कांग्रेसमा सुशील कोइरालाको तेह्रौं पुण्य तिथिमा श्रद्धाञ्जली सभा र कर्मकाण्डी अनुष्ठानहरु भइरहेका छन्। कांग्रेसको सिद्धान्त, इतिहास र मान्यताविपरीत सुशील कोइरालाको मृत्युसंस्कार अगाडि बढिरहेको छ। छ दशकअघि बिपी कोइरालाले नेपाली समाज परिवर्तनको जुन आधुनिक एजेन्डा अगाडि सारेका थिए, त्यसको ठिकविपरीत दिशामा छ कांग्रेस अहिले। पछिल्ला दिन कांग्रेस उदार र धर्मनिरपेक्षको बाटोभन्दा अनुदार र कर्मकाण्डी हुँदै गएको प्रस्टै देखिन्छ।कोइराला परिवार नेपाली राजनीतिको मियो हुनुका कारण कर्मकाण्डी हिन्दु समाजलाई यो परिवारले अभ्यासमै चुनौती दिन सकेकाले हो। सुशील कोइरालाको व्यावहारिक शिक्षादीक्षा बिपी कोइरालाबाट भएको थियो। संस्कार र मूल्यपद्धति सुशील'दाले बिपीसँगको सामीप्यबाट सिक्नुभएको हो। नेपाली समाजमा विद्यमान सीमित मध्यम वर्ग सनातनी पुरोहित कर्मकाण्डमा रमाइरहेका बेला उल्काझैँ विराटनगरबाट समाज रुपान्तरणको अभियन्ता भएर पिताजी कृष्णप्रसाद र उनका छोराछोरी नेपाली जनतामाझ प्रस्तुत भए। जन्म र जातले कोही ठूलो हुने होइन, कर्मले हुन्छ, बिपीको जीवन सन्देश यही थियो। त्यसैले बिपी राजनीतिक रुपले धेरै असफल हुँदाहुँदै गौरवसाथ भन्नुहुन्थ्यो, 'मेरो जीवन असफल भएन' भनेर।
कांग्रेस सुशील कोइरालाको मृत्युसंस्कारका नाममा जेजस्तो कर्मकाण्ड नेपाली समाजमाझ गर्दैछ, त्यो उदेकलाग्दो मात्र छैन, अनुदार र अराजनीतिक पनि छ। एउटा प्रगतिशील पार्टीले मृत्युसंस्कारलाई कर्मकाण्डी अभ्यास सिकाउने अवसर बन्न दिनुहुँदैनथ्यो जुन अहिले भइरहेको छ। सुशील कोइराला स्वयं पनि आफ्नो लामो राजनीतिक जीवनमा प्रगतिशील मात्र थिएनन्, कर्मकाण्डविरोधी पनि थिए। तसर्थ सुशील'दासँगका केही सम्झना र खासगरी उनको जीवनका केही अनौठा पाटा यहाँ उल्लेख गरेको छु।
सुशील'दाको मृत्युुको समाचार मैले विराटनगरमा सुनँे। मन उदास भयो र मित्र जयप्रकाश गुप्तालाई फोन गरेँ। उनी मोरङकै गाउँमा माछापोखरी बनाइरहेका रहेछन्। म त्यहीँ गएँ र धेरै बेरसम्म हामी अतीतमा सुशीलदा'सँग भएका सम्झाना कोट्ट्याएर बस्यौं।
साढे तीन दशकपहिले सुशील'दा चावहिल, मित्रपार्कमा बिपी कोइराला र गिरिजाप्रसादसँगै बस्नुहुन्थ्यो। सुशील'दा आफ्ना पाँच साथीसँगै एउटै कोठामा सुत्नुहुन्थ्यो। सबै कांग्रेसका नामुद हस्ती थिए। केही बिते, केही बाँचेकै छन्। सबैले परिवार र निजी जीवन त्यागेको जस्तो थियो। पारिवारिक सम्पर्क र सम्बन्धबाट सुशील'दा पनि टाढै देखिनुहुन्थ्यो तिनताका। जब सत्ता हुँदैन, अनि आफन्त पनि टाढिन्छन् भनी चावहिल मित्रपार्कमा यदाकदा कुराकानी पनि हुन्थ्यो। धनसम्पत्ति मोह पनि सुशील'दामा रत्तिभर थिएन। उहाँको मिसन सुरुमा बिपीको राजनीतिक जीवन सफल तुल्याउनेमा सहायक भयो र पछि गिरिजाप्रसादप्रति।
भूविक्रम नेम्वाङ, मनोहरि बराल, सुशील'दा, वीरेन्द्र दाहाल र सबैभन्दा कान्छा जयप्रकाश गुप्ता चावहिल मित्रपार्कको एउटै कोठामा यसरी वषर्ौं बसे। रोशा कोइरालाको चावहिलस्थित त्यो घर तत्कालीन निरंकुश पञ्चायती शासकका लागि 'खतरनाक' थियो भने लोकतन्त्रवादीका लागि मन्दिर। त्यही घरको एउटा कोठामा सुशील'दाले प्रवासपछिको जीवन काट्न थाल्नुभयो काठमाडांैमा। मुखमा चुरोट, हातमा अंग्रेजी उपन्यास, सेतोकालो दारी, छरितो–दुब्लो, पातलो शरीरमा चिटिक्क परेको लुगा अनि सुत्नका लागि 'दुई गज' जमिन, सुशील'दाको श्रीसम्पत्ति यत्ति नै थियो तिनताका। आफू सुत्ने कोठाको भुइँमा लम्पसार परी दुई हात पिँ्कजाएर 'यति ठाउँचैँ मेरो हो' भनी उहाँको दुई गज जमिन छुट्ट्याउने कलाबारे म र जयप्रकाशबीच निकैबेर कुरा भयो उहाँको मृत्युपछि। एउटा कोठाको त्यही सीमित भागमा सुशील'दाको जीवनयात्रा चल्थ्यो 'सान्दाजु, सान्दाजु' भन्दै। त्यही सरल र सादगीपूर्ण जीवनको अभ्यासले सुशील'दालाई नेपाली कांग्रेसको सभापति बनायो, अनि देशको प्रधानमन्त्री।
सुशील'दाले प्रधानमन्त्री भएपछि आफूसँग सम्पत्तिका नाममा दुइटा मोबाइल मात्र भएको सूचना सार्वजनिक गरे। विश्वको सञ्चार जगतले नेपालको प्रधानमन्त्री सबैभन्दा गरिब भनेर उनलाई चिनायो। सुशील'दा सञ्चार प्रशंसाले कहिल्यै प्रभावित भएनन्। उनी प्रशंसा र गाली दुवैमा सदा निरपेक्ष रहे। एकदम शान्त, प्रतिक्रियाविहीन।
सुशील'दाको पारिवारिक पृष्ठभूमि सर्वहारा नै हुने खालको भने थिएन। उनले विराटनगरको आफ्नो भागको अंश बेची राजनीतिक यात्रामा हिँड्दा सबै सम्पत्ति सकियो। सुनेसम्म बिपी कोइरालासँगै सोसलिस्ट इन्टरनेसनलको मिटिङमा विदेश जाँदा सुशील'दाले आफ्नो निजी सम्पत्ति बेचेका थिए, विराटनगरको।
धनसम्पत्ति नजोड्ने मात्र होइन, चाहिनेजति पैसाको व्यवस्था गर्न पनि सुशील'दा सधैँ निस्पि्कक्री थिए। यस्तै अनुभव भयो मधेस आन्दोलनपछि सुशील'दासँगै भारतको देल्ही अपोलो अस्पतालमा। सुशील'दा, पूर्वराष्ट्रपति रामवरण यादव र म दिल्लीको अपोलो अस्पतालमा थियौं। घन्टौं कुर्नुपर्थ्यो डाक्टर भेट्न। हामी मधेस आन्दोलनका आयामबारे कुराकानी गर्दै थियौं। सुशील'दा मधेस आन्दोलनको सबै डिजाइनर भारत भनी अरू छलफलको जरुरतै नभएको ठान्नुहुन्थ्यो। डा रामवरण र म यसका अनेक आयाम अगाडि सारी सुशील'दालाई बुझाउने प्रयत्न गर्थ्याैं तर हठवादी सुशील'दा टसमस हुनुभएन। पछि, मैले प्रवास कांग्रेसको मनोविज्ञान बुझँे र त्यही लेन्सबाट सुशील'दालाई पनि बु‰न थालेँ।
सुशील'दा मुखको क्यान्सर उपचार गर्दै हुनुहुन्थ्यो। पूर्वराष्ट्रपतिलाई सम्भवतः नेपालमा कडा रोग भने पनि त्यो दिल्ली अपोलो अस्पतालमा गलत प्रमाणित भयो। सुशील'दाको अनेकन् परीक्षण गर्नुपर्ने तर उहाँ भने प्रत्येक परीक्षण कोठा अगाडि उभिने र पैसा छैन, म गर्दिनँ भनी टक्क अडिने। हामी सबै हैरानै हुन्थ्यौं। कांग्रेस कार्यबाहक सभापति कोइराला र महामम्त्री रामवरणको हैसियत भारतको अपोलोमा देखेर म अहिले प्रशन्न हुन्छु। यी कमनर थिएनन् त्यतिखेर तर पनि कमनरझैँ त्यहाँ थिए। कुनै भारतीय एजेन्सीले यी दुईलाई सहयोग गरेको देखिएन। एकपटक सत्तामा वा त्यसको छेउछाउ पुगेपछि नेपालमा सबै 'भिआइपी' हुने रोगबाट ग्रस्त हुन्छन्, सुशील'दामा त्यस्तो रोगको किटाणु मैले देखिनँ। अहिले म विराटनगर विमानस्थलमा बसी यति लेखिरहँदा यहाँको भिआइपी कक्ष टनाटन भरिएको छ। भिआइपी प्रदर्शन गर्ने रोग नेपाली मध्यम वर्गलाई शाहवंश र राणावंशले यसरी सिकाएको छ कि त्यसको देखासिकी नगरी समाजमा स्थापित हुनै नसक्ने सोच अहिले विकसित भयो।
सुशील'दा सामन्ती र देखावटी आडम्बरबाट मुक्त नेता थिए। न्यूनतम क्षमताले पनि असाधारण कार्य गर्न सकिन्छ भन्ने उदाहरण नेपालको इतिहासमा सुशील कोइराला भएका छन्। सुशील'दा आफ्नो जीवनशैली, निष्ठा र अडानै कांग्रेसजनलाई आफ्नो सन्देश हो भनी सिकाइरहनुभएको थियो। यो नैतिक दबाब देशको राजनीतिमा खासै देखिन्न तर पनि स्मरणयोग्य छ। क्यान्सर भएपछि मैले सुशील'दालाई कैयन्पटक घन्टौं भेटेँ कुरा गरेँ। तर उहाँमा रोगको चिन्ता र फिक्री भएको मैले कहिल्यै पाइनँ। संविधान जारी गर्ने सन्दर्भमा सुशील'दाको स्वास्थ्य देखेर मैले सुशील'दा त हिन्दी सिनेमा आनन्दको राजेश खन्ना नै हुनु भयो नि पनि भनेँ। सुशील'दा बोलेरभन्दा पनि चुप लागेर दबाब दिनसक्ने हैसियत राख्नुहुन्थ्यो। यस्तो दबाब सुशील'दाको गिरिजादाजुलाई पनि लाग्थ्यो।
सुशील'दाको दबाब गिरिजाप्रसादमाथि भारी हुन्थ्यो जुनसुकै कुरामा पनि। किन यस्तो दबाब गिरिजादाजु अनुभव गर्नुहुन्थ्यो भनी म कहिलेकाहीँ अचम्मित पनि हुन्थेँ। तिनताका म गिरिजादाजुको राजनीतिक सचिव थिएँ। सरकार निर्माणदेखि संवैधानिक नियुक्तिसम्म सुशील'दा र गिरिजादाजुको होमवर्क बेग्लाबेग्लै हुनेगर्थे। दुवैको होमवर्कमा साझा बिन्दु भेटिनु कठिन हुन्थ्यो। संयोगले साझा बिन्दु भेटिए त्यो मानिस लक्की मात्र होइन, नियुक्तिका लागि योग्य ठहरिन्थ्यो।
होलेरी काण्ड केही पृथक् घटना भएर आयो। गिरिजादाजु र सुशील'दाबीच होलेरीको अपमानपछि पनि कार्यकारिणी प्रमुखले राजीनामा नदिनेमा एकमत थियो। अर्थात् गिरिजाप्रसाद पारिवारिक र सुशील'दाको दबाबबाट मुक्त हुनुहुन्थ्यो राजीनामा नदिनलाई तर पनि परिस्थिति यसरी निर्माण हुँदै गयो कि गिरिजादाजु राजीनामा दिने निर्णयमा पुग्नुभयो। यही एउटा यस्तो बिन्दु थियो जसमा दुईबीच सहमति भएर पनि परिणाम फरक भयो।
होलेरी काण्डपछि उत्पन्न परिस्थितिमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादसँग सुशील कोइरालाको जिद्दिले केही काम नगरेको मैले देखेँ। अन्यथा, यी दुईबीच हँसिलो वातावरणमा कहिले कुराकानी नभए पनि सुशील'दाको प्रस्ताव गिरिजाप्रसादले पन्छाउन गाह्रो थियो। किन यस्तो थियो होला भनी म कहिलेकाहीँ सोच्थेँ र सोध्ने पनि गर्थेँ गिरिजादाजुलाई। गिरिजादाजुमा सुशीलले निजी स्वार्थमा केही भनिरहेको छैन भन्ने गहिरो प्रभाव थियो। फेरि सुशील'दाको बिपीको परिवार र आफूप्रतिको निष्ठामा गिरिजादाजुको आँखाबाट लुकेको थिएन।
गिरिजाप्रसाद प्रधानमन्त्री र पार्टी सभापति भएको बेला पार्टी माफियाले कब्जा गर्योक भनी एकपटक त सुशील'दाले आन्दोलनै छेड्नुभयो। सुशील'दाको यो आन्दोलनले गिरिजाप्रसादलाई धेरै दबाब र तनाबमा राखे पनि अन्ततः मन्त्रिमण्डलबाट केही सिनियर साथीहरुको बहिर्गमन गराएरै सुशील'दाले दम लिनुभयो। सुशील'दाको दबाब काम लाग्यो।
सुशील'दा हामीबीच रहनुभएन। सुशील'दालाई चावहिल मित्रपार्कमा आवश्यक परेजति भूमि पनि आर्यघाटको चितामा सम्भवतः चाहिएन तर हजारौं उनका समर्थक, अनुयायी र शुभेच्छुकले उनको नैतिक पक्ष र निष्ठालाई सदा सम्झनेछन्। सुशील'दालेे राजनीतिलाई लाभहानिबाट माथि उठाउन आफ्नो जीवनभर चेष्टा गरे।
विराटनगरबाट काठमाडौं प्लेनबाट उत्रेपछि कांग्रेस नेता नारायण खड्कासँग सामान्य कुराकानी भयो। कांग्रेसको भावी महाधिवेशनमा ढुंगा, गिट्टी, वनतस्कर, जग्गादलाल, सीमातस्कर, नपढाउने शिक्षक र पैसाको प्रभावबाट मुक्त गर्ने कुनै उपाय खोज्नुपर्ला भने। सुशील'दाको जीवनबाट कांग्रेसको तेह्रौं महाधिवेशनले लिने प्रेरणा भनेको कांग्रेस आम नागरिकको पार्टी बनोस् भन्ने नै थियो।