कोहलपुर- कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइराला गृहजिल्ला आउँदा प्रायः सामान्य पहिरनमै औपचारिक कार्यक्रममा पुग्थे। ढाका टोपी, खुट्टामा चप्पल, दौरासुरुवाल, कुर्ता–पाइजामा र कोट लगाएर पार्टी कार्यकर्ता भेट्न र कार्यक्रममा सहभागी हुन्थे। पार्टी सभापति र प्रधानमन्त्री जस्तो उच्च पदमा हुँदा पनि उनले सकेसम्म पहिरनमा आफ्नो शैली छाडेनन्।औपचारिक–अनौपचारिक जुनसुकै कार्यक्रममा प्रायः कुर्ता, पाइजामा र सामान्य चप्पल लगाएर जाने कोइरालाको बानी रहेको नेपाली कांग्रेस बाँके प्रवक्ता मेघराज ओलीले बताए। 'कार्यकर्ताका घर र गाउँ जाँदा भुइँमा बसेर खाना खाने, कुर्सी, टेबुल प्रयोग नगर्ने बानी थियो,' उनले भने, 'दौरा सुरुवाल, कोट लगाउन थालेको पार्टी सभापति र प्रधानमन्त्री भएपछि मात्र हो।' उनको लवाइखवाइ जीवन शैली सादा भएको उनी बताउँछन्। पछिल्ला वर्ष उनी पूर्ण शाकाहारी थिए।
कांग्रेसको महामन्त्री, कार्यवाहक सभापति हुँदासम्म कोइराला सामान्य पहिरनमा साइकलपछाडि बसेर गाउँ र पार्टी कार्यकर्ताकहाँ जाने गरेको पूर्वसांसद कृष्णसिंह परियारले बताए। 'उहाँको पहिरन र खानपिन देखेर ठाँट्टिएर पुग्ने पार्टी कार्यकर्ता लजाउँथे,' उनी भन्छन्, 'उहाँलाई राम्रो, महँगा कपडा लगाउन आग्रह गर्दा उल्टै गाली गर्नुहुन्थ्यो।'
पार्टी कार्यकर्ताको बुझाइमा उनी गाउँका कार्यकर्ता भेट्दा साइकलमा पुग्न रुचाउँथे। पक्की र ठूला महलभन्दा सामान्य झुपडीमा जान महत्व दिन्थे। कोइरालाको निधनपछि कार्यकर्तावृत्तमा अहिले उनको सरल जीवनशैली चर्चाको विषय बनिरहेछ। उनीहरू कोइरालाको आदर्श, सरल जीवन, कुशल नेतृत्व, निःस्वार्थ भावनाको प्रशंसा गर्छन्।