काठमाडौं–मधेसी मोर्चाको एक घटन एवं नेपाल सद्भावना पार्टीले मोर्चाका अन्य नेताले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्दा आन्दोलन कमजोर भएको निष्कर्ष निकालेको छ।मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलन निर्णायक बनाउन मोर्चाले भारतसँग जोडिएका प्रमुख नाकामा अवरोध गर्ने निर्णय गरेको बताउँदै मोर्चाका अन्य घटकका नेताले आफ्नो जिम्मेवारी निर्वाह नगर्दा आन्दोलन कमजोर भएको आरोप लगाए।
'आन्दोलन निर्णायक बनाउन मोर्चाका शीर्ष नेता मुलुकका प्रमुख नाकामा धर्ना दिने कार्यक्रम बनाइयो,' पत्रकार सम्मेलनमा महतोले भने,'सद्भाना पार्टीको भागमा परेको वीरगंज नाका सद्भावना पार्टी र जनताको सहयोगले पूर्ण ठप्प बनाइयो। तर विराटनगर–जोगवनी, भैरहवा–सुनौलीलगायतका नाकामा मोर्चाका अन्य नेताले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा आन्दोलन कमजोर हुनपुग्यो।'
महतोले मधेसको माग सम्बोधन गर्न गठित राजनीतिक संयन्त्रको कार्यक्षेत्र र कार्यविधि नतोकेसम्म संयन्त्रको औचित्य नहुने बताए। कार्यक्षेत्र र कार्यविधि तोक्ने हो भने मधेसी मोर्चा सो संयन्त्रमा सहभागी हुनसक्ने महतोले संकेत गरे। सरकारले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि गत बिहीबार मधेसी मोर्चाको माग सम्वोधन गर्न भन्दै उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा राजनीतिक संयन्त्र गठन गरेको थियो। मधेसी मोर्चासँग सहमति जुट्न नसकेपछि सरकारले एकतर्फी संयन्त्र गठन गरेको थियो।
मोर्चाले भने संयन्त्रको कार्यक्षेत्र र कार्यविधि स्पष्ट हुनुपर्ने अडान राख्दै आएको छ। यसैबीच सद्भावना पार्टीले पहिलो पटक अनलाइनमार्फत सदस्यता वितरण गर्ने भएको छ। सो पार्टीको केन्द्रीय समितिको बैठक यही फागुन १५–१७ गतेलाई बोलाइएको छ।