काठमाडौं– नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले बुधबार अाफ्नै निवास मन्डिखाटरमा पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेद्वारी घाेषणा गरेकी हुन्।कार्यवहाक सभापित रामचन्द्र पाैडेलले पार्टीमा महिलाकाे अपमान गरेकाे दाबी गर्दै अाफ्नाे उम्मेद्वारी बार्गेनिङका लागि नभइ जित्नका लागि भएकाे दाबी गरिन्। पाैडेलकाे टिममा एकजनापनि महिला सदस्य नरहेकाे भन्दै उनले अापत्ति जनाइन्।काेइराला परिवार फुटेकाे हाे भन्ने प्रश्नकाे जवाफमा काेइरालाले राजनीतिमा परिवार नहुने बताएकी उनले काेइराला परिवारकाे विरासत अाफूसँग रहेकाे जिकिर गरिन्।
उनले महाधिवेशनकाे चाबी अाफूसँग रहेकाे भन्दै अाफूँसँग तीनसय प्रतिनिधि अाफूसँग रहेकाे बताइन्। उनले पहिलाे चरणमा काेही पनि सभापति निर्वाचित नहुने र दाेस्राे चरणमा अाफू निर्वाचित हुने दाबी गरिन्।
सभापतिमा नेतृ कोइरालाको उम्मेद्वारीसँगै कांग्रेसको १३ औं राष्ट्रिय महाधिवेशनमा ४ जना सभापतिको उम्मेद्वार हुने देखिएको छ। संस्थापन पक्षबाट यस अघि नै उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला बुधबार उम्मेदवारी घोषणा गर्ने बताइसकेका छन्। अर्को गुटबाट शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताउँदै आएका छन्।