दार्चुला— नेपाली काग्रेस दार्चुलाको सभापतीमा ललित सिह बोहरा विजयी भएका छन्। सभापति पदका छ जना उम्मेदवारहरुलाई उछिन्दै बोहराले दुई सय ४७ मत ल्याएर विजयी भएका हुन्।बोहराका निकटतम प्रतिद्धन्द्धि , मदन गिरीले ५० , नरेन्द्रसिह धामीले ४५ , गोपालदत्त जोशीले ३२ मत, महादेव बडु कश्यपले १८ र गौरीशंकर गिरीले १२ मत, मात्र ल्याएको निवार्चन अधिकृत देवराज अवस्थीले बताए। सभापति पदको लागि आइतबार भएको निर्वाचनको मतगणना सोमबार भएको थियो।
मतदानमा कुल ४ सय ९ मत खसेकोमा ४ सय ४ सदर भएको छ । जसमा ५ मत बदर भएको अवस्थीले बताए। यस्तै महाधिवेशन प्रतिनिधि, सचिव, कोषाध्यक्ष र जिल्ला कार्य समिति सदस्यको सोमबार निर्वाचन भईसकेको मतगणना मंगलबार बिहान सुरु हुने निर्वाचन समितिले जनाएको छ।
लगातार २५ वर्ष एउटै व्यक्ति सभापति रहेको दार्चुलामा बोहरा छ जना उम्मेदवारलाइ पहिलो चरणमै भारी बहुमतले विजयी हुदै लोकप्रिय नेताको रुपमा उदाएका छन्।
सभापति निर्वाचित भएपछि बोहराले सभापतिमा पराजीत भएकाहरुलाई समेत समेटेर लैजाने बताए। निर्वाचित सभापति बोहरा आदिबासी जननाती ब्यासी शौका समुदायका हुन्। पार्टी भित्र संस्थापन पक्षधरको रुपमा समेत बोहरालाई चित्रण गरीएको छ ।