काठमाडौं–पार्टी विधानबाट छलकपटपूर्ण तरिकाले 'समानुपातिक' शब्दावली हटाएको भन्दै संघीय समाजवादी फोरम नेपालबाट तीन नेता बाहिरिएका छन्।महावीरप्रसाद अल्ली, उपाध्यक्ष बुद्धिजीवि परिषद, झापा क्षेत्र न. ६ का उम्मेदवार राम भुजेलसहित बर्दिया, कञ्चनपुर, कैलालीका जिल्ला इन्चार्जसहित बाबुराम शर्माले प्रेस विज्ञप्ति नै जारी गरेर पार्टी परित्यागको घोषणा गरेका हुन्।
'एकातिर राज्यसँग समानुपातिक समावेशिताको मुद्दालाई उठाएर आन्दोलन गर्ने, अर्कोतिर आफनो विधानबाट त्यो नीतिलाई कुरुप र छलपुर्ण ढंगल हटाउने काम गरियो,' विज्ञप्तिमा भनिएको छ। पार्टीको मुल सिद्धान्त विधानको धारा ४१ को उपधारा ३ मा व्यवस्था भएको पूर्ण समानुपातिक समावेशी नीतिलाई त्यसको अगाडि तोकिए बमोजिम हुनेछ भनेर छल र भ्रमपूर्ण ढंगले लेखेर ल्याएको भन्दै उनीहरुको आरोपमा उल्लेख गरिएको छ।