारी भएको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि सरकारले चीनसँग इन्धन आपूर्ति गर्ने प्रक्रिया अघि बढाएको थियो । नाकाबन्दीले नेपालको जनजीवन कष्टकर बन्दै गएपछि चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदान सहयोगमा उपलब्ध गराएको थियो ।
उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणका बेला दुई देशबीच इन्धन आपूर्ति, व्यापार तथा पारवहन सम्झौता, अनुदान सहयोग, कनेक्टिभिटी, स्वतन्त्र व्यापार सम्झौता, लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता (बिप्पा) लगायत विषयमा गम्भीर छलफल भएको थियो ।