काठमाडौं-नेपाली कांग्रेसको १३औं महाधिवेशन उद्घाटन समारोहमा सहभागी भारतीय नेताले भारतले नेपालमाथि लगाएको नाकाबन्दीको आलोचना गर्दै संवादमार्फत आन्तरिक समस्या समाधान गर्न सुझाव दिएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनीहरूले नेपाल आफ्नो समस्या समाधान गर्न सक्षम रहेको समेत बताए ।'हाम्रो दलका नेता सीताराम यचुरीले संसदमा नाकाबन्दीप्रति चासो राखेपछि भारतीय सरकारले आफूले नाकाबन्दी नगरेको र नेपालको आन्दोलनका कारण भएको बतायो । त्यसपछि हामी साँचो कुरा जान्न आएका थियौं,' बिहीबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनलाई शुभकामना दिने क्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का नेता योगेन्द्र शर्माले भने, 'हामी कुनै देश सानो र कुनै देश ठूलो मान्दैनौँ । नेपाली जनताको दुःख भारतीय जनताको पनि हो । भारतीय जनता सधैँ नेपाली जनताको साथमा छन् ।'
भारतले आर्थिक नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाएको उनले बताए । धर्म निरपेक्ष नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने खेल भइरहेको तर्फ संकेत गर्दै उनले त्यसप्रति सजग र सचेत हुन आग्रह गरे । केही मानिस नेपाल र भारत दुवै हिन्दु राष्ट्र भएको देख्न चाहेको उल्लेख गर्दै उनले भने, 'हाम्रो देशमा जबर्जस्ती हिन्दु बनाउन खोजिएको छ । नेपाललाई पनि हिन्दु राष्ट्र बनाउन चाहेका छन् । यस्तो अवस्थामा दुवै देशका जनता सँगै अघि बढ्नुपर्छ । सबै मिलेर जनताको एकता कायम राख्नुपर्छ । नेपाल र भारतका जनताको एउटै चाहना छ– सबै जातजाति, धर्म र भाषाभाषी एक भएर देश विकास गर्ने ।'
नेपालमाथिको आन्तरिक र बाह्य शोषण अन्त्य हुनुपर्ने समेत शर्माले बताए । उनले भने, 'हामीलाई थाहा छ, यहाँ समस्या छ । यहाँका दलले चाहे अत्यन्त परिपक्व ढंगले यो समस्या समाधान हुनेछ र नेपाल अगाडि बढ्नेछ ।' भारतीय लोकतान्त्रिक समाजवादी पार्टीका नेता विजयप्रतापले नयाँ संविधान जारी भएपछि भारतले नेपालमाथि गरेको व्यवहार देख्दा आफैँलाई लाज लागेको बताए । 'पछिल्लो ६ महिनामा नेपालप्रति भारतले जुन व्यवहार गर्यो, त्यसप्रति मलाई लाज लागेको छ । त्यसको लागि म माफी माग्छु ।' उनले भारतले नेपाली जनतासँग क्षमा माग्नुपर्ने समेत बताए ।
'विगतका महिनामा नेपाली जनताले जुन दुःख सहनुपर्यो, सायद भारतमा समाजवादी आन्दोलन मजबुत भइदिएको भए त्यो सहनुपर्ने थिएन । हामीले समाजवादी आन्दोलन भारतमा मजबुत बनाउन सकेनौं । हामी चाहन्छौं, समाजवादी आन्दोलनमा नेपाल एउटा यस्तो मोडल बनोस् जो बिहार, उत्तरप्रदेशमा मात्र होइन एसियाकै नमुना होस्,' उनले भने । नेपालमा संकट कायम रहे भारतमा पनि संकट आउने उनले बताए । नेपाल चीन र भारतबीचको सेतु बन्नुपर्ने उनले जनाए ।
बिहारका मुख्यमन्त्री नीतीशकुमारले सम्पूर्ण भारतको शुभकामना नेपालसँग रहेको बताए । उनले भने, 'देशमा कुनै समस्या भए त्यो समाधान गर्न नेपाली जनता र नेता सक्षम छन् । हामी शुभकामना व्यक्त गर्छौं ।' उनले नेपाल र भारतबीचको सम्बन्ध टुट्छ भन्ने भ्रम मनमा रहन दिन नहुने बताए । महाधिवेसन उद्घाटन कार्यक्रममा प्रमुख राजनीतिक दलका नेतालाई एकै मञ्चमा देख्दा उनले आश्चर्य प्रकट गरे ।
'कांग्रेस सरकारमा छैन, यो अलग कुरा हो तर एउटा पार्टीको महाधिवेशनमा यहाँ अर्को दलको शीर्ष नेता उपस्थित भएको देखेको छु, यो अदभूत वातावरण हो,' उनले भने । उनले संवादमार्फत आन्तरिक समस्याको समाधान निकाल्न शुभकामना दिए ।
भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भागतसिंह कोस्यारीले नयाँ संविधान बनाएकोमा सबैलाई बधाई दिए । नयाँ संविधान बनाएर नेपाल संसारको सगरमाथा बन्छ भन्ने विश्वास आफूमा रहेको उल्लेख गर्दै उनले भने, 'पछिल्लो ६ वर्षमा नेपालले धेरै प्रगति गरेको छ । केही कमजोरी होला, नयाँ संविधान जारी भएको छ । कमजोरी सबैमा हुन्छ । संविधान बनाउनुभयो सबैलाई बधाई दिन चाहन्छु ।'
भाजपा उपाध्यक्ष कोस्यारीले नेपाललाई पशुपतिनाथ, गोरखनाथ र लुम्बिनीको भूमि बताए । संसारमा सबैभन्दा बढी ज्ञान दिने ठाउँ नेपाल भएको उनले जनाए । 'नेपाल किन महान छ ? प्रधानमन्त्री ओलीजी, प्रचण्ड सबैलाई यहीं देख्दा आश्चर्य मान्नुपर्दैन,' उनले भने, 'संसारको सबैभन्दा बढी ज्ञान दिने ठाउँ नेपाल हो । नेपालले फेरि दुनियाँलाई ज्ञान÷विज्ञान दिन्छ । यो नेपालकै भूमिबाट आउँछ ।'
नेपालमा केही महिनायता भएको आन्दोलनलाई उनले स्वभाविक रूपमा लिन आग्रह गरे । भारतको उत्तराखण्डमा पनि आन्दोलन भएको उनले उल्लेख गरे । उनले विजय जहिले पनि सत्यको हुने बताए । नेपाल र भारत सार्वभौम राष्ट्र भए पनि हरेक भारतीय नेपाली मूलका भएको र हरेक नेपाली भारतीय मूलका भएको टिप्पणी उनले गरे । नेपालको उन्नति होस् भन्ने चाहना भारतको रहेको उनले दोहो¥याए । भारतीय रेलसेवाले नेपाललाई पनि जोड्नुपर्ने बताए । उनले एकतामा जोड दिन दलका नेतालाई सुझाए ।
'हाम्रो राष्ट्र एक हो भनेर प्रयास गयौं भने सानातिना झगडा छिट्टै अन्त्य हुनेछन्,' भाजपाका उपाध्यक्ष कोस्यारीले भने, 'चाहे त्यो हिमाल होस् या मधेस, त्यो एक देश नेपाल हो ।' कांग्रेस आईका महासचिव पिके हरिप्रसादले आफ्नो पार्टी र नेपाली कांग्रेसबीच धेरै समानता रहेको उल्लेख गरे । दुवै पार्टीले प्रजातन्त्र, राष्ट्रियता र समाजवादमा विश्वास गर्नेे बताए ।