चितवन–सत्ता साझेदार मुख्य दल एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार राष्ट्रियताको पक्षमा दह्रो रुपमा उभिएको बताएका छन्।क्रान्तिकारी पत्रकार संघ चितवन शाखाले आइतबार मध्यान्ह भरतपुर विमान स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता दाहालले देशको प्रतिकुल अवस्थामा पनि राष्ट्रियता जोगाउने काममा यो सरकार अब्बद देखिएको बताएका हुन्।
'राष्ट्रिय भावनाको दृष्टिले हेर्नु हुन्छ भने यो सरकार दह्रो भएर उभिएको छ। यस्तो प्रतिकुल अवस्थामा राष्ट्रियतामा आँच आउन नदिनु ठूलो उपलब्धि हो', अध्यक्ष दाहालको भनाइ थियो। नेपाली काँग्रेसको राष्ट्रिय महाधिवेशनपछि सरकार विस्तार भएर राष्ट्रिय सहमतिको सरकार बन्ने र मधेसी दलहरुसँग पनि वार्ता भएर सहमति कायम हुने उनले बताए । सरकारको नेतृत्व परिवर्तनका विषयमा अहिले चर्चा नगर्ने उनको भनाइ छ ।
'सहमतिको राष्ट्रिय सरकार भनेको १६ बुँदे सम्झौता गर्दा नै तय भएको योजना अनुसार सरकार बनाउने भन्ने हो । काँग्रेसले गल्ती गर्यो । अब फेरि सहमतीय सरकार बनाउँदा नेतृत्वका विषयमा त्यो बेलाको सहमति अनुसार जानु हुन्न भन्ने मलाई लाग्दैन', दाहालले भने, 'यदी नेतृत्वमै कुरा अड्केर सहमतिको सरकार नबने अवस्थामा आएमा विचार गरौंला।'