'क्रिटिकल सिचुएसनको प्रोडक्ट म'
०८ फागुन २०७२
•
१९ मिनेट पाठ
'क्रिटिकल सिचुएसनको प्रोडक्ट म'
काठमाडौं- तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ११, असार २०७२ मा नागरिकसँगको एउटा विशेष अन्तर्वार्तामा भनेका थिए– 'म क्रिटिकल सिचुएसनको प्रोडक्ट हुँ।' कोइरालाको तर्क थियो, 'मैले नचाहँदानचाहँदै परिस्थितिले मलाई जिम्मेवारी दिँदै गयो, जो मेरा भित्री इच्छामा निर्भर रहेको थिएन, त्यसैले म मेरो मूल्यांकन गर्दा अहिले पनि भन्छु– 'सुशील कोइराला इज अ क्रिटिकल सिचुएसन प्रोडक्ट।'

उनको आशय थियो, 'गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबाट सरकारमा आउन र जान धेरै अफर गरियो तर मैले त्यो बेला मान्दै मानिनँ, म पार्टीमै रहन्छु भनेर बसेँ। तर, गिरिजाबाबुको निधनपछि मलाई सभापतिको जिम्मेवारी लिनुपर्ने परिस्थिति आइलाग्यो र लिएँ।'

सरकारको जिम्मेवारी लिँदा होस् वा संविधान निर्माण नेतृत्वको जिम्मेवारी लिँदा, त्यो उनले चाहेर वा भित्री इच्छा गरेर कहिल्यै पनि नभएको उनकै स्विकारोक्ति आइरह्यो। र, उनमा दृढ विश्वास के देखिन्थ्यो भने जुन जिम्मेवारी उनको जीवनमा आइलाग्यो, त्यो भने पूरा गरेरै छाडे। पछिल्लो समयमा उनको आत्मविश्वास झल्किन्थ्यो– बाँकी रहेका (संविधान निर्माण) जिम्मेवारी अब पनि पूरा गरेरै छाड्नेछु।'

संविधान निर्माणका हकमा पनि त्यही लागू हुन पुग्यो। उनकै नेतृत्वकालमा संविधान जारी भयो। गौरवमय इतिहास लेखेर उनी सदाका लागि बिदा भए। तर, संविधान निर्मार्णमा उनले खेलेको भूमिका अलि फरक नै छ। त्यसमध्ये केही कोइरालाले चाहेर भए त केही नचाहेर दबाबमा गरिएका कार्य 'मिस्टेक्ली गुड' हुन पुगेका छन्। संविधान निर्माणको नेतृत्व गरिरहँदा उनले सामना गर्नुपरेका घटनाक्रमले पनि के देखाउँछ भने 'कोइराला साँच्चै उनले भनेजस्तै 'क्रिटिकल सिचुएसन' का प्रोडक्ट' थिए।

एमाओवादी र मोर्चाको बहिस्कार

दोस्रो संविधानसभा निर्वाचनबाट कांग्रेस पहिलो ठूलो पार्टी हुन सफल भयो। पार्टी सभापति सुशील नै थिए। त्यसैले पनि संविधान जारी गर्ने कार्यको नेतृत्वकर्ताको जिम्मेवारी उसको काँधमा आइपर्यो तर सो निर्वाचिन सम्पन्न भएलगत्तै एकीकृत नेकपा माओवादी र तराई–मधेसकेन्द्रित दलले निर्वाचन धाँधली भएको भन्दै परिणाम नमान्ने धम्की दिए। कतिसम्म भने एमाओवादीले त संविधानसभामा नजानेसम्म निर्णय सार्वजनिक गर्योी। जसका कारण पनि मंसिर ४ मा सम्पन्न भएको निर्वाचनपछि बैठक बस्न कम्तीमा दुई महिना लाग्यो। प्रधानमन्त्रीको हैसियतमा सहमति जुटाउन धेरै प्रयास भए अनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने भनिएपछि मात्रै संविधानसभामा फर्कने निर्णयमा एमाओवादी र मधेस केन्द्रित दल पुगेका थिए। जसलाई मनाउन कोइरालालाई कम्तीमा दुई महिना लागेको थियो।

वर्षदिनमै संविधानको प्रतिबद्धता

संविधानसभामा चुनावमा जानुअघि राजनीतिक दलले विगतको सहमति (पहिलो संविधानसभा) लाई आधार मानेर वर्ष दिनभित्रै संविधान दिने प्रतिबद्धता चुनावी घोषणापत्रहरुमा उल्लेख गरेका थिए। एमाओवादी र मधेसी मोर्चालाई मनाएर संविधानसभामा फर्काएपछि २०७० माघ ८ गतेको संविधानसभाको पहिलो बैठकले पहिलो दिनमै प्रतिबद्धता जनायो– 'विगतको सहमतिको स्वामित्व ग्रहण गर्दै वर्षदिनमै संविधान।'

सोही उद्देश्यका लागि संविधानसभाको नयाँ नियमावली बनाउने, संविधानसभाका समिति गठन गर्ने काम पनि तीव्रता साथ गरियो। जसमा प्रधानमन्त्री र ठूला पार्टीका प्रमुखका हैसियतमा कोइरालाले नेतृत्वकारी र सहयोगी भूमिका खेल्ने काम गरेका थिए।

माओवादीको निरन्तर आक्रमण

निर्वाचनलगत्तै बढेको असहमति संविधान निर्माणका सुरुका दिनमा घट्न पुग्यो तर जब संविधान निर्माणले तीव्रता लिँदै गयो, कोइरालामाथि मुख्यतः माओवादीबाट आक्रमण सुरु हुन थाल्यो। 'विगतको सहमतिलाई स्वीकार नगरी नयाँ प्रक्रियाबाट जान खोजेको' भन्दै कोइरालामाथि निरन्तर आक्रमण भयो।

कतिसम्म भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले '१२ बुँदे सम्झौता नबुझेको, विस्तृत शान्ति सम्झौताको मर्म थाहा नभएको र पछिल्लो गणतन्त्र घोषणा र संविधानसभाको प्रक्रियाका विरोधी खेलाडी नेतृत्वमा आएको' भन्नेजस्ता आरोपले कोइरालामाथि आक्रामण थालियो। १२ बँुदेदेखि विरोधी रहँदै आएका कोइराला संविधानसभाबाट संविधान बनाउने विषयमा समेत अनभिज्ञ रहँदै आएको आरोप लगाउन बाँकी एमाओवादीले बाँकी राखेनन्। तर, कोइरालाले त्यसको खण्डन कहीँकतै गरेको दुई वर्षसम्म पनि त्यति खासै देखिएन, सुनिएन।

एमालेसँग सातबुँदे सहमति

प्रमुख सत्ता सहयोगी एमालेसँग सम्झौता गरेर नयाँ संविधान, त्यसमा पनि मुख्यतः राज्यको पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँटबारे एकमत धारणा सार्वजनिक गर्न उल्लेख्य भूमिका खेलेका छन्। अबको संविधान कस्तो हुने वा राज्यको पुनःसंरचना कस्तो हुने भन्ने स्पष्ट संकेत एमालेसँग मिलेर कात्तिक ७, २०७१ मै आफ्नो धारणा सार्वजनिक गरिदिए। मुलुकमा सात प्रदेश बनाउनेदेखि लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफ्नो अडान प्रस्ट रहेको भन्ने धारणा त्यहाँ प्रकट हुन पुग्यो जुन आफैँमा लोकतान्त्रिक संविधान बन्ने प्रमुख आधारको रुपमा स्थापित बन्न पुग्यो।

गणितीय र सहमतीय विवाद

एमालेसहितका दलसँग मिलेर ल्याएको सातबुँदे प्रस्तावले पुनः एमाओवादी र तराई–मधेस केन्द्रित दललगायतलाई एक ठाउँमा उभिन बाध्य बनायो। राजनीतिक दलका प्रतिनिधित्व संख्याले एमाओवादी नेतृत्वको मोर्चा ठूलो भए पनि संविधानसभाभित्र प्रतिनिधित्व गर्ने सभासदको संख्याका हिसाबले कांग्रेस–एमाले बलशाली रहन पुगे। सहमति भएका विषयलाई मिलाउँदै जाने, हुन नसक्ने विषयलाई प्रक्रियामा लैजाने प्रस्ताव गर्योश, जसलाई एमाओवादी र मधेसकेन्द्रित दलको मोर्चाले 'गणितीय हिसाबले संविधान बनाउन खोजियो' भनेर आरोप लगायो। र, त्यसको विपरीत सहमतीय प्रक्रियामै जोड गर्योन।

संविधानसभामा तीव्र ध्रुवीकरण

अजेन्डामा मात्र होइन, संविधान निर्माण प्रक्रियालाई लिएर तीव्र रुपमा ध्रुवीकरण बढ्न पुग्यो। त्यो धु्रवीकरणले जनआन्दोलन–१ बाट वैधानिक रुपमा स्थापित राजनीतिक दल एकातिर र जनआन्दोलन–२ पछि वैधानिक रुपमा स्थापित दल अर्कोतर्फ रहन पुग्यो। संविधानको सिद्धान्त, मूल्यमान्यता र वैचारिक विषयमा देखा परेको ध्रुवीकरणबीच संविधानसभा र त्यस मातहात समितिका बैठक चले। कतिसम्म भने समितिहरु विवाद हल गर्ने थलोभन्दा विवाद बल्झाउने थलोका रुपमा परिचित हुन थाले।

एमाओवादी र मधेसकेन्द्रित दल आन्दोलनमा

संविधानसभा बैठकमा संविधानबारे सहमति हुन नसकेपछि कांग्रेस र एमालेले प्रक्रियाअनुसार संविधान लेखन बढाउने प्रयास गरे। जसको विरोधमा एमाओवादी र मधेसकेन्द्रित दल सडक आन्दोलनमा गइदिए। सडकबाट एमाओवादी र मोर्चाले निरन्तर रुपमा कोइरालामाथि आक्रमण गरे– 'कोइराला ओलीका पिछलग्गू भए, स्वतन्त्र निर्णय गर्न सकेनन्।' सडकबाट दुवै पक्षले कोइरालामाथि यति धेरै तीव्र दबाब राखे कि उनी थप अनिर्णयको बन्दी भए।

तर, उनले संविधानसभाको पहिलो बैठकमा गरेको प्रतिबद्धताअनुसार वर्षदिनमा अर्थात् २०७१ माघ ८ गते नै संविधान दिने कोशिस गरेका थिए तर सकेनन्। बदलामा माओवादी र मधेसकेन्द्रित दलको आन्दोलन भोग्नुपर्यो्।

असहमतिको दरार पुर्ने विपत्ति

वैशाख १२ को शक्तिशाली भूकम्प र निरन्तरका अनुकम्पले मुलुकमा धनजन क्षति गराए पनि त्यो घटनाले दलहरुलाई एक ठाउँमा ल्याएर संविधान जारी गर्न ऐतिहासिक भूमिका खेलिदियो। सरकार र सडकमा आन्दोलनरत दललाई एकजुट भएर विनाशकारी भूकम्पको सामना गर्दै गर्दा त्यस एकतालाई उपयोग गर्दै संविधान निर्माणमा केन्द्रित गर्न कोइराला चुकेनन् र विगतका असहमति पन्छाएर संविधान निर्माणतर्फ केन्द्रित गराए।

भूकम्पपछि आन्दोलनरत एमाओवादीसहित सत्तारुढ कांग्रेस र एमाले एकै ठाउँमा उभिएर संविधान निर्माणको सबालमा एकजुट भइदिए। परिणामस्वरुप जेठ १५ गते मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित प्रमुख चार दलबीच १६ बँुदे सहमति भयो, जसले ठूला पार्टीबीच संविधानबारे साझा धारणा बनाउने काम गर्यो्। त्यसपछि, संविधान निर्माण प्रक्रियाले तीव्रता लिने काम सम्भव भयो।

नयाँ संविधान निर्माणका लागि गरिएको १६ बँुदे सहमतिलाई सर्वोच्च अदालतले छेकबार लगाउने काम गर्‍यो। राजनीतिक दलहरुको सो निर्णयलाई सर्वोच्चले असहमति जनाउँदै विपक्षमा आदेश जारी गरेपछि कानुनी रुपमा सो सहमति संकटमा पर्योो। त्यसको रक्षा गर्दै सहमतिबारे कोइराला सरकारका मन्त्रीहरुले जवाफ दिने काम गर्नुसमेत परेको थियो।

यद्यपि, प्रमुख चार दलले गरेको १६ बुँदे सहमतिको विरोध रहँदै गर्दा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि मधेसी मोर्चा कडा रुपमा प्रस्तुत हुन थाल्यो। त्यसैबीच सीमांकन विवाद चर्को रुपमा भयो। १६ बँुदे सहमतिमा ८ प्रदेश बनाउने निर्णय गरेका चार दल त्यसबाट पछि हटेर ६ प्रदेश बनाउन पुगे, फेरि बढेर ७ प्रदेश बनाउने काम भयो। यसले मुख्यतः मधेस केन्द्रित दललाई असन्तुष्ट बनाउने काम गर्यो्।

संविधान निर्माणले तीव्रता पाइरहँदा तराई–मधेसको भूगोलमा असन्तुष्ट दलले आन्दोलन चर्काइदिएपछि संविधान निर्माण विवादित बन्न पुग्यो। र, कोइरालाको नेतृत्वमा सरकार रहेकै समय ४६ जनाले ज्यान गुमाउनुपर्यो । त्यसको अपजस उनको शिरमा पर्योप। यद्यपि उनले मधेसकेन्द्रित दललाई वार्ता र सहमतिमा आउन पटकपटक आग्रह भने नगरेका होइनन्। प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेका कोइराला सहमतिका लागि कहिले बिजुलीबजारस्थित महन्थ ठाकुरको घरमा उनलाई भेट्न पुगे त कहिले निवासमा बोलाएर छलफल गरे। तर, अन्तिम समयसम्म पनि कोइरालाले गरेको प्रयास र वार्ताका आह्वानलाई मधेसकेन्द्रित दलले स्वीकार गरेनन्।

भारत र आन्तरिक चेपुवा

संविधान निर्माणको पछिल्लो समयमा कोइराला मुख्यतः मधेस आन्दोलनका नाउँमा संविधान रोक्न खोज्ने छिमेकी मित्रराष्ट्र भारत र जसरी पनि संविधान जारी गर्नुपर्ने भन्ने प्रमुख सत्तासहयोगी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, त्यसमा थपिएका प्रमुख प्रतिपक्ष एमाओवादी अध्यक्ष दाहालकोे दबाबमा थिए।

दुवै बलशाली तथा 'कुरा काट्नै नमिल्ने' हरुको चेपुवामा परेका कोइराला संविधान निर्माणबारे अनिर्णयको बन्दीजस्तो अवस्थामा रहन पुगे केही समय। भारतको दबाबमा २७ भदौ, २०७२ मा उनले संविधानको जारी प्रक्रिया पाँच दिन रोक्न प्रस्ताव गरे तर अन्यले मानेनन्। त्यसपछि कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले संविधान प्रक्रिया रोके पत्रकार सम्मेलन गरेर विमति जनाउने धम्की दिए, त्यो धम्की ओली र दाहालले पनि दिएका थिए।

अन्ततः दुवै चेपुवामा परेका कोइरालाले बाह्य शक्तिवालाका घेरालाई नाघेर आन्तरिक शक्तिवालाको साथलाई जसरी महŒव दिने काम गरे, त्यसैको परिणामस्वरुप ऐतिहासिक रुपमा दोस्रो संविधानसभाबाट असोज ३ गते नेपालको संविधान जारी हुन सफल भएको हो, हुन सक्यो। त्यसको जस उनै कोइरालाको भागमा पर्यो किनकि मुलुकका प्रधानमन्त्री जो थिए, संविधानसभाको ठूलो दल कांग्रेसका सभापति पनि उनै थिए।

'बहुलवाद' राख्ने सपना अधुरो

कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री र संविधानसभाको ठूलो दलका प्रमुख भएर पनि नयाँ संविधानको हकमा कोइरालाले एउटा इच्छा गर्भमै लुकाउनुपर्योत। त्यो हो– बहुलवाद।

कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिक पार्टीबीच जेठ २५ मा बालुवाटारमा भएको १६ बुँदे सम्झौता गर्दैगर्दा सम्झौतापत्रमा 'बहुलवाद' नभएपछि उनले हस्ताक्षर गर्न मानेनन्। मुख्यतः 'बहुलवाद' राख्न एमाओवादीले नमानेपछि कोइराला रिसाएर बैठकस्थल छाडेर 'बेडरुम' तिर गए।

पछि, कोइरालालाई महेश आचार्यले 'कन्भिन्स' गराएर ल्याएपछि मात्रै कोइरालाले फर्केर हस्ताक्षर गरेका थिए। सोही कारण पत्रकार सम्मेलनमा शीर्ष नेता नआई प्रमुख सचेतकहरु आउनुसमेत परेको थियो। तर, पछिसम्म पनि कोइरालालाई 'बहुलवाद' लाई संविधानको प्रस्तावनामा राख्न प्रयास पनि गरेका थिए तर उनको त्यो प्रयास सफल नभई संविधान जारी भयो, उनले निकै चाहेर पनि प्रस्तावनामा 'बहुलवाद' अट्न सकेन।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस