काठमाडौं– सूचना तथा सञ्चार मन्त्री शेरधन राईले राष्ट्रिय समाचार समिति (रासस)लाई मुलुकको उत्कृष्ट समाचार संस्थाको रुपमा विकास गरिने बताएका छन्।
रासस ५५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार रासस केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नयाँ संविधानको मर्म र भावनाअनुसार राससलाई आधुनिक र प्रविधिसम्पन्न बनाएर अगाडि बढाइने बताएका हुन्। "हामी राससलाई एकमात्र स्वायत्त आधिकारिक न्यूज एजेन्सी बनाउन चाहन्छौँ । यसलाई आधुनिकतासँग जोडेर प्रविधिसम्पन्न बनाउने योजनासहित अगाडि बढाउनुपर्छ ," उनले भने। रासस परम्परागत ढाँचाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रको एक नम्बरको संस्था बन्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रन राससकर्मीलाई निर्देशन दिनुभयो । नयाँ ढङ्गले व्यवस्थित र विश्वसनीय समाचार प्रवाहमा रासस अगाडि बढ्नुपर्ने उहाँको सुझाव थियो ।
रासस व्यवस्थापनबाट प्राप्त हुने स्पष्ट योजनालाई मन्त्रालयबाट अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्दै उनले आगामी दिन रासस व्यावसायिकरुपमा अगाडि बढ्न अाग्रह गरे। रासस